Author: Kathmandu Khabar

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको तपेस रिसोर्टमा प्रदेशसभा सांसद जयराम थापाले सहकारीको साधारणसभाको उद्घाटन गरेका थिए । साधारणसभामा अध्यक्ष राजकाजी श्रेष्ठले सहकारीले आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेलेको बताएका थिए । सहकारीको वित्तीय विवरण कोषाध्यक्ष केशर ठकुरीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रबन्धक जनक थापा र कार्यक्रमको सञ्चालन सचिव विनय केसीले गरेका थिए । ग्लोरी बचत तथा ऋण सहकारी संस्थामा तीन हजार पाँच सय ९२ सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी पाँच करोड ९४ लाख २७ हजार…

Read More

काठमाडौं । सरकारले संसद्मा लैजान लागेको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयकमा बाबुको पहिचान नखुलेका सन्तानलाई पनि नेपालको नागरिकता दिने प्रस्ताव गरिएको छ । नागरिकता ऐनमा केही संशोधन गर्ने प्रस्तावित विधेयकमा यस्तो उल्लेख गरिएको हो । त्यस्तै, आमा देशबाहिर गएका बखत जन्मेका बच्चाहरुलाई बाबुको पहिचान भए त्यसका आधारमा र पहिचान नभए पनि आमाको नामको नागरिकताका आधारमा नागरिकता दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसका साथै, बाबुको मृत्यु भएका कारण पहिचान भएको छैन भने त्यस्ता सन्तानलाई पनि नागरिकता प्रदान गर्ने व्यवस्था विधेयकमा राखिएको छ । त्यस्तै, नाबालकले पनि अब नागरिकताजस्तै अर्को परिचयपत्र पाउनेछन् । जसबाट राहदानी लगायत अन्य सुविधा पाउन सहज हुने बताइएको…

Read More

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक सङ्घीय संसद्मा पेस गरिने भएको छ । शुक्रबार साँझको मन्त्रिपरिषद् बैठकले दुवै विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको गृहमन्त्रीको स्वकीय सचिवालयले आज जनाएको छ । गृहमन्त्री रमेश लेखकले प्रहरी सङ्गठनलाई समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउन प्रहरीसम्बन्धी विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका छन् । प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा लोक सेवा आयोगको सहमतिपछि मन्त्रालयले ती विधेयक मन्त्रिपरिषद्मा पेस गरेको हो ।

Read More

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो । समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपालः एकता र साहसको…

Read More

काठमाडौं । सार्वजनिक जग्गा संरक्षणको लागि भन्दै कार्यविधि बनाएको बुढानीलकण्ठ नगरपालिकाले आफू अनुकूल संस्थालाई लाभ हुने गरी सार्वजनिक जग्गा प्रयोग गर्न दिने गरी कार्यपालिकाबाट निर्णय गराएको छ । सार्वजनिक जग्गा तथा सरकारी सम्पति संरक्षण र उपयोगसम्बन्धी कार्यविधि–२०८० मार्फत् सार्वजनिक जग्गा र सम्पतिको अतिक्रमण, दुरुपयोग नियन्त्रण गरी अतिक्रमण भएका जग्गा खाली गराई सोको संरक्षण गर्ने उपायसम्बन्धी सुझाव दिने उद्देश्य लिएको नगरपालिकाले गत भाद्रमा भएको ५२ औं नगर कार्यपालिकामार्फत् सार्वजनिक जग्गा विभिन्न संस्थालाई दिने निर्णय गरेको छ । कार्यपालिकाको निर्णय नं ४.१४ मा जीवनका लागि भोजन नेपालबाट नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीको लागि दिवा खाजा खुवाउन मेघा…

Read More

काठमाडौँ । विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन पाउने भएका छन् । नेपाल नेत्रज्योति सङ्घले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् । सङ्घले पहिलो पटक यस्तो सेवा ओमानबाट सुरुआत गरिसकेको सङ्घका महासचिव भरतबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले अब छिट्टै थाइल्याण्ड र मलेसियामा आँखा उपचार सेवा थालनी गर्नेछ । महासचिव चन्दले भन्नुभयो, “ नेपाली राजदूतावास, गैर आवासीय नेपाली सङ्घको सहकार्यमा सङ्घले विदेशमा आँखा उपचार सेवा विस्तार गरिसकेको छ । सङ्घको आँखा उपचार सेवा सस्तो र गुणस्तरीय हुने भएकाले यसको माग विभिन्न…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति करिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभरहेड लाइन जडानका लागि लाइन कटौती हुने नाएको छ । सो कार्यका लागि क्षेत्रपाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा एक बजेदेखि पाँच बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वल्र्ड टे«ड सेन्टर, दशरथ रंगशाला हुँदै ब्लु…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख प्रशासनिक भवन सिंहदरबारको पश्चिम मूलगेटमास्थित पृथ्वीनारायण शाहको सालिक रहेको स्थानमा आयोजित कार्यक्रममा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

