काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज फाइनल प्रवेशका लागि पहिलो क्वालिफायर खेल हुँदैछ । दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।
आज जित्ने टिमले फाइनल प्रवेशको स्थान सुरक्षित गर्नेछ । शीर्ष दुईमा रहेर लिग सकाएकाले दुवै टोलीलाई हाइली क्यापेबल टिमका रूपमा लिन सकिन्छ । सुदूरपश्चिम लिग चरणमा सातमध्ये छ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ खेल्दै छ भने जनकपुर सात खेलमा पाँच जितसहित १० अंक जोडेर दोस्रो स्थानमा रहेर प्लेअफमा खेल्दै छ ।
पहिलो क्वालिफायर खेलमा विजयी हुने टोली सिधै फाइनलमा स्थान सुरक्षित गर्नेछ भने दुई दिनको ग्याप समेत प्राप्त गर्ने छ । यस खेलमा पराजित हुने टोलीका लागि भने अर्को मौका हुनेछ । इलिमिनेटरको विजेतासँग खेलेर हराएमा फाइनल पुग्ने अर्को विकल्प रहन्छ ।