काठमाडौं खबर पुस १९, २०८१
काठमाडौं । महाकुम्भ २०२५ को उत्सव भक्तजनहरूको बिहानी गङ्गा ‘आरती’ मा सहभागितासँगै सुरु भएको छ । ‘आरतीहरू’ प्रयागराजका प्रसिद्ध घाटहरूमा मात्र सीमित छैनन्, सङ्गमको बाढी मैदानहरूमा पनि देख्न सकिन्छ ।
यसअघि उत्तर प्रदेशको प्रयागराजको त्रिवेणी सङ्गममा विशेष गङ्गा आरतीमा महिलाहरूले भाग लिएका थिए । यो विधि आगामी कुम्भ मेलाको पूर्वाभ्यास पनि थियो । “आज एक विशेष आरती गरियो । यो कुम्भ मेलाको पूर्वाभ्यास थियो । केटाहरूले त्रिवेणी आरती र केटीहरूले गङ्गा आरती गर्नेछन् । आरती गर्ने यी बालबालिकाहरूलाई सबैले प्रेरित गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ… सनातन धर्ममा कुनै सीमा छैन भन्ने हामी सन्देश दिन चाहन्छौँ”, प्रयागराज तीर्थ पुरोहित प्रदीप पाण्डेले भने ।
महाकुम्भ १२ वर्षपछि मनाइँदैछ र जनवरी १३ देखि फेब्रुअरी २६ सम्म प्रयागराजमा भक्तजनहरूको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ । शाही स्नान (राजकीय स्नान) भनेर चिनिने मुख्य स्नान जनवरी १४ (मकर सङ्क्रान्ति), जनवरी २९ (मौनी अमावस्या) र फेब्रुअरी ३ (बसन्त पञ्चमी) मा हुनेछ ।
दुर्घटना हुन नदिन जिल्ला प्रशासनले विशेष गरी भिड व्यवस्थापन र आगलागीबाट बच्न भक्तजनको सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेको छ । जिल्ला प्रशासनले महाकुम्भ समारोहअघि नयाँ दमकल केन्द्रहरूको उद्घाटन गरेको छ, जहाँ आगलागी भएमा द्रुत प्रतिक्रिया सुनिश्चित गर्न कम्तीमा ३६५ वटा सवारी साधन तैनाथ गरिएको छ ।