

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय टिमका पूर्व कप्तान एवं लेगस्पिनर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ।
जय ट्रफीको दौरानमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेको आधारमा उनलाई कारबाही गरेको हो।
सो घटनामा उनले अनुशासन उल्लङ्घन गरेको भन्दै सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एउटा खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको क्यानले जनाएको छ।