Author: Kathmandu Khabar

काठमाडौं। आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको र भूकम्पको केन्द्र तिब्बतको दिग्गी भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्रबिन्दु भएको तिब्बतको दिग्गी पूर्वी नेपालको सिमाना पर्ने क्षेत्र हो। पूर्वी नेपालको ताप्लेजुङबाट करिब ५० किलोमिटरको दुरीमा रहेको सो क्षेत्रमा शक्तिशाली भूकम्प गएका कारण पूर्वी नेपालको उत्तरी भेगमा यसले क्षति पुर्याएको हुन सक्ने आकलन गरिएको छ तर क्षतिको विवरण भन्ने हालसम्म आइसकेको छैन। भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। भूकम्पको केन्द्रविन्दु काठमाडौँ उपत्यकाबाट भन्ने २८० किलोमिटर टाढा रहेको छ।

Read More

काठमाडौं । आज बिहान काठमाडौँमा समेत धक्का महसुस हुनेगरी गएको भूकम्प ७ म्याग्नेच्युडको भएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मङ्गलबार बिहान दिएको जानकारी अनुसार चीनको तिब्बत र नेपालको सिमाना आसपास भएर शक्तिशाली भूकम्प गएको हो। भूकम्पका कारण काठमाडौँ उपत्यकामा बिहानै सर्वसाधारणहरू घर छाडेर सडकमा निस्किएका थिए। तर क्षतिको विवरण भन्दै अहिलेसम्म आइसकेको छैन।

Read More

काठमाडौं। काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६:५० को हाराहारीमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प हो भन्ने बारेमा यकिन भइसकेको छैन।

Read More

काठमाडौं । अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ । वातावरणविद् भूषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलन्छ”, उनले भने । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उनको भनाइ छ । एक्यूआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष…

Read More

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । गत मंगलबारदेखि सुरु भएको प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा यसअघि नै छविराज जोशी र लीला पछाईंका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन् । शुक्रबारदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सुरू भएकोमा सोमबार लामिछानेका तर्फबाट अधिवक्ता सुशीलकुमार पन्तले बहस गरेका छन् । सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस चलिरहेको हो । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो…

Read More

पोखरा । पार्टी कार्यक्रममा सहभागी हुन पोखरा पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई जोडेर रास्वपाका कार्यकर्ताहरूले स्वतन्त्र न्यायपालिकासम्बन्धी मान्यताको नै हुर्मत लिने गरी अनर्गल प्रचार गरेका छन् । सहकारी ठगीमा मुद्दा खेपिरहेका आफ्ना सभापतिको मुद्दा प्रभावित पार्न पोखरा आएको भन्दै रास्वपा कार्यकर्ताले गत शनिबार दिनभरि सामाजिक सञ्जालमा अनर्गल प्रचार गरेका थिए भने थापा सम्मिलित कार्यक्रम प्रभावित पार्ने प्रयास समेत गरेका थिए । अदालतमा प्रवेश गरिसकेको मुद्दामा कुनै पनि राजनीतिक वा अन्य किसिमको प्रभाव पार्न खोजियो भन्नु आफैँमा सस्तो लोकप्रियताको लागि दिइने अभिव्यक्ति हो । त्यसैमाथि अदालतमा मुद्दा परिसकेको अवस्थामा सहकारी पीडितले भेट्छु भन्दा समेत सांकेतिक रूपमा मुद्दामाथि प्रभाव पर्न सक्छ…

Read More

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागू गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट रु ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ…

Read More

काठमाडौं।अमेरिकामा आएको भीषण हिम आँधीका कारण त्यहाँका केही राज्यहरूमा आपत्काल घोषणा गरिएको छ। सातवटा भन्दा बढी राज्यहरूलाई प्रभावित गर्ने गरी आएको हिम आँधीले झन्डै ६ करोड मानिस प्रभावित हुने अमेरिकी सरकारले जनाएको छ। केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यले आपतकाल घोषणा गरेका छन्। हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्।

Read More

काठमाडौं। पछिल्ला दिनहरूमा काठमाडौँको न्यूनतम तापक्रम बढ्दै गएको छ। न्यूनतम तापक्रम बढेसँगै काठमाडौँको जाडो भन्ने कम हुँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ६ बजेको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा उक्लिएको छ। अघिल्लो दिन अर्थात् आइतबार ७ दशमलव २ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम सोमबार भन्ने एक्कासी बढेको हो। राति आकाशमा बादल लागेका कारण आज न्यूनतम तापक्रम बढेको हो। सामान्यतया आकाशमा बादल लागेको बेला भोलिपल्टको न्यूनतम तापक्रम बढ्ने गर्दछ । विभागका अनुसार सोमबार दिउँसो पनि आइतबार जस्तै धुम्म हुने र एकदमै कम घाम लाग्ने सम्भावना रहेको छ। त्यस्तै मङ्गलबार भन्ने काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ ।…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध सरकारले फाइल खोल्ने भनाइ नै त्रुटिपूर्ण हो रहेको भनाइसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । ओलीले गत वैशाखमा आफैँले प्रस्तुत गरेको प्रतिवेदनसँग बाझिने गरी उनले भ्रष्टाचारको विषयमा आफ्नो धारणा राखेका हुन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन् । ‘नेपाल विधिको शासनमा चल्ने मुलुक हो, नेपालको संविधानले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको लोकतान्त्रिक अवधारणालाई पूर्णरूपमा आत्मसात गरेको छ,’ ओलीद्वारा बैठकमा पेस गरिएको प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले, ठूला भ्रष्टाचारको फाइल खोल्न लागेको भन्ने अभिव्यक्ति नै दुराशययुक्त छ ।’ एमालेले ८–९ वैशाख (२०८१) मा ललितपुरको गोदावरीमा पहिलो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गरेको…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको बुनपा नगर कार्यसमितिमा भाइनारायण श्रेष्ठ दोहोरिएका छन् । आइतबार सम्पन्न चौथो नगर सम्मेलनबाट उननको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्ष हेमा अधिकारी, राज प्याकुरेल र पुरुषोत्तम कोइराला निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा टीका नगरकोटी, सहसचिवमा दीपक अधिकारी, कोषाध्यक्ष दामोदर पौड्याल निर्वाचित भएको माओवादी केन्द्र बुनपाले जनाएको छ । निर्वाचित अध्यक्ष श्रेष्ठका अनुसार सबै पदाधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । उनले अब पार्टीलाई नयाँ हिसाबले अघि बढाउँदै बुढानीलकण्ठ नगर पालिकामा माओवादी केन्द्रलाई बलियो पार्टीको रूपमा स्थापित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

Read More

गोरखा । नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए । गोरखा दरबारस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले पदयात्राको थालनी गरेको हो । “एकीकरण पदयात्राले ऐतिहासिक पदमार्गको व्यापक प्रचारप्रसार हुनेछ”, प्रमुख क्षेत्रीले भने, “इतिहासको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि पदयात्रा…

Read More

काठमाडौं । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको यौनसम्पर्क र विवाद मिलाउन आर्थिक लेनदेन गरेको सम्बन्धमा न्युयोर्कको एक अदालतले फैसला सुनाउने तयारी गरेको छ। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने करिब १० दिनअघि उनीविरुद्धको मुद्दामा फैसला हुन लागेको हो। ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई सजाय सुनाउने तयारी गरेको हो । अदालतले उनलाई दोषी ठहर गरेपनि उनको हाइट हाउस प्रवेशमा भन्ने कुनै बन्देज लाग्ने छैन। तर उनी एक दोषी राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । सो अदालतले उनलाई दोषी ठहर गरे पनि…

Read More

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् । गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । उक्त प्रतियोगितामा १६ टोली सहभागी हुने छन्…

Read More

काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूहका तर्फबाट वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विजयी भएका छन्। आफ्ना प्रतिद्वन्दी महेशकुमार थापाको भन्दा झन्डै दोब्बर मतसहित पोखरेलले अध्यक्ष पदमा चुनाव जितेका हुन्। अन्य पदमा पनि पोखरेल नेतृत्वकै लोकतान्त्रिक प्यानलले जित हासिल गरेको छ। सर्वोच्च बारका लागि काङ्ग्रेस निकट डेमोक्रटिक लयर्स एसोसिएसन डिएलए र नेकपा समाजवादी निकट समाजवादी लयर्स एसोसिएसनबीच गठबन्धन भएको थियो। उपाध्यक्षमा अम्बरबहादुर राउत ३४६ मत पाएर विजयी भएका छन्। सचिवमा यही टिमबाट रमणकुमार कर्ण र सहसचिवमा पुनदेपी महर्जन निर्वाचित भएका छन्। कोषाध्यक्ष पदमा रामचन्द्र पौडेल, महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार…

Read More

काठमाडौं । दोश्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि चितलाङ्ग फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाईनल खेलमा चितलाङ्गले दोलखाको टाईगर टिमलाई ३ –० गोलले पराजित गर्यो । चितलाङ्गका लागि सुजित बुढाथोकीले २ र आयुष कुंवरले १ गोल गरे । चितलाङ्गको सुजित वुढाथोकी मोष्ट भ्यालुएवल प्लेयर घोषित भई नगद रु १५ हजार हात पारे । चितलाङ्गको सुन्दर चन्द श्रेष्ठ वेष्ट किपर, जनक कोइराला वेष्ट डिफेन्स, विज्ञान खडका वेस्डट मिडफिल्डर, रुपेश क्षेत्री वेष्ट कोच घोषित भए भने टाईगर टिमका सुजन माझी वेष्ट स्ट्राईकर चुनिए । व्यक्तिगत विधातर्फ उत्कृट भएका खेलाडीहरुले जनही पाँच हजार प्राप्त गरे । विजेता चितलाङ्गले टफ्री सहित नगद…

Read More

काठमाडौं । काठमाडौँको पिंगलास्थानस्थित बागमती होटेलमा मृतक युवतीलाई छाडेर भागेका युवक ओखलढुंगामा मृत भेटिएका छन्। बिहीबार काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका २३ वर्षीय देवबहादुर थापा शनिबार झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको शव ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ ।

Read More

काठमाडौं। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ । चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए । उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो । स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

Read More

काठमाडौँ । विश्व हिन्दु महासङ्घले सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई हिन्दु रत्न अवार्ड प्रदान गरेको छ । महासङ्घले भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजना गरेको एक विशेष समारोहमा सांसद आलेलाई हिन्दु धर्म संरक्षण एवं सम्बद्र्धनका अगुवा कालीबाबा शङ्कराचार्यसहित महासङ्घका पदाधिकारीहरुले उक्त अवार्ड प्रदान गरेको छ । महासङ्घले प्रत्येक पाँच वर्षमा विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनमा विशिष्ट योगदान पुर्याउनेलाई यो अवार्ड प्रदान गर्दै आएको छ । हिन्दु धर्मको संरक्षण र सम्बद्र्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरुको सेवा तथा संरक्षणमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै आलेसहित विश्वका विभिन्न देशका विभिन्न व्यक्तित्वलाई उक्त अवार्ड प्रदान…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँगको राजनीतिक टकरावका बीच नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पुस्तकको विमोचन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत गराएका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पोखरेलद्वारा लिखित आमा सपना र ताराहरू संस्मरणात्मक कृतिको विमोचन गरिएको हो। पछिल्लो समय नेकपा एमालेभित्र नयाँ नेतृत्वको विषयमा प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच टकराव पर्दै गएको समाचार बाहिर आएका छन् । अबको महाधिवेशनमा अध्यक्ष बन्ने आकांक्षा देखाएकी भण्डारीलाई रोक्नका लागि प्रधानमन्त्री ओली अहिले सक्रिय रुपमा लागेका छन्। यही प्रसङ्गमा उनले बिहीबार भण्डारी निवासमा पुगेर उनीसँग साढे दुई घण्टा छलफल समेत गरेका थिए। यसरी आफ्नो शक्ति सञ्चयमा समय खर्च गर्दै…

Read More

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन ठगीका घटनाहरू बढ्दै गएको छ । नेपाल प्रहरीमा पर्ने ठगीका उजुरीलाई आधार मान्दा यो स्थिति विकराल अवस्थामा छ । यसमा सर्वसाधारण समेत नभएर सरकारी कर्मचारीहरु समेत ठगीमा पर्ने गरेका छन् । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा रू ५७ लाख, चितवनमा रू १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको रू पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न विशेष…

Read More

काठमाडौं । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक उल्का वर्षा हुने उनले बताए । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले…

Read More

काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालमा बिसु कुमार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समाजको १२ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नयाँ निर्वाचनबाट उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका हुन् । यसबाहेक मधुसूदन पौडेल(निवर्तमान अध्यक्ष), डा.प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा र सज्जनवर सिंह थापा सदस्यमा निर्वाचित भएका छन् । सदस्यमै मुकुन्द ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् । वार्षिक साधारणसभापश्चात् उद्योग विभाग र बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको  सहकार्यमा ‘बौद्धिक सम्पत्तिसम्बन्धी’ विचार गोष्ठी सम्पन्न भएको थियो ।…

Read More

काठमाडौं । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरू’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ । यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो । “आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ… सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप…

Read More

काठमाडौं । घन्टौंसम्म आफ्ना मनमा लागेका कुराहरु ओकलिरहने प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार निकै हतारमा थिए । सचिवालय बैठकमा अध्यक्षको प्रतिवेदन पनि वाचन नगरी आज दिउँसोसम्म सुझाव दिन निर्देशन दिएर उनी निस्किएका थिए । उनी बालुवाटारमा बैठक भएको भन्दै कार्यालयबाट निस्किए पनि सिधै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवास चपली पुगे । त्यहाँ साढे २ घण्टा ओली र भण्डारीबीच एक्लाएक्लै भेट भयो । भण्डारी निवास स्रोतका अनुसार फर्किने बेलामा पनि ओलीको अनुहारमा त्यति चमक देखिँदैन थियो । केही समयअघि एमाले सचिवालयले भीम रावल, विद्या पाण्डे र उषाकिरण तिम्सिनालाई कारबाही गर्ने निर्णय गर्‍यो । भीम रावललाई पहिलेदेखि नै निष्क्रिय गराइएको थियो त्यसैले उनीमाथिको…

