

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ भंगालमा आज चितुवा भेटिएको छ । डिभिजन वन कार्यालय काठमाडौंका अनुसार बिहान ८ बजे भेटिएको चितुवाको उद्धार गरिएको छ ।
- चितुवा रहेको भनेर स्थानीयले खबर गरेपछि कार्यालयको टोली ११ बजेतिर सो ठाउँमा पुगेको थियो । शंकर थापा नेतृत्वको कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो ।
चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ । कार्यालयका अनुसार चितुवा शारीरिक रुपमा स्वस्थ रहेको छ । यो चितुवा आसपासको जंगलबाट शिकारको खोजीमा आएको हुनसक्ने अनुमान गरिएको छ ।