

काठमाडौं । विभिन्न खतरनाक स्थानमा समेत पुगेर जङ्गली जनावरहरूको तस्बिर सङ्कलन गर्ने चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ ।
उनको ६४ वर्षको उमेरमा हिजो राति ग्रान्डी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे ।