

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइँदैछ। विसं १९९० साल माघ २ गते गएको भूकम्पको स्मरणमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ। यो साल सत्ताईसौँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो।
विक्रम सम्वत १९९० साल माघ २ गते भारतको मधुबनी जिल्लालाई केन्द्र बनाएर गएको विनाशकारी भूकम्पले काठमाडौँका करिब ७० प्रतिशत भन्दा बढी घर ध्वस्त भएको थियो। यही भूकम्पका कारण घण्टाघर धरहरा जस्ता ऐतिहासिक धरोहरहरू समेत ध्वस्त भएको थियो ।
यस वर्ष ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर देशैभर दिवस मनाउन लागिएको हो । विस १९९० को भूकम्पमा परी आठ हजार ८१९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए ।