

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा भएका मन्त्रीहरूलाई छलफलका लागि बुढानिलकण्ठ बोलाएका छन्। बिहान देउवा निवास बुढा निलकण्ठमा कांग्रेसका तर्फबाट केन्द्रीय सरकारमा सहभागी मन्त्रीहरूलाई कामको समीक्षा गर्नका लागि बोलाइएको हो ।
गगत असार २८ गते गठन भएको केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीसँग देउबाले पहिलोपटक छलफल गर्न लागेका हुन्। जसमा उनीहरूको कार्यसम्पादन मूल्याङ्कनको विश्लेषण र सरकारमा रहँदाका कठिनाइको बारेमा समेत छलफल हुने महामन्त्री विश्व प्रकाश शर्माले जानकारी दिए।
उनका अनुसार पहिले पदाधिकारी सहितको छलफल हुने र त्यसपछि सभापति देउवासँग मात्र छलफल हुने कार्यक्रम तय गरिएको छ।