काठमाडौं खबर पुस १, २०८१
काठमाडौं । तत्कालीन काठमाडौं नगरपालिकाका मेयर एवं लौह पुरुष गणेशमान सिंहका प्रमुख सहयोगी पीएल सिंहको निधन भएको छ । विसं २०४९ सालको स्थानीय तह निर्वाचन जितेर मेयर बनेका उनी पूर्वमन्त्री समेत हुन् ।
लामो समयदेखि अस्वस्थ रहेका सिंहको गत वर्षमात्रै पेटको शल्यक्रिया गरेका थिए । उनी पछिल्लो समय हालका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए । चाक्सिबारीस्थित उनकै निवासमा सिंहको आज निधन भएको हो ।
मेयर बनेपछि कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।