काठमाडौं खबर पुस २३, २०८१
काठमाडौं । नेपाल प्रहरीले आफ्नो मातहतका युनिटहरूलाई मङ्गलबार बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालय नक्साले आज बिहान एक सर्कुलर जारी गर्दै पूर्वी नेपालको विशेषगरी हिमाली क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले जानकारी दिए।
भूकम्पको केन्द्रबिन्दु पूर्वी नेपालको उत्तरी भेगको सिमानाबाट केही मात्रै दुरीमा रहेकोले पूर्वी नेपालको पहाडी र हिमाली भेगमा क्षति भएको अनुमान गरिएको छ। भौगोलिक कठिनता र हिमपातका कारण ती क्षेत्रको क्षतिको यकिन विवरण आउन भने केही समय लाग्ने अनुमान गरिएको छ।