

काठमाडौं । काठमाडौंको केन्द्र मानिने असन बजारमा अवस्थित एक घरमा लागेको आगलागीले सो क्षेत्र कुहिरीमण्डल भएको छ । असन चोकस्थित एक गोदाममा लागेको आगो निभाउनका लागि विभिन्न स्थानबाट आएका दमकलले प्रयास गरिरहेका छन् ।
बिहीबार अपराह्न साढे ३ बजेतिर असन चोकबाट महाबौद्ध मन्दिर जाने बाटोमा एक होम अप्लायन्सको सामान गोदाममा आगलागी भएको हो ।
केहीअघि भएको उक्त आगलागीको कारण र क्षतिबारे जानकारी आइसकेको छैन। सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।