

काठमाडौं । उच्च सरकारी वकिलको कार्यालय कास्कीले रवि लामिछानेलगायतको मुद्दामा कास्की जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएको छ । सोमबार उच्च अदालत कास्कीमा पुनरावेदन उजुरी दर्ता गरिएको हो ।
सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउनु पर्ने उच्च सरकारी वकिलको कार्यालयको माग छ । निवेदनमा जिल्ला अदालतले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गरी पुर्पक्षका लागि थुनामै राख्न माग गरिएको छ।
८४ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत कास्कीले पुस २५ गते ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।