

काठमाडौँ ।४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अपराधी आप्रवासीलाई आफ्नै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताएका छन्। सोमबार स्थानीय समयअनुसार मध्यान्न १२ बजे भएको शपथ ग्रहणपछि उनले केही महत्वपूर्ण कार्यकारी आदेश जारी गरेका छन्। जसमा उनले अवैध आप्रवासी प्रवेशलाई तुरुन्तै रोकिने घोषणा पनि गरेका छन्।
उता आप्रवासी प्रवेश नियन्त्रणका लागि मेक्सिकोको सीमामा राष्ट्रिय संकल्पकाल घोषणा गर्ने कार्यकारी आदेश पनि जारी गर्ने भएका छन्।
‘‘आजबाट अमेरिकाको स्वर्ण युग सुरु भएको छ। हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ,’’ राष्ट्रपतिको शपथपछि आफ्नो पहिलो भाषणमा ट्रम्पले भने, ‘‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि म सधैँ अमेरिकालाई प्राथमिकता दिनेछु ।
ट्रम्पले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने बताए। उनले अमेरिकाको सार्वभौमसत्ता र सुरक्षा पुनर्स्थापित हुनेछ उल्लेख गर्दै न्यायको सन्तुलन पनि पुनर्स्थापित हुने बताए । उनले भने, ‘‘हाम्रो सर्वोच्च प्राथमिकता स्वाभिमान, समृद्धि र स्वतन्त्रताले भरिपूर्ण मुलुक निर्माण गर्ने हो। ’’