

काठमाडौँ । कुल फर्स्छ्यौट भएकामध्ये करिब ३६.८४ प्रतिशत मुद्दा सरकारी वकिलहरूले हार्ने गरेको भेटिएको छ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदनमा सरकारवादी मुद्दामा दुईतिहाइ मुद्दा जितेको दाबी गरिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन आजमात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । महान्यायाधिवक्ताको कार्यालयकाअनुसार यस आर्थिक वर्षभित्र नेपाल सरकारवादी भई मुद्दा चलाउने निर्णय भएका मुद्दाहरुको संख्या ४४ हजार ८११ र प्रतिवादी संख्या ६९ हजार ६३५ रहेको छ ।
फछ्र्यौट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६ दशमलव ८४ प्रतिशत रहेको पत्रकार सम्मेलनमात्रमार्फत जानकारी गराइएको छ । विगत पाँच आर्थिक वर्षमा सरकारी वकीलले प्रतिनिधित्व र प्रतिरक्षा गरेको मुद्दा, रिट तथा निवेदनको संख्यामा ३८.३८ प्रतिशतले वृद्धि भएको बताइएको छ ।