काठमाडौं । पूर्वप्रधानमन्त्री मनमोहन सिंहको शनिबार दिल्लीको कश्मीरी गेटस्थित निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको थियो । उनीप्रति सम्मान व्यक्त गर्न सागर पुगेका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंहले उनको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरे । शिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्व प्रधानमन्त्रीप्रति श्रद्धाञ्जलि सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी भएका थिए । पूर्वप्रधानमन्त्री सिंहको पार्थिव शरीरलाई शनिबार बिहान उहाँको निवासबाट…
Author: Kathmandu Khabar
काठमाडौं । संयुक्त राज्य अमेरिकामा घरबार विहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको एक नयाँ रिपोर्टले देखाएको छ। देशमा करिब २० वर्षअघि सङ्घीय सरकारले यस विषयमा रेकर्ड राख्न सुरु गरेको थियो । सन् २०२४ को जनवरीमा एकै रातमा करिब सात लाख ७२ हजार मानिस घरबारविहीन भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । ब्लुमबर्ग न्यूजले शुक्रबार सरकारी प्रतिवेदनलाई उद्धृत गर्दै भनेको छ, ‘यो सङ्ख्या सन् २०२३ को तुलनामा ३९ प्रतिशतले वृद्धि भएको र यसमध्ये ८० हजारभन्दा बढी बालबालिका भएका परिवार रहेका छन् । जनवरीमा न्युयोर्क शहर, डेनभर, सिकागो र अन्य शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई सङ्कटमा पार्दा…
काठमाडौं । नेपाली काँग्रेसका नेताहरूले काँग्रेस नेता एवं काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको स्मरण गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा आज भएको श्रद्धाञ्जलीसभामा काँग्रेस नेताहरूले यस्तो बताएका हुन् । कार्यक्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उनी समकालीन नेताहरूमा धेरै अगाडि रहेको बताए । सभापति देउवाले प्रजातान्त्रिक आदर्श तथा सिद्धान्तप्रति प्रतिबद्ध उनले लौहपुरुष गणेशमान सिंहको परिवारको मात्र नभई सम्पूर्ण काठमाडौँवासीको सेवामा आफ्नो जीवन समर्पण गरेको बताए। नेपाली कांग्रेसको संस्थागत साङ्गठनिक विकासमा उनले निर्वाह गरेको भूमिकाको सह्राना गर्दै स्वर्गीय सिंहले देखाएको बाटोमा इमान्दार भएर लाग्न पार्टीका नेता तथा कार्यकतालाई आह्वान गरे । उपप्रधानमन्त्री…
काठमाडौं । प्रचण्डका तत्कालीन स्वकीय सचिवले हडपेको नुवाकोटको शेरा दरबार सरकारको नाममा फिर्ता गर्नुपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । राजा पृथ्वीनारायण शाहको शीतकालीन दरबारको रूपमा रहेको सो दरबार माओवादी केन्द्रका नेता तथा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदाका स्वकीय सचिव विकेश श्रेष्ठको नाममा पुगेपछि सरकारी संयन्त्रमा खैलाबैला मच्चिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आज आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए । स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र…
काठमाडौं । काठमाडौँसहित आज देशभरको मौसम बदली भएको छ । उपत्यकामा धुम्म बादल लागेको छ । देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले मौसम बदली भएको हो । कतिपय स्थानमा दिउँसोतिर सामान्य वर्षासमेत हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । उहाँका अनुसार हिजो साँझ पश्चिम नेपालबाट बदली सुरू भई आज अधिकांश क्षेत्रमा फैलिएको हो । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका…
