Author: Kathmandu Khabar

काठमाडौं । सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सकेसम्म आजै र नभए पनि आइतबार मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । गत पुस १ गते जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा दर्ता गराइसकेको छ । वकिलको कार्यालयले यसलाई दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नियमअनुसार सरकारी वकिलको कार्यालयले अन्तिमपटक भन्दै रविको म्याद थप गरेको म्याद शु्क्रबार मध्यराति सकिँदैछ । शनिबार सरकारी बिदा हुने भएकोले शुक्रबार मुद्दा दर्ता गर्न नभ्याए आइतबार अदालत खुल्नेबित्तिकै मुद्दा दर्ता गर्ने तयारी रहेको कार्यालयले जनाएको छ…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानीका विभिन्न ठाउँमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको हो । बिहान १०:३० देखि मध्याह्न १२:०० बजेसम्म बिजुली कटौती गर्ने भएको हो । प्राधिकरणले सो फिडरअन्तर्गत उक्त स्थानलगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Read More

काठमाडौं । १९७२ मा ब्रिटिश सहायताअन्तर्गत स्थापना भएको प्रसिद्ध बुढानीलकण्ठ स्कुल देशकै उत्कृष्ट शैक्षिक संस्थाहरूको सूचीमा पर्छ । बुढानीलकण्ठ नगरपालिकामा रहेको यस विद्यालयल ‘पब्लिक स्कुल’ मोडलमा विकसित गरिएको थियो । तथ्याङ्कअनुसार ३८ हेक्टर क्षेत्रफलमा फैलिएको  बुढानीलकण्ठ स्कुलको विशाल क्षेत्र हरियाली, खेल मैदान, आधुनिक भवनहरू, प्रयोगशालाहरू, पुस्तकालय, र छात्रावासहरू लगायतका संरचनाहरूले सुशोभित छ। यस विद्यालयको वातावरण शिक्षाका लागि अत्यन्तै अनुकूल र शान्त मानिन्छ । विशाल क्षेत्रफल र शान्त वातावरण रहेको यस स्कूलको जग्गा-जमिनमाथि बेलाकुबेला कुदृष्टि पनि पर्ने गरेको छ । ३ वर्षअघि बुढानीलकण्ठका तत्कालिन मेयरले यस स्कुलको जग्गामा बसपार्क बनाउने प्रस्ताव गरेका थिए । मेयरको यस प्रस्तावप्रति व्यापक आलोचना भएपछि सो प्रस्ताव कार्यान्वयनपूर्व तुहिएको थियो…

Read More

काठमाडौं । दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णालीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले दुई विकेटले कर्णालीलाई हराएको हो । अब जनकपुर शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमसँग भिड्ने भएको छ । यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे। उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका थिए ।

Read More

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका हुन् । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । सुपर–४ मा…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियारमा बेनामे उजुरीको व्यवस्था हटाउन दबाब दिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन संशोधनको प्रक्रियामा रहेकोले यसमा बेनामे उजुरी हटाउने लगायत केही व्यवस्था संशोधनमा ओलीले दबाब दिइरहेको एक सांसदले जानकारी दिएका छन् । यसबारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले सांसदहरूलाई आज बालुवाटर बोलाएका थिए । यद्यपि उनीहरूले आज विशेष कारण भन्दै जाने कार्यतालिका राखेका छैनन् । तर एक सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारणसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा चासो राख्दै बिहान १० बजे समितिमा रहेका सत्ता पक्षका सांसदहरूलाई बालुवाटार बोलाएको जानकारी दिए । समितिको सभापति समेत रहेका काँग्रेस सांसद रामहरि…

Read More

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको एक अधिकारीले जानकारी दिए । यद्यपि लिखितरूपमा यो एजेण्डा प्रस्तुत गरिएको छैन । तर ठाडो प्रस्तावबाट उनलाई कतै ऊर्जाविज्ञ बनाएर अन्यत्रै सरुवा गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ। गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्। तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि…

Read More

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो । गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र…

Read More

काठमाडौं । एनपीएलको दोस्रो क्वालिफायरका लागि आज प्रतिस्पर्धा हुँदैछ । फाइनलमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नका लागि आज दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन्। दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा जित्ने टिमले फाइनल खेल्न पाउने छ । बुधबार सुदूरसँग पराजित भएको जनकपुरलाई फाइनल खेल्ने अन्तिम मौका मिलेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित जनकपुरले आज फाइनलमा पुग्ने दोस्रो मौका पाउने भएको हो। कर्णाली भने बुधबार भएको एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा आइपुगेको हो । उपाधि विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ।

