काठमाडौं खबर पुस