![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूरक जाहेरी परेका सबै प्रतिवादीहरूसँग धरौटी माग गरिएको छ। यसरी मुद्दा परेकामध्ये सबैभन्दा बढी छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
बिहीबार न्यायाधीश नितिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
त्यस्तै, अर्का प्रतिवादी रामबहादुर खनालसँग १५ लाख, लिला पछाईंसँग ३७ लाख, आरती गुरुङ र मीना गुरुङसँग ५/५ लाख र कृष्णबहादुर गुरुङसँग एक लाख रुपैयाँ धरौटी माग भएको छ ।