

काठमाडौं। सरकारले यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष प्रस्ताव गर्ने निर्णय गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले हिउँदे अधिवेशन नबोलाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । अझ अधिवेशन बोलाउने बेलामा नै सरकारले विभिन्न खाले अध्यादेश ल्याएपछि झनै आलोचना र विरोध भएको छ ।
वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।