

काठमाडौं । १५ महिनाको हिंस्रक युद्धपछि इजरायल र हमासबीच युद्धविराम भएको छ। अवधिमा ४६ हजार जनाको ज्यान गइसकेपछि इजरायल र हमास युद्धविराम गर्न सहमत भएका छन् । ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि कार्यान्वयन हुनेछ ।
इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ ।
हमासका मुख्य वार्ताकार खलिल अल–ह्याले युद्धको क्रममा गाजामा भएको पीडाका लागि हमासले इजरायललाई माफ गर्न नसक्ने बताएका छन् ।
“सबै पीडितहरूको तर्फबाट रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुको लागि हामी बिर्सने छैनौँ,” उनले भने ।