काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौंको तपेस रिसोर्टमा प्रदेशसभा सांसद जयराम थापाले सहकारीको साधारणसभाको उद्घाटन गरेका थिए ।
साधारणसभामा अध्यक्ष राजकाजी श्रेष्ठले सहकारीले आर्थिक सामाजिक परिवर्तनमा भूमिका खेलेको बताएका थिए । सहकारीको वित्तीय विवरण कोषाध्यक्ष केशर ठकुरीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य प्रबन्धक जनक थापा र कार्यक्रमको सञ्चालन सचिव विनय केसीले गरेका थिए ।
ग्लोरी बचत तथा ऋण सहकारी संस्थामा तीन हजार पाँच सय ९२ सेयर सदस्य छन् । सहकारीको सेयर पुँजी पाँच करोड ९४ लाख २७ हजार चार सय रहेको छ भने बचत संकलन २४ करोड ९० लाख ७७ हजार एक सय ६७ रुपैयाँ रहेको छ ।
सदस्यहरूको व्यवसाय प्रवर्द्धनका लागि संस्थाले २६ करोड २७ लाख ३३ हजार चार सय ११ रुपैयाँ ऋण लगानी गरेको छ ।