

काठमाडौं । आईसीसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा भइरहेको प्रतिस्पर्धा १२ः१५ बजे सुरु हुनेछ।
पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेपाली टिमले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लागेको हो। बुधबारको यो खेल समूह चरणको अन्तिम खेल हो। आजको खेल जितेर नेपाल समूह चरणमा पहिलो अङ्क जोड्ने प्रयासमा छ।
विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्। अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।