Read More

काठमाडौं । काठमाडौंको हात्तीगौँडामा रहेको ट्रुनग्राम इन्टरनेशनल एकेडेमीमा पछिल्लो १० दिनदेखि तालाबन्दी भएको छ । छात्रवृत्ति र विद्यार्थीबाट असुल गरिने शुल्कलगायतको विषयमा चरम लापरबाही भएको भन्दै अखिल क्रान्तिकारी काठमाडौं जिल्ला समितिले अहिले दोस्रो पटक विद्यालयमा तालाबन्दी गरेको हो । यसअघि लगाइएको ताला विद्यालय प्रशासनले फोरेको भन्दै अहिले दोस्रो पटक ताला लगाइएको अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वजिल्ला उपाध्यक्ष जनक ढुंगानाले जानकारी दिए । आखिर अखिल क्रान्तिकारीले किन बारम्बार विद्यालयमा आन्दोलन गरिरहेको छ त ? यसबारे जानकारी लिनका लागि यस शैक्षिक वर्षको सुरुवाततिरसम्म पुग्नुपर्छ । गत चैत ३० गते अखिल क्रान्तिकारीको जिल्ला समिति इन्चार्ज यादव ढुंगाना र अध्यक्ष लक्ष्मण बस्नेतले…

Read More

काठमाडौं । अमेरिकाको भर्जिनियामा हिउँमा चिप्लिएर कार पोखरीमा खस्दा दुई नेपालीको ज्यान गएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेको थियो । एनबीसीवाशिङ्गटनडटकमका अनुसार सो दुर्घटनामा ५५ वर्षका कर्ण खड्का र २० वर्षका निश्चल भट्टको ज्यान गएको छ । १० फिट जमाएर सजाइएको पोखरीको पानीमा उनीहरू डुबेको समाचारमा उल्लेख छ । उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको थियो ।

Read More

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा गत मंगलबारदेखि भएको भीषण आगलागीबाट करिब ५२ अर्ब डलरभन्दा बढी क्षति भएको आकलन गरिएको छ । निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै दुई हजार घर जसिलसकेका छन् भने पाँच जनाको मृत्यु भइसकेको छ । जङ्गलमा लागेको आगोको मुस्लो करिब ८० फिट माथिसम्म दन्किन थालेपछि जङ्गली क्षेत्रमा बसोबास गर्ने करिब ८० हजार मानिस जीवन रक्षाका लागि घर छाडी सुरक्षित स्थलतर्फ भागेका हुन्। इन्टरस्टेट १५ को काजोन पासबाट सानो…

Read More

काठमाडौं । विशेष अदालत काठमाडौँले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आज उक्त फैसला गरेको हो । दोषी ठहर हुनेहरूमा टीकापुर नगर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई एक वर्ष छ महिना कैद फैसला गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार जग्गा किन्ने एक सय १७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र जरिवाना हुने फैसला गरेको छ । उक्त जग्गा सबै नगर विकास समितिको नाममा हुने ठहर  गरेको छ । केशरबहादुर कुँवर…

Read More

काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दोषी रहेको संकेत पूर्ण आदेश गरेको छ। न्यायाधीश नितिज राईको इजलासले बिहिबार गरेको फैसलामा तत्काल देखिने प्रमाण हेर्दा रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने आधार नदेखिएको भन्दै उनलाई धरौटी लिएर छाड्न वा धरौटी बुझाउन नसकेमा कारागार चलान गर्न आदेश दिएको हो। लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धरौटी तोकेको छ। न्यायाधीश राईको इजलासले जारी गरेको भनिएको छ : प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ १ २२ मा जम्मा गरेको…

Read More

काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूरक जाहेरी परेका सबै प्रतिवादीहरूसँग धरौटी माग गरिएको छ। यसरी मुद्दा परेकामध्ये सबैभन्दा बढी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ। बिहीबार न्यायाधीश नितिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। त्यस्तै, अर्का प्रतिवादी रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ। बिहिबार न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । कास्कीमा रहेको सूर्यदर्शन सहकारीको बचत प्रचलन मुद्दामा आज सरकारी वकिल ले जवाफी बहस गर्दैछन् । प्रतिवादीकाहरूको तर्फबाट उपस्थित सबै वकिलले बहस सकेपछि आज सरकारी वकिलले त्यसको जवाफी बहस गर्न लागेका हुन्। अहिले सहकारी अपचलन मुद्दामा प्रतिवादीहरूलाई थुनामा राख्ने या धरौटीमा छाड्ने भन्ने विषयमा थुनछेक बहस चलिरहेको छ। न्यायाधीश नितिज राईको इजलासमा भएको बहसमा पूर्व डिआइजी छविराज जोशीको तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् भने पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट दुईजना पूर्व महान्यायाधिवक्ता सहित ११ जनाले बहस गरेका छन्। कुल ७ जन प्रतिवादी को तर्फबाट…

Read More

काठमाडौं । मुलुकको अर्थतन्त्रलाई परिवर्तित समयअनुसार गतिशील बनाउँदै सही मार्गमा अघिबढाउने उद्देश्यले गठित उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आफ्नो अन्तरिम प्रतिवेदन प्रस्तुत गरेको छ । पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले अर्थतन्त्र सुधारका लागि सरकारले तत्काल र दीर्घकालमा गर्नुपर्ने कामसहितका सुझाव समेटेर आज अपराह्न मन्त्री पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत गरेको हो । “अर्थतन्त्र सुधारका लागि तत्काल र तीन वर्षभित्रमा गर्नुपर्ने कामबारे दुईवटा खण्डमा सुझाव दिएका छौं ।”, अध्यक्ष खनालले प्रतिवेदन बुझाएपछि रासससँग भने, “वर्तमान अर्थतन्त्रको वस्तुस्थितिको समीक्षा, समस्याका कारण पहिचान र त्यसको निदानका लागि सरकारले माघ मसान्तभित्रमा गर्नुपर्ने काम सिफारिस गरेका छौं ।” व्यावसायिक क्षेत्रका…

Read More

काठमाडौं। बुधबारको तुलनामा बिहिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम घटेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ६ बजे मापन गरिएको उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा कम देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस देखिएको हो। हिजो बुधबार ५.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यतिबेलासम्म काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।

Read More

काठमाडौं । मंगलबार दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा गएको भूकम्पबाट १२६ जनाको ज्यान गएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएको छ । मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो । भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनर्स्थापना गरिएको छ । चाइनिज रेड क्रस सोसाइटी (आरसिएससी) ले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो…

Read More

काठमाडौं । मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी बुझाउन दिएको आदेश लगत्तै धरौटी रकम बुझाएर प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अन्जला कोइराला रिहा भएकी छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवकुमार भट्टराईको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै अन्जलाले १० लाख रूपैयाँ बुझाएकी हुन् । अदालतको आदेशलगत्तै उनले तुरुन्तै १० लाख रुपैयाँ जुटाएकी थिइन् । सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि बुधबार बिहान अदालतमा उपस्थित भएकी उनलाई जिल्ला अदालतले १० लाख धरौटी माग्दै थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो। उनीविरुद्ध २२ करोड २८ लाख २७ हजार ७ सय रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा…

Read More

काठमाडौं । कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबारसम्म थुनछेक आदेश गर्ने सम्भावना देखिएको छ । बुधबारदेखि नै जिल्ला अदालत कास्कीको आसपासका क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्ममा अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरेको बताइन् । उनका अनुसार बिहीबार नै जवाफी बहस सकेर आदेश आउने सम्भावना रहेको हो । मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए ।बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस…

Read More

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासको समग्र स्थितिको समीक्षा गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको तथ्यांकअनुसार छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छभने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ । पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ…

Read More

काठमाडौं । पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सा पास प्रक्रियामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति बनाएपछि सुरु भएको भाँडभैलो निमित्त प्रमुखले समेत राजीनामा दिने अवस्थासम्म आइपुगेको छ । मेयर बालेन शाहको निर्देशनमा छानबिन समिति बनेसँगै गुरागाईं बिदामा बसेपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी गोविन्दप्रसाद शर्माले पाएका थिए । विशेष कारण देखाउँदै शर्माले समेत मंगलबार राजीनामा दिएका छन् । त्यसपछि अहिले महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ । अहिले नक्सापास विवादमा महानगरले सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । जसमा सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह…

Read More

काठमाडौं । सरकारले निर्णय गरेसँगै कारागार व्यवस्था विभागले काठमाडौंका कैदीबन्दीलाई नुवाकोट सार्न थालेको छ । नुवाकोटमा सञ्चालनमा रहेको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको विभागले जनाएको छ। । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि कारागार सञ्चालनमा ल्याइएको थियो । सो कारागारमा अहिलेसम्म सात सय ५८ जना कैदीबन्दी स्थानान्तरण गरिसकिएको केन्द्रीय कारागार नुवाकोटका शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । सुरुमा जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी ल्याएर कारागार सुरु गरिएकोमा अहिले नुवाकोट आसपासबाट अन्य कैदीबन्दीहरू ल्याउन थालिएको छ । कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भान्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य…

Read More

त्रिशूली (नुवाकोट) । गोरखाबाट काठमाडौँका लागि हिँडेको नेपाली सेनाको एकीकरण पदमार्ग टोली नुवाकोट आइपुगेको छ। मङ्गलबार धादिङको भर्याङ भुरुङ हुँदै सामरीबाट नुवाकोट आइपुगेको टोली बिदुर नगरपालिका १० स्थित शुभघाटमा आएर बसेको थियो। बुधबार नुवाकोटको साततल्ले दरबार हुँदै टोली काठमाडौँतर्फ अघि बढ्नेछ। कागु नै हुँदै शुभघाट आइपुगेको टोलीलाई बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ सहितका जनप्रतिनिधि र स्थानीयले स्वागत गरेका थिए। नगर प्रमुख श्रेष्ठले नेपाली सेनाले आयोजना गरेको पदयात्राले इतिहासको जगेर्ना, पुर्खाले पुर्‍याएको योगदानको संरक्षण र पुरातात्विक, धार्मिक एवम् ऐतिहासिक संरचनाको जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे । तत्कालीन समयमा नुवाकोटको त्रिशूलीदेखि धादिङतर्फ गोर्खा राज्य र काठमाडौँतर्फ कान्तिपुर…

Read More

काठमाडौं। सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको अभियोग झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई पुर्पुक्षको लागि थुनामा जानबाट रोक्नका लागि महान्यायाधिवक्तादेखि अधिवक्तासम्मको लाइन लगाएका छन् । आज सकिएको उनको पक्षको बहसमा कुल ११ कानुन व्यवसायीले बहस गरेका छन् । रविको पक्षबाट दुई पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ र सुशील पन्त बहसमा सहभागी भएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू डा नारायण घिमिरे, हरि सुवेदी, रोहितराज बाँस्तोला, अधिवक्ताहरू डा नारायणदत्त कँडेल, राजेन्द्र सेढाई, सुरज बस्नेत, सुविज्ञ पन्त, सञ्जय गोले र सुनिता राउत, सुरेन्द्र थापा मगरसहितका कानुन व्यवसायीले पनि बचाउ बहस गरेका छन्। अधिवक्ता बाँस्तोलाका अनुसार बहसको क्रममा कानुन व्यवसायीहरूले…

Read More

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना गर्दै र आफ्ना अर्थमन्त्रीको अचानक बिदाइले सरकारभित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि राजीनामा घोषणा गरेका छन् । ट्रुडोले ‘आन्तरिक लडाइँ’ को अर्थ उहाँ अर्को चुनावमा ‘उत्तम विकल्प हुन नसक्ने’ बताउनुभयो । उहाँले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा रहने योजना बनाएका छन् । यस मामिलासँग परिचित एक अधिकारीले जनवरी २७ मा पुनः सुरु हुन लागेको संसद् मार्च २४ सम्म स्थगित हुने बताए । यो समयले लिबरल पार्टीको नेतृत्व प्रतिस्पर्धाको लागि अवसर दिनेछ । सबै तीनवटै मुख्य विपक्षी दलले संसद् पुनः सुरु हुँदा अविश्वास मतमा लिबरल पार्टीलाई हटाउने…

Read More

काठमाडौं । आज गएको भूकम्पबाट तिब्बतमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । नेपालतर्फबाट सगरमाथा क्षेत्रमा अपसिजन भएकाले कोही पनि पर्यटक नभए पनि चीन तर्फ सगरमाथा क्षेत्रमा पर्यटक र कर्मचारी भने सुरक्षित रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ । तिब्बतको दिंग्री आसपास मंगलबार बिहान ७ म्याग्निच्युड (भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार)को भूकम्प गएपछि चीनले आफ्नोतर्फबाट हुने सगरमाथा क्षेत्र प्रवेशमा रोक लगाएको छ। यो अहिले तत्कालका लागि लगाएको अस्थायी प्रतिबन्ध हो । नेपालबाट भने यस सम्बन्धमा कुनै निर्णय भएको छैन । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले पर्यटनको सिजन नभएकाले हिमाल आरोहण र सगरमाथा आधार शिविरमा पर्यटक…

Read More

काठमाडौं । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने । यस्तै, सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपी क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”…

Read More

काठमाडौं । नेपाल प्रहरीले आफ्नो मातहतका युनिटहरूलाई मङ्गलबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालय नक्साले आज बिहान एक सर्कुलर जारी गर्दै पूर्वी नेपालको विशेषगरी हिमाली क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले जानकारी दिए। भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको उत्तरी भेगको सिमानाबाट केही मात्रै दुरीमा रहेकोले पूर्वी नेपालको पहाडी र हिमाली भेगमा क्षति भएको अनुमान गरिएको छ। भौगोलिक कठिनता र हिमपातका कारण ती क्षेत्रको क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने अनुमान गरिएको छ।

Read More