काठमाडौं । काठमाडौं खबरले ‘बुढानीलकण्ठ स्कुलको जग्गा संस्थालाई बाँड्न चलखेल’ शीर्षकमा प्रकाशन गरेको समाचारको बुढानीलकण्ठ स्कुलले खण्डन गरेको छ । २०८१ साल पुस ४ गते प्रकाशित सो समाचारप्रति स्कुलले पठाएको खण्डन शुक्रबार काठमाडौंखबरले प्राप्त गरेको हो । खण्डनपत्रमा स्कुलका प्रिन्सिपल केशरबहादुर खुलालले स्कुलको सम्पत्ति अन्य संस्थालाई बाँड्न नलागिएको दाबी गरेका छन् । उनले समाचारमा प्रकाशित गरिएजस्तो सेब्स अर्गनाइजेसनलाई जग्गा दिने भन्ने कुरा पूर्णरुपमा झूटो भएको दाबी गरेका छन् । तर उनले खण्डनपत्रमा विद्यालयका पूर्व विद्यार्थीहरूको पूर्ण आर्थिक सहयोगमा स्कुलकै पूर्ण स्वामित्वमा रहने गरी विद्यालय हाताभित्र भवन निर्माण गर्ने र उक्त भवनमा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत निकट भविष्यमा सञ्चालन गर्ने शिक्षक तालिम…
काठमाडौँ । न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो ।
काठमाडौं । विभिन्न समस्याका बाजबुत फेरि पनि कपन डुवानको समाधानका लागि खहरेमा काम सुरु हुने भएको छ । विभिन्न व्यक्ति र निकायको अवरोधले ढिलासुस्ती हुँदै आएको यो काम अघि बढाउन संघीय सांसद गगन थापाको पहलमा बसेको काँग्रेस एमालेको दुई पक्षीय बैठकले अघि बढाउने निर्णय गरेसँगै काम अघि बढ्ने भएको हो । विभिन्न मितिमा विभिन्न निकायमा भएको बैठक र दबाब कार्यक्रमले खहरेको कामलाई प्रभावित गराउँदै आएको थियो । थापाको पहलमा आएको २८ करोड बजेटबाट खहरेको तल्लो भागमा खोला खुला बनाउँदा कपनमा अहिले डुबान रोकिएपछि थापाले यो हिउँदमा नै जसरी पनि कपन खहरेको काम सम्पन्न गर्ने प्रयासमा जुटेका छन् । जसअन्तर्गत विभिन्न…
काठमाडौं । पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावसँगै केही दिनदेखि काठमाडौंलगायत देशभरका मौसममा केही उतारचढाव भएको छ । जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व एवं मध्यभागमा आज मौसम मुख्यतया सफा रहे पनि लुम्बिनीदेखि पश्चिमको भागमा भने आज पानी पर्ने सम्भावना रहेको बताइएको छ । अहिले तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरोको लागेको छ। आज काठमाडौं उपत्यकाको मौसम सफा रहे पनि सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम…
काठमाडौं । देशको आर्थिक उदारीकरणका पिता मानिने पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको बिहीबार निधन भएको छ । उनले ९२ वर्षको उमेरमा एम्समा अन्तिम सास लिए। सन् १९९१ लाई भारतीय अर्थतन्त्रको इतिहासमा टर्निङ प्वाइन्टको रूपमा चिनिन्छ। यो त्यो समय थियो जब देश गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको थियो र तत्कालीन अर्थमन्त्री डा. मनमोहन सिंहले साहसी निर्णय लिएर भारतलाई बचाउन आरबिआईलाई ४४ टन सुन दिने वाचा गरेर इतिहास रचेका थिए । वास्तवमा, १९९१ मा, भारतको विदेशी मुद्रा भण्डार मात्र १.२ बिलियन डलरमा घट्यो। यो स्टक तीन हप्ताको आयातका लागि मात्र पर्याप्त थियो। खाडी युद्धका कारण कच्चा तेलको मूल्य बढेपछि भारतमा आयातको दबाब बढ्यो ।…
नयाँ दिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । बिहीबार साँझ करिब ८ बजे उनलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) को आपतकालीन वार्डमा भर्ना गरिएको थियो। डा. सिंह दुई कार्यकालका प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्यका कारण उनलाई पटक पटक अस्पताल भर्ना गरिएको थियो । जहाँ डा. मनमोहन सिंहको निधनको खबर बाहिरिएपछि भारतभर शोकको लहर छाएको छ । जानकारीका अनुसार सन् २००६ मा मनमोहन सिंहको दोस्रो पटक बाइपास सर्जरी गरिएको थियो, त्यसपछि उनी निकै बिरामी थिए । बिहीबार उनलाई श्वासप्रश्वासमा कठिनाइ र असुविधा भएपछि एम्समा भर्ना गरिएको थियो…
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा सहभागी हुन आएका चार्टर उडानबाट चिनियाँ टोलीलाई पोखरा ल्याएको हो । चीन सरकारको अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । पुस १७ गते पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्ष पूरा हुँदैछ । विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । चार्टर उडानबाट आशा जगाउने…
काठमाडौं । प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्थानीयस्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि प्याब्सन बुढानीलकण्ठ र हिमालयन शेर्पा क्लबका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बुढानीकण्ठ नगरपालिकाभित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ। यस पहलले स्थानीय प्रतिभाहरूलाई पहिचान गरी उनीहरूको खेलकुद कौशललाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। सम्झौतापछि जारी गरिएको विज्ञप्तिमा बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि र सहभागिता बढाउने, विद्यालयस्तरमा फुटबल प्रशिक्षण कार्यक्रममार्फत युवा प्रतिभाको पहिचान र विकास गर्ने र आवश्यक खेल सामग्री र प्राविधिक सहयोग प्रदान गर्दै…
काठमाडौं । कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आज सहकारी ठगी प्रकरणमा मुछिएकी लीला पछाईंको बयान सकिएपछि लामिछानेको पालो आएको हो । कुल पाँच जनाको बयान चलिरहेको छ । सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएका पाँच जनाको बयान चलिरहेको छ । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेपछि दुई जनाको बयान सकिएपछि उनीहरूको थुनछेब बहस सुरु हुनेछ । सोमबार र मंगलबार पूर्वडीआईजी समेत रहेका गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सकाइएको हो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १५ मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी गरेको छ । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गर्ने छलफल गरिएको बताए । त्रिविले शैक्षिक क्यालेण्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको छ । निर्देशक अधिकारीले चाँडै नै विद्यार्थी सङ्गठनसँग छलफल गरी निर्वाचनको कामलाई अगाडि बढाउने बताए। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित हुन सकेको छैन । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक आठ वर्षमा विसं…
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् । पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य प्रा डा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेको नेपाली काँग्रेसले जनाएको छ । यसरी मनोनित हुनेमा प्रा विनय कुसियत (धनुषा), प्रा डा रश्मी राजभण्डारी (काठमाडौँ), डा सुदन ओली (रोल्पा), डा ईशा घर्ती (लमजुङ), डा रेवतबहादुर कार्की (ओखलढुङ्गा), डा प्रताप छत्कुली (धादिङ), डा राजेन्द्रवीर चन्द (कैलाली), अमरबहादुर रोकाय (सुर्खेत), राजकुमार त्रिपाठी (धादिङ) र होमप्रसाद घिमिरे (ललितपुर)लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका…
काठमाडौं । अजरबैजान एअरलाइन्सको यात्रुबाहक विमान पश्चिमी कजाकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । कजाकिस्तानका अधिकारीहरूले बाकूबाट रूसको ग्रोज्नीका लागि उडेको एम्ब्रेयर १९० विमान क्यास्पियन सागरको पूर्वी किनारामा तेल र ग्याँसको केन्द्र अक्टाउ शहर नजिकै दुर्घटना भएको बताएका छन् । कजाकिस्तानका अधिकारीले भनेका छन्, ‘विमानमा रहेका ३० भन्दा बढी यात्रुको मृत्यु भएको हुनसक्ने बताएका छन् । मृतकको सङ्ख्या अझै औपचारिक रूपमा पुष्टि हुन सकेको छैन ।’ विमानमा ६२ यात्रु र पाँच चालक दलका सदस्य थिए भने २८ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।…
