

काठमाडौं। यू-१९ महिला विश्वकप अन्तर्गत आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको युके एम क्रिकेट ओबलमा नेपाली समयअनुसार दिउँसो १२:१५ बजे खेल हुने बताइएको छ ।
पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको नेपाली टिम दोस्रो खेलमा आज स्कटल्यान्डसँग भिड्न लागेको हो।
पहिलो खेलमा बङ्गलादेशसँग नराम्रो नतिजा निकालेको नेपाली टिमले यो खेलमा ब्याटिङलाई सुधार गर्ने तयारी गरेको छ। बङ्गलादेशसँगको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर जम्मा ५२ रन बनाएको नेपालले आजको खेलमा भने त्यो कमजोरी सुधार गर्नुपर्ने देखिन्छ ।