काठमाडौं खबर पुस ४, २०८१
काठमाडौं । दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले कर्णालीलाई हराएको छ । बिहीबार त्रिवि क्रिकेट रंगशालामा भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले दुई विकेटले कर्णालीलाई हराएको हो ।
अब जनकपुर शनिबार हुने फाइनल खेलमा सुदूरपश्चिमसँग भिड्ने भएको छ । यसअघि बुधबार भएको खेलमा सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनायो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे। उनले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा २५ रन बनाएका थिए ।