![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको एक अधिकारीले जानकारी दिए । यद्यपि लिखितरूपमा यो एजेण्डा प्रस्तुत गरिएको छैन । तर ठाडो प्रस्तावबाट उनलाई कतै ऊर्जाविज्ञ बनाएर अन्यत्रै सरुवा गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएर कुनै निकायको विज्ञका रुपमा पदस्थापन गरिनेछ र त्यहाँ ओलीको चाहना अनुकूलका व्यक्तिलाई मन्त्रिपरिषदले नियुक्त गर्नेछ।
गत असार अन्तिममा सत्तारोहण गरेका ओली घिसिङलाई हटाउन एक सुत्रीय एजेण्डा बोकेर हिँडेका छन्। तर प्राधिकरणका भ्रष्टाचार भएको भन्दै छानबिनका लागि आयोगनै गठन गरेपनि नियुक्त पूर्वन्यायाधीशले काम गर्न अस्वीकार गरेपछि ओली विफल भएका थिए।