

काठमाडौं । सरकारले सिफारिस गरेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल रोकेका छन् । गत शुक्रबार मन्त्रिपरिषद्ले सिफारिस गरेका पाँच अध्यादेशमध्ये सोमबार चारवटा अध्यादेश जारी भए पनि भूमिसम्बन्धी अध्यादेश रोकिएको हो ।
सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा चारवटा मात्रै अध्यादेश जारी भएको उल्लेख छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो ।
यो अध्यादेश अध्ययनकै क्रममा रहेकोले अन्य अध्यादेशसँगै जारी नभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन् ।