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले एक महिनाभन्दा धेरै समयदेखि सम्पर्कविहीन भएका करिब ३० जना प्रहरीहरूको नाममा सात दिने सूचना जारी गरेको छ । आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो । प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो । प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ। सूचनामा, तोकिएको म्यादभित्र हाजिर नभएमा नियमावलीको प्रावधानअनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने चेतावनी दिइएको छ ।
काठमाडौं । नेकपा एमालेले पार्टी सल्लाहकार भीम रावलसहित तीन जनालाई पार्टीको जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले भीम रावललाई साधारण सदस्यबाटै मुक्त गर्ने र अन्य दुई नेताहरु बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको जिम्मेवारी ६ महिनाका लागि खोस्ने निर्णय गरेको थियो । पार्टी महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँगै चुनाव उठेका भीमरावल त्यसपछिका दिनमा पार्टीबाट तिरस्कृत हुँदै आएका छन् । पार्टीमा फरक मत राख्ने उनको पुरानै र कडा स्वभावलाई एमालेले पचाउन सकेन र केपी ओलीको नयाँ कार्यकालबाट उनलाई खेद्न सुरु गरियो । पार्टीभित्र रहेर पनि सधैं पार्टी बाहिरको जस्तै व्यवहार भोग्दै आएका रावल अन्तत: हिजो बसेको सचिवालय बैठकबाट साधारण…
काठमाडौं। बुढानीलकण्ठ-१३ को महिला संघ सभापतिमा सुलोचना पौडेल चयन भएकी छन् । नेपाली काँग्रेसको सय दिने अभियानअन्तर्गत महासमिति सदस्य न्हुक्षे नारायण श्रेष्ठको उपस्थितिमा महिला संघको१७ सदस्यको समिति सर्वसम्मत चयन भएको हो । वडा सभापति भाई नारायण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला सदस्य बेदुकाजी घिमिरे, क्षेत्र नं. ४ का क्षेत्रीय सहसचिव महेन्द्र श्रेष्ठ, बुढानीलकण्ठ नगर कार्य समितिका सचिव बिजेन्द्र श्रेष्ठलगायत वडासमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधिहरु र पार्टीको विभिन्न तहमा बसेर जिम्मेवारी बहन गरिरहेका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो। महिला संघका निर्वतमान कावा सभापति लक्ष्मी जोशी श्रेष्ठले नवनिर्वाचित सभापतिलाई पद हस्तान्तरण गर्दै संगठन निर्माणमा सबैलाई समेटिएर अगाडि बढ्न सुझाव दिइन्। नगर सचिव…
काठमाडौं । काठमाडौंको हायात होटलमा आज हुन लागेको भारतीय गायक सोनु निगमको कन्सर्टस्थलबाहिर राखिएको मदिराको बोर्ड महानगर प्रहरीले हटाएको छ । सोनु निगम कन्सर्टस्थल पुग्नुभन्दा पहिले काठमाडौं महानगरपालिको नगरप्रहरी पुगेर कन्सर्टस्थलमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड हटाएको हो । बौद्ध स्थित हायात ग्राउन्डमा आयोजना हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा मदिराजन्य विज्ञापन बोर्ड राखिएको भन्दै महानगरले ती बोर्ड हटाएको जनाएको छ। यही कन्सर्टमा सहभागी हुन भारतीय गायक सोनु निगम पनि काठमाडौं आएका छन् । निगमले पनि सोही कन्सर्टमा प्रस्तुती दिँदैछन् ।
काठमाडौं । चर्चित भारतीय गायक सोनु निगम आज अपरान्ह काठमाडौं आइपुगेका छन् । क्रिसमस अवसरमा बेलुका हायात होटलमा आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन उनी नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे । निगमको सांगीतिक समूहका सदस्यहरू बुधबार बिहानै तयारीका लागि आइसकेका थिए । करिब १० हजार दर्शकमाझ उनले तीन घण्टा आफ्ना हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम रहेको छ । निगम बिहीबार बेलुका भारत फर्किने र त्यसअघि बिहीबार बिहान पशुपतिनाथ दर्शन गर्ने कार्यतालिका रहेको छ ।
काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९२ लाख रूपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । गएराति काठमाडौंको जोरपाटीबाट सो मात्रामा पैसा बरामद भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् । यो रकम कहाँबाट आयो र कहाँ लगिँदै थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सरकारले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहकारी नियमन आयोग गठनको प्रस्तावसहितको अध्यादेश पारिन गरेको हो । संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्र नियमनका लागि प्रभावकारी संयन्त्र बनाउन सुझाव दिएसँगै सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पारित गरिएको हो । सहकारी क्षेत्रको नियमनका लागि तत्काल कानुन संशोधन गर्नुपर्ने भएकाले अध्यादेश ल्याउनुपरेको एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिबाट जारी भएपछि यो अध्यादेश कानुनको रूपमा लागू हुनेछ। अध्यादेशमा सहकारी नियमनका लागि एउटा आयोग गठन गरिने व्यवस्था छ। अध्यादेशले सहकारी संस्थाहरुको निययनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच…
काठमाडौं । हिजो हल्का वर्षा भएको काठमाडौंको आजको मौसम सामान्य हुने भएको छ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा मुलुकभरका पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराईका धेरै स्थानमा बदली भई हुस्सु लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा पश्चिमी न्यूनचापीय प्रणालीका कारण बादल लागेको छ । मध्याह्नतिर यो हट्ने छ । साथै मङ्गलबारको तुलनामा आज मौसम सफा रहने । यहाँ अहिलेको तापक्रम ७.५ मापन गरिएको छभने अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका…
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए ।…
काठमाडौं । विवादका बीच सुरु भएको नेपाल ओलम्पिक कमिटी (एनओसी)मा अध्यक्ष पदका लागि मात्र निर्वाचन हुने भएको छ । जीवनराम श्रेष्ठले अदालतलाई समेत चुनौती दिँदै जबर्जस्ती गरेको निर्वाचनमा उनीविरुद्ध दुई जनाले उम्मेदवारी दिएको छ । सात उपाध्यक्ष पदको लागि नौ जनाको उम्मेदवारी परेकोमा दुईजनाले नाम फिर्ता लिएपछि उपाध्यक्ष पदमा निर्विरोध भएर अध्यक्ष पदमा मात्रै निर्वाचन हुन लागेको हो । अन्य पदमा यसअघि नै निर्विरोध भइसकेका छन् । जीवनराम श्रेष्ठलाई तेश्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष बनाउन विधान संसोधन प्रक्रिया अगाडि बढाएका थिए । विवादमा होमिएको एनओसीको विवाद अहिले न्यायालयमा विचाराधीन छ । उच्च अदालत पाटनले साधारणसभामा विधान…
काठमाडौं । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पतालबीच स्वास्थ्य सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच दुई संस्थाबीच मिसन टुगेदरमा आबद्ध पूर्व फुटबलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परीक्षण, ल्याब टेष्ट, दुर्घटना भई उपचार(स्वास्थ्य उपचार) गराउदा २०% छुट प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको हो । त्यस्तै, मिसन टुगेदरले गर्ने प्रतियोगितामा नि:शुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा प्रदान गर्नेछ । मेजर र माईनर अपरेसन गर्दा समेत विशेष छुट दिने व्यवस्था सम्झौतामा उल्लेख छ । फुटबलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जेबी राणा र अस्पतालको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सो…
भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ । पक्राउपछि रुपेशले बुबा र भाइको हत्या आफूले गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ घर भई हाल जिल्ला हुलाक कार्यालय खोटाङमा निमित्त कार्यालय प्रमुख रहेका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको गत शनिबार राति हत्या भएको थियो । हत्यापछि फरार रहेका रुपेशलाई प्रहरीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईका अनुसार पक्राउ परेका रुपेशसँग बयान लिने कार्य…