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ।  पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले राससलाई जानकारी दिए । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख घनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ । यसैगरी, पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई सङ्घीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला…

Read More

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको क्वालिफायर खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिमले सो यात्रा तय गरेको हो । आजको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटको फराकिलो जित हासिल गर्‍यो । अन्तिममा १० बलमा तीन रन चाहिएको सुदूरपश्चिमलाई दीपेन्द्रसिंह ऐरीले चौका प्रहार गरेसँगै टिमले सफलता हासिल गरेको थियो । आजैको पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको छ । आजको पहिलो खेलमा १७६रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । अब सुदूरपश्चिमसँग फाइनल खेल खेल्नका लागि कर्णाली र जनकपुर खेल खेल्नेछन् । सो खल जित्ने टोलीले फाइनल खेल खेल्नेछ…

Read More

काठमाडौं । चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा पुगेको छ । आजको पहिलो खेलमा १७६रनको लक्ष्य पछ्याएको चितवनले १५४ रन मात्र बनाउन सक्यो । चितवनका लागि रवि बोपाराले अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । जिशान मकसुदले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिए । विपिन प्रसाद शर्माले १ विकेट लिए । कर्णालीले अब फाइनलमा स्थान बनाउनका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ। पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख…

Read More

मकवानपुर । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकमा आजदेखि यही पुस ११ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएको सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिए । यस्तै, सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ , त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

काठमाडौं । पुस लाग्दै गर्दा झनै तापक्रम घट्नुपर्नेमा पछिल्ला दिनहरूमा तापक्रम बढ्न थालेको छ । गत मंसिर २९ गते दुई डिग्री तापक्रम रहेको काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा भने निरन्तर तापक्रम बढ्न थालेको हो । तापक्रम बढेसँगै जाडो कम भएको छ । दुई/तीन दिनयता बढिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा उक्लिएको छ। मंसिर ३० गतेयता तापक्रम निरन्तर बढ्दै आज ५ डिग्री सेल्सियसमा उक्लिएको हो। मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।

Read More

काठमाडौं । अघिल्लो महिनाको तुलनामा गत मङ्सिरमा घर जग्गाको कारोबारबाट सङ्कल हुने राजश्वमा वृद्धि भएको छ । गत कात्तिकमा घर जग्गाको कारोबारबाट रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६ सय ४५ बराबरको राजश्व सङ्कलन भएकामा मङ्सिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर सङ्कलन भएको हो । मङ्सिरमा देशभर ४३ हजार तीन सय ७९ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ सङ्ख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल हुँदैछ । दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । आज जित्ने टिमले फाइनल प्रवेशको स्थान सुरक्षित गर्नेछ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । सुदूरपश्चिम लिग चरणमा सातमध्ये छ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर सात खेलमा पाँच जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ । पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली…

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बोटलर्स नेपाल लिमिटेड (बालाजु) लाई स्पष्टीकरण सोधेको छ । धितोपत्रको बजार मूल्यमा प्रभाव पार्ने गरी कम्पनीको सञ्चालक समितिबाट भएको निर्णय करिब एक महिनासम्म नेप्सेलाई जानकारी नगराएका कारण स्पष्टीकरण सोधिएको हो । धितोपत्र सूचीकरण नियमावली, २०७५ मा भएको व्यवस्था उल्लङ्घन गरेपछि बोटलर्स नेपालको शेयर कारोबार पनि रोक्का गरिएको छ । नेप्सेका सहायक प्रबन्धक सुरेश जोशीका अनुसार कम्पनीको धितोपत्रको कारोबार स्थगित गरिएको छ भने सञ्चालक समितिको निर्णय के कति कारणले समयमा जानकारी नदिएको हो भनेर तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । ‘मङ्सिर ५ गते बुधबार सञ्चालक समितिको बैठक बसी आर्थिक वर्ष २०८०/८१…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो । क्यानका अनुसार उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ । उपरोक्त सम्बन्धमा नेपाल क्रिकेट संघको आयोजनामा यही मंसिर १५ देखि पुस छ गतेसम्म ८ फ्रेन्चाइज टिमहरूबीच काठमाडौंमा सञ्चालन भइरहेको छ । एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर…