Read More

काठमाडौं । मुख्यतया मुस्लिम राष्ट्रमा धार्मिक द्वन्द्वपछि अल्पसङ्ख्यकको सुरक्षाका लागि वकालत गर्ने स्पष्टवादी हिन्दू भिक्षुलाई बिहीबार बङ्गलादेशको अदालतले पुनः जमानत दिन अस्वीकार गरेको छ । चिन्मय कृष्ण दासलाई नोभेम्बरमा एक र्‍यालीमा कथित रूपमा बङ्गलादेशी झण्डाको अपमान गरेको आरोपमा पक्राउ गरिएको थियो र उनले राजद्रोहको आरोपको सामना गरिरहेका छन् । अघिल्लो जमानत सुनुवाईपछि हिंसा भड्किएपछि सुरक्षा बलले दक्षिणी बन्दरगाह शहर चट्टगाँवमा रहेको अदालतलाई घेरा हालेको थियो । भिक्षुका अनुयायीहरूमाथि सरकारी वकिलको हत्या गरेको आरोप लगाइएको थियो । दासले राजद्रोहको आरोप अस्वीकार गरेको उनका वकिल अपूर्बा कुमार भट्टाचार्जीले बिहीबार बताए । तर सरकारी वकिल रेहानुल वाजेद चौधरीले ‘अझ धेरै अनुसन्धान गर्नुपर्ने’ भएकाले…

Read More

काठमाडौं । विमानको आपतकालीन ढोका  खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको छ । बुद्ध एयरको दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई रु एक/एक लाख जरिवाना तिराइएको हो । जरिवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको हो । बुधबार (जनवरी १ तारिख) का दिन पोखराबाट काठमाडौँ (उडान सङ्ख्या छ सय १८) को उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो साँझ ६:४० मा काठमाडाँैका लागि उक्त विमान उडेको थियो । यसैगरी काठमाडौँबाट जनकपुरका…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलले एकैपटक ११ सय ७९ जनशक्तिको माग गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना प्रकाशिन गर्दै एपीएको प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म गरेर एक हजार एकसय ७९ जना जनशक्ति माग गरेको हो। जस अनुसार ६८ जना निरीक्षक, ८३ जना सहायक निरीक्षक, ९४१ जना जवान, २० जना भान्से, १९ जना कुचिकार, १० जना सूचिकार, २४ जना परिचर र १४ जना चर्मकर्मी माग गरिएको हो। यस्तो छ गोरखापत्र दैनिकमा प्रकाशित सूचना

Read More

काठमाडौं । बिहीबार एकैदिन काठमाडौं र ललितपुरका फरक फरक ठाउँमा गरी तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर र महानगरपालिका एवं ललितपुरको गोदावरीमा गरी तीन जनाको ज्यान गएको हो । बिहीबार काठमाडौँको तारकेश्‍वर नगरपालिका-१० मनमैजु डेरा गरी बस्ने एक ५० वर्षीय व्यक्तिको शव भेटिएको हो । सिराहा बरियारपट्टी गाउँपालिका-२ घर भएका ५० वर्षीय किशन कुमार रायको शव उनको आफ्नै कोठामा भेटिएको हो । यसैगरी काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित मुनिभैरव मन्दिर नजिकै खाल्डोमा हाल नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने ५२ वर्षीय जितु पण्डित…

Read More

काठमाडौं। काठमाडौंको गौशालाको एक गेस्ट हाउसमा मृत भेटिएकी युवतीको पहिचान भएको छ। पिंगलास्थानस्थित बागमती गेस्ट हाउसमा भेटिएकी युवती कागेश्वरी मनोहरा नगरपालिकाकी सुस्मिता खड्का रहेको खुलेको हो । उनी बिहीबार जापान जाने तयारीमा थिइन्। अंग्रेजी नयाँ वर्षको अघिल्लो साँझ उनी एक युवकसँग गेस्ट हाउसमा आएकी थिइन् । सँगै आएका युवक अहिले फरार छन्। बुधबार गेस्ट हाउसको कोठा नम्बर ३०८ मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।दिउँसोसम्म उनले ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएकी थिइन्। सँगै बसेका युवक पनि बिहीबार नै जापान फर्किने तयारीमा रहेको बुझिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Read More