काठमाडौं खबर पुस २२, २०८१
काठमाडौं।अमेरिकामा आएको भीषण हिम आँधीका कारण त्यहाँका केही राज्यहरूमा आपत्काल घोषणा गरिएको छ। सातवटा भन्दा बढी राज्यहरूलाई प्रभावित गर्ने गरी आएको हिम आँधीले झन्डै ६ करोड मानिस प्रभावित हुने अमेरिकी सरकारले जनाएको छ।
केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यू जर्सी र मिसौरी लगायतका धेरै राज्यले आपतकाल घोषणा गरेका छन्।
हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द भएका छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ । हजारौं उडानहरू रद्द गर्नु परेको छ र विद्यालयहरू बन्द गरिएका छन्।