Read More

काठमाडौं । माथिल्लो तामाकोसी (४५६ मेगावाट) बाट उत्पादन सुरु नभएसम्म नेपालमा फेरि लोडसेडिङ सुरु हुने भएको छ । अहिले बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती सुरु भएको छ । औपचारिक रूपमा केही समयपछिबाट सुरु हुने भनिए पनि अहिले पनि लाइन काट्न सुरु भइसकेको छ । हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेका कारण विद्युत् व्यवस्थापनमा समस्या भएको हो । पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । यो…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज अन्तिमपटक म्याद थपका लागि अदालत लगेको प्रहरीले चार दिन नै म्याद थपको अनुमति मागेको थियो । रविलगायत ५१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गर्न प्रहरीले फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको छ । त्यसको मिसिल तयार पार्न बाँकी रहेको भन्दै म्याद थप गरिएको हो । आज म्याद थप गर्न अदालत लैजाँदा रविले त्यति भनेपछि न्यायाधीश हिमलाल बेलबासे ‘त्यो पछि थाहा हुन्छ। तपाईंको अनुभव पछि तपाईंलाई नै काम लाग्छ।’ भनेर चार दिनको म्याद थप गरेका थिए । लामिछानेको अब चार दिनभित्रमा अदालतमा…

Read More

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार युक्रेनमा आफ्नो सेनाको द्रुत प्रगतिको प्रशंसा गर्दै पश्चिमी समर्थित छिमेकमा मस्कोको सैन्य आक्रमणको सन् २०२४ को वर्षलाई ‘ऐतिहासिक’ बताए । वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै उनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो हात रहेको दाबी गर्दै दृढ र आशावादी स्वर व्यक्त गरे । उनले पश्चिमी ‘हाइब्रिड युद्ध’ र मस्कोलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि आलोचना गरे । आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् । मस्को र किएभ दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध म्याद थपका लागि अदालत लगिएको छ । आज हिरासतका लागि अन्तिम म्याद थप गर्न कास्की प्रहरीले अदालत लगेको हो । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको जानकारी दिए। कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

Read More

काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ   ।  मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११:४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन्भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् । यसमा  उपकप्तानमा सोनी पाख्रिनसहित साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ…

Read More

काठमाडौं । एनपीएलको लिग चरणका खेलहरू सकिएसँगै प्लेअफ समीकरण पूरा भएको छ । सुदूरपश्चिमसँग हारका बाबजुद पनि कर्णाली प्लेअफमा पुगेको हो । काठमाडौँ गुर्खाज भने प्लेअफको दौडबाट बाहिरिएको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ चरणमा पुगिसकेका छन् । एनपीलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने पक्का भएको छ भने चितवन र कर्णालीबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार कर्णालीले दिएको एक सय दुई रनको लक्ष्य सुदूरपश्चिमले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । सुदूरपश्चिमका…

Read More

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उनलाई पोखरा ल्याइएका थियो । अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएका छौं । जसमध्ये ३७ जना फरार प्रतिवादी छन् । ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९…

Read More

पाटन (ललितपुर) । आज बिहान निधन हुनुभएका काठमाडौँका पूर्वनगरप्रमुख प्रेमलाल (पीएल) सिंहप्रति नेपाली कांग्रेसका नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरे । ८७ वर्षको उमेरमा निधन भएका पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अपरान्ह १२ बजेदेखि २:३० बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । स्वर्गीय सिंहलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री जीवन परियार, पूर्वउपसभापति गोपालमान श्रेष्ठलगायतले पुष्ष गुच्छासहित श्रद्धाञ्जली अर्पण गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले उनको निधनमा तीन दिन पार्टीको झण्डा झुकाउने निर्णय पनि गरेको छ । स्वर्गीय नेता गणेशमान सिंह निकट रहेर लामो समय…

Read More

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएका छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच…

Read More

काठमाडौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह,…

Read More

काठमाडौं । तत्कालीन काठमाडौं नगरपालिकाका मेयर एवं लौह पुरुष गणेशमान सिंहका प्रमुख सहयोगी पीएल सिंहको निधन भएको छ । विसं २०४९ सालको स्थानीय तह निर्वाचन जितेर मेयर बनेका उनी पूर्वमन्त्री समेत हुन् । लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्षमात्रै पेटको शल्यक्रिया गरेका थिए । उनी पछिल्लो समय हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । चाक्सिबारीस्थित उनकै निवासमा सिंहको आज निधन भएको हो । मेयर बनेपछि कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

Read More

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाएका छन् । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी भित्र्याइएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवान्नप्राशन नगरेकाले आजै नवान्नप्राशन गरेका छन् । यस अवसरमा काभ्रेपलाञ्चोकको धनेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँको चम्पादेवी सिन्धुपाल्चोकको स्फटकेश्वर, नुवाकोटको सिकरबेँसी र दुप्चेश्वरललगायत स्थानमासमेत मेला लागेको जनाइएको छ ।

Read More