Author: Kathmandu Khabar

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य गगन थापाले पशुपति क्षेत्रमा भएका बेथिति सुधार गर्न संस्कृति पर्यटन तथा नागरिक उडयनमन्त्रीको ध्यानाकर्षण गराएका छन्। क्षेत्रीय हिसाबले काठमाडौँ क्षेत्र नम्बर ४ अन्तर्गत नै पर्ने पशुपति क्षेत्रमा यावत बेथिति रहेको भन्दै सांसद कार्यालयमा समेत कयौँ गुनासाहरु आएपछि थापाले मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। स्थानीय र सम्पदा प्रेमीहरूबाट समेत पशुपति क्षेत्रमा भएका व्यथितिको बारेमा यावत गुनासो आएपछि ध्यानाकर्षण पत्र बुझाइएको सांसद कार्यालयका सचिव गाेपाल आचार्यले जानकारी दिए । केही दिनकाे समय हेर्ने र कुनै सुधार नभए कोषविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने  बताए । थापाको नामबाट…

Read More

काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय…

Read More

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो शपथ ग्रहणको दिन जारी गरेको एक कार्यकारी आदेशमाथि त्यहाँको संघीय अदालतले रोक लगाएको छ। नागरिकता सम्बन्धी प्रावधानलाई संशोधन गर्दै अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमाथि त्यहाँको अदालतले रोक लगाएको हो। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले अस्थायी रूपमा यो आदेशमाथि रोक लगाएको बीबीसीले जनाएको छ। अदालतमा अमेरिकाका चार राज्य- वासिङ्टन, एरिजोना, इलिनोइस र ओरेगनले जन्मेकै आधारमा अमेरिकी नागरिकता दिने प्रावधान खारेज गर्ने ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउन माग गरेका थिए। ट्रम्पको यो कार्यकारी आदेश फेब्रुअरी १९ बाट लागू हुने बताइएको थियो। जसले गर्दा अमेरिकामा अपरेसन गरेर बच्चा जन्माउनेको संख्या समेत भारी मात्रामा वृद्धि भएको…

Read More

काठमाडौं । काठमाडौंको केन्द्र मानिने असन बजारमा अवस्थित एक घरमा लागेको आगलागीले सो क्षेत्र कुहिरीमण्डल भएको छ । असन चोकस्थित एक गोदाममा लागेको आगो निभाउनका लागि विभिन्न स्थानबाट आएका दमकलले प्रयास गरिरहेका छन् । बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक होम अप्लायन्सको सामान गोदाममा आगलागी भएको हो । केहीअघि भएको उक्त ​आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

Read More

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ भंगालमा आज चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय काठमाडौंका अनुसार बिहान ८ बजे भेटिएको चितुवाको उद्धार गरिएको छ । चितुवा रहेको भनेर स्थानीयले खबर गरेपछि कार्यालयको टोली ११ बजेतिर सो ठाउँमा पुगेको थियो । शंकर थापा नेतृत्वको कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो । चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ । कार्यालयका अनुसार चितुवा शारीरिक रुपमा स्वस्थ रहेको छ । यो चितुवा आसपासको जंगलबाट शिकारको खोजीमा आएको हुनसक्ने अनुमान गरिएको छ ।

Read More

कञ्चनपुर । करिब एक महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका दुई जवानले समान प्रकृतिले आफ्नै टाउकोमा गोली हानी आत्महत्या प्रयास गरेका छन् । करिब एक महिनाअघि कञ्चनपुरकै प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत चक्र न्यौपानेको घटना सेलाउन नपाउँदै बुधबार अर्का प्रहरी जवानले आफैमाथि गोली चलाएका हुन् । बुधबार महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवान वकिल विष्टले बुधबार साँझ आफैंमाथि गोली चलाएका हुन् । विष्टले साँझ सवा ८ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन् । दाइने कानको माथि टाउकोमा गोली लागेका उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार…

Read More

काठमाडौँ । बुधबार रेलमा आगलागी भएको हल्लाका कारण ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यो रेल नेटवर्कले दैनिक लाखौँ यात्रुको यात्रा गराउँछ । देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, “मानिसहरूलाई रेलले किचेको छ । ११ जनाको मृत्यु भएको छ र करिब पाँच जनाको उपचार भइरहेको छ ।” आगलागीको अलार्म सत्य थियो वा झुटो…

Read More

बेलायत । गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल २०२५ का लागि बेलायतको एकसय प्रभावशाली व्यक्ति बन्न सफल भएका छन् । बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष समेट्ने बेलायतका एकसय प्रभावशाली व्यक्तिको विजेता सूचीमा कटुवाल समेटिएका हुन्। कटुवालले पटकपटक गरी दुई लाख ५० हजारभन्दा बढी घरबारविहीनलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ छ हजार माइल पैदलयात्रा गरी मानवीय सेवामा महत्त्वपूर्ण भूमिका खेलेकाले सय प्रभावशाली व्यक्ति चुनिएको इन्टेलिजेन्सले जनाएको छ । सो सूचीमा बेलायतको समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने सरकारी अधिकारी, समाजसेवीदेखि प्रोफेसर एवं चिकित्सकहरू समेत रहेका छन् । कटुवाल बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक हुन् ।…

Read More

काठमाडौँ । यो साल अत्याधिक चिसो महसुस नभई चिसोको मौसम सकिएको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय क्रमिक रुपमा चिसो घट्न थालेको जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम र अधिकतम तापक्रम बढेसँगै चिसो कम महसुस सुन्न थालेको हो।काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको विभागको तथ्याङ्क छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।…

Read More

काठमाडौँ । सरकार र उद्योगीहरू बीचको मिलेमतोमा नेपाली सिमेन्ट उद्योगमा मनपरी मूल्य तोकिएको छ। प्रतिस्पर्धाका लागि भन्दै भारतीय बजारमा रु.५०० सम्ममा पठाइने सिमेन्टलाई नेपाली बजारमा भन्ने ८०० वा सोभन्दा बढी लिने गरिएको छ। सुखी नेपाली समृद्ध नेपालको नारा लिएको केपी ओली नेतृत्वको सरकारले उल्टै व्यवसायीसँग मिलेर अस्वभाविक रुपमा सिमेन्टको मूल्य वृद्धि गरेपछि सो विरुद्ध संसदको सार्वजनिक लेखा समितिमा समेत उजुरी परेको थियो। उजुरीपछि बुधबार समितिले उद्योगी र निर्माण व्यवसायीलाई बोलाएर छलफल गरेको थियो। छलफलका क्रममा निर्माण व्यवसायीहरूले निर्माण सामग्री खरिद गर्ने मुख्य समयमा सिमेन्टमा ७७% देखि १०० प्रतिशतसम्म मूल्य वृद्धि भएको गुनासो गरेका थिए। उता सिमेन्ट उद्योगले भने १२ घण्टासम्मको…

Read More

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मका आधारमा नागरिकता खारेज गर्ने आदेश दिएका छन् । राष्ट्रपति बनेलगत्तै ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरी जन्मका आधारमा नागरिकता अन्त्य गर्ने घोषणा गरेका थिए । नयाँ आदेश जनवरी २० देखि लागू भएको छ। विगत १५० वर्षदेखि अमेरिकामा जन्मेका हरेक व्यक्तिले देशको नागरिकता पाइरहेका छन् तर ट्रम्पले चुनावी अभियानकै क्रममा यो व्यवस्था अन्त्य गर्ने कुरा गरेका थिए । वास्तवमा ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासीका सन्तानलाई दिइएको नागरिकता अन्त्य गर्न चाहेको बताएका थिए । तर नयाँ आदेशका कारण एच-१बी भिसा धारकहरू र तिनीहरूका परिवारहरू पनि प्रभावित भएका छन्। यो आदेशले दशकौंदेखि ग्रीन कार्डको पर्खाइमा रहेका…

Read More

काठमाडौं । प्रहरीले काठमाडौंमा एक युवकको शव भेटेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बालुवाखानीको खाली जग्गामा शव भेटिएको प्रहरीले जनाएको छैन । शवको पहिचान हुन सकेको छैन । तर उनको उमेर अन्दाजी ३० वर्ष हाराहारीको रहेको प्रहरीको भनाइ छ ।  एक पुरुषको शव भेटिएको छ । प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएअनुसार नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको काम समेत अघि बढ्न सकिरहेको छैन।

Read More

काठमाडौं । नेकपा माओवादीले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलले राजीनामा नदिए संसद् बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार लेखा समिति सदस्य एवं माओवादी सांसद अमनलाल मोदीले लेखा समिति सभापतिले राजीनामा नदिए हिउँदे अधिवेशन बहिस्कारसम्मको चेतावनी दिएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । लेखा समिति सदस्य माओवादी सांसद अमनलाल मोदीले भने, ‘प्रधानमन्त्री र लेखा समिति सभापति एकै दलको हुनुहुँदैन भन्ने मान्यता पालना हुनुपर्छ । सभापतिले मार्ग प्रशस्त गर्नुस् भनिरहेका छौं र भनिरहन्छौँ।’ संसदीय पद्धतिमा लेखा समिति सभापति विपक्षी दललाई प्रचलनविपरीत निरन्तर रहेको र सभापति पत्नी सहकारी प्रकरणमा…

Read More

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । अष्ट्रेलियाले दिएको एक सय ४० रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ५६ रनमा समेटियो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन जोडिन् । पूजाबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । अष्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान दुई/दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा छ…

Read More

काठमाडौं । तीनवटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा एनआईसी एसिया, प्रभु र हिमालयन गरेर तीन बैङ्क कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ। सोमबार सार्वजनिक तथ्याङ्कअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूमध्ये प्रभुले सबैभन्दा बढी नाफा कमाएको थियो । यद्यपि, सोही अवधिमा बैङ्कले राष्ट्र बैङ्कको नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरिएको हो । बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूलाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैङ्कका सञ्चालक, निजहरूका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैङ्कको निर्देशन बमोजिम बढी प्रदान…

Read More

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा भइरहेको प्रतिस्पर्धा १२ः१५ बजे सुरु हुनेछ।   पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेपाली टिमले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो। बुधबारको यो खेल समूह चरणको अन्तिम खेल हो। आजको खेल जितेर नेपाल समूह चरणमा पहिलो अङ्क जोड्ने प्रयासमा छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।

Read More

अब परीक्षा दिएर मात्रै सप्ताहमा मूलवाचक बन्न पाइने, सरकारले दिनेछ प्रमाणपत्र काठमाडौँ । सप्ताहमा मनलाग्दी मूलवाचक भएर कथा भन्न थालेपछि सरकारले यसलाई नियमन गर्न लागेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने पण्डितको परीक्षा लिएर प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, सनातन विद्वत् परिषद्, कथा व्यास समाज र हिन्दू जागरण नेपालले संयुक्त रुपमा पुराणवाचकलाई प्रमाण पत्र दिने गरी व्यवस्था गर्न लागेको जनाएका छन् । धार्मिक क्षेत्रले समाजलाई स्वधर्मनिष्ठ र मर्यादित बनाउने उद्देश्य राख्ने र यसकै लागि कथा सत्सङ्ग, प्रवचन, पुराणवाचन आदि हुन्छन् ।…

Read More

काठमाडौं । राजधानीको उत्तरपूर्वमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण शङ्खरापुर नगर क्षेत्रका सम्पदाको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिने भएको छ । शङ्खरापुर नगरपालिकाको आयोजनामा यही माघ १६ देखि १९ गतेसम्म महोत्सव गर्न लागिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले राससलाई जानकारी दिए । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना साँखुस्थित शालीनदीमा माधवनारायण मेला लाग्ने गर्छ । बर्तालुले माधवनारायणसहित श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने गर्छन् । यही मेलामा शालीनदी आउने लाखौँ धार्मिक पर्यटकलाई साँखु क्षेत्रको प्राचीन बस्ती र सम्पदाको अवलोकन गराउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । साँखु…

Read More

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ। जय ट्रफीको दौरानमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको आधारमा उनलाई कारबाही गरेको हो। सो घटनामा उनले अनुशासन उल्लङ्घन गरेको भन्दै सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एउटा खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको क्यानले जनाएको छ।

Read More

काठमाडौं। रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कास्की उच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ । लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले दिएको पुनरावेदनमा यस्तो आदेश आएको हो। सोमबार उच्च सरकारी वकिलको कार्यालयले दिएको निवेदन उपर मङ्गलबार उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुको कारण र आधार खुलाउने कैफियत प्रतिवेदन माग्ने आदेश गरेको हो। कैफियत प्रतिवेदन भनेको थुन्छेक आदेशका क्रममा कुनै आरोपितलाई थुनामा पठाउने धरौटीमा रिया गर्ने वा सामान्य तारेखमा छोड्ने भन्ने आदेशको विस्तृत विवरण हो। यो आदेश जारी भएपछि अबको तीन दिनभित्र आदेशको सक्कल कपी जिल्ला अदालत कास्कीमा पठाइन्छ। उच्च अदालत कास्कीका अनुसार आदेश…

Read More

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ। यसअघि फागुन १५ गते गर्ने भनिएको निर्वाचन एक महिनापछि सार्ने निर्णय त्रिविको विद्यार्थी कल्याण परिषद्ले गरेको हो। त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशकसमेत रहनुभएका डा केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । यसअघि २०७९ चैत ५ गते स्ववियु…

Read More

काठमाडौं । पशुपति क्षेत्रमा रहेको काठमाडौँ महानगरपालिका–८ स्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको ब्रह्मा मन्दिर पुनःनिर्माण हुने भएको छ । उक्त मन्दिर पुनःनिर्माणका लागि आज शिलान्यास गरिएको छ । छैटौँदेखि सातौँ शताब्दीको उक्त मन्दिरको आज विधिपूर्वक पूजा अर्चनासहित शिलान्यास गरिएको हो । महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा–८ का वडाअध्यक्ष आशामान संगत र महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । गत “काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभागले निर्माण गर्न लागेको ब्रह्मा मन्दिरको लागत करिब रु एक करोड १४ लाख ६८ हजार दुई सय ६९ रहेको छ,” सम्पदा तथा पर्यटन विभाग प्रमुख एवं कामपा–८…

Read More

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बिमा कार्यक्रम आजदेखि पुनःसञ्चालनमा आएको छ । गत भदौदेखि बन्द रहेको स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आएको हो। अन्तरङ्ग विभागमा भर्ना भएका बिरामीलाई उपलब्ध गराउँदै आएको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरू गरिएको अस्पतालले जनाएको छ । उक्त सेवा गत भदौ १२ गतेदेखि स्थगन गरिएकामा आजदेखि पुनः सञ्चालनमा आएको अस्पतालका प्रशासन प्रमुख सरस्वती गुरुङले जानकारी दिए । सम्पूर्ण विभाग/वार्ड/शाखा/ओपिडी तथा एकाइमा अन्तरङ्ग सेवामा बिरामी भर्ना गर्दा यो सेवा लागू हुने सूचनामा उल्लेख छ ।

Read More

काठमाडौँ ।४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधी आप्रवासीलाई आफ्नै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताएका छन्। सोमबार स्थानीय समयअनुसार मध्यान्न १२ बजे भएको शपथ ग्रहणपछि उनले केही महत्वपूर्ण कार्यकारी आदेश जारी गरेका छन्। जसमा उनले अवैध आप्रवासी प्रवेशलाई तुरुन्तै रोकिने घोषणा पनि गरेका छन्। उता आप्रवासी प्रवेश नियन्त्रणका लागि मेक्सिकोको सीमामा राष्ट्रिय संकल्पकाल घोषणा गर्ने कार्यकारी आदेश पनि जारी गर्ने भएका छन्। ‘‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु…

Read More

काठमाडौं । खानेपानी समस्या समाधान गर्न दबाब दिने उद्देश्यले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ  काठमाडौं आएका छन्। रित्तो गाग्री बोकेर उनी दबाब दिनका लागि काठमाडौं आएका हुन् । यसअघि धरानको भानुचोकमा यसैगरी गाग्री बोकेर प्रदर्शन गरेका उनले त्यहाँको दबाबले काम नगरेपछि काठमाडौं आएका हुन् । मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली  र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्‍ने बताएका छन् । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।

Read More

काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल स्कटल्याण्डसँग पनि हारेको छ । आज दिउँसो भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको हो । यसअघि विश्वकपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् । बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो…

Read More

काठमाडौं । उच्च सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछानेलगायतको मुद्दामा कास्की जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको छ । सोमबार उच्च अदालत कास्कीमा पुनरावेदन उजुरी दर्ता गरिएको हो । सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने उच्च सरकारी वकिलको कार्यालयको माग छ । निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ। ८४ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीले पुस २५ गते ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Read More

काठमाडौं। सरकारले यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष प्रस्ताव गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । अझ अधिवेशन बोलाउने बेलामा नै सरकारले विभिन्न खाले अध्यादेश ल्याएपछि झनै आलोचना र विरोध भएको छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

Read More

काठमाडौं । नेपालका सपन बस्नेत अस्ट्रेलियाली राष्ट्रिय फुटबल टिमको रेफ्री बनेका छन्। अस्ट्रेलियन फुटबल संघद्वारा सिडनीमा आयोजित न्यू साउथ वेल्स रेफ्री सेमिनारमा नेपालका रेफ्री सपन बस्नेतले उत्कृष्ट प्रदर्शन गरी राष्ट्रिय रेफ्री बन्न सफल भएका छन् । आइतबार सम्पन्न सैद्धान्तिक र नेसनल फिटनेस टेस्टमा समेत सफल भएका छन्। आज एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियन रेफ्री हेड तथा फरमर प्रिमियर लिग रेफ्री जोन मोसले रेफ्री बस्नेतलाई प्रमाणपत्र वितरण गरे । अब निज बस्नेतले एनपीएल १, अस्ट्रेलियन कप र लिग १ समेत खेलाउन योग्य रहेको बताइएको छ । सन् २०१९ मा एन्फाले सन्चालन गरेको रेफ्री कोर्षमा उत्तीर्ण गरी रेफ्री गर्दै आएका बस्नेतले…

Read More

काठमाडौं। यू-१९ महिला विश्वकप अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युके एम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो १२:१५ बजे खेल हुने बताइएको छ । पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपाली टिम दोस्रो खेलमा आज स्कटल्यान्डसँग भिड्न लागेको हो। पहिलो खेलमा बङ्गलादेशसँग नराम्रो नतिजा निकालेको नेपाली टिमले यो खेलमा ब्याटिङलाई सुधार गर्ने तयारी गरेको छ। बङ्गलादेशसँगको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर जम्मा ५२ रन बनाएको नेपालले आजको खेलमा भने त्यो कमजोरी सुधार गर्नुपर्ने देखिन्छ ।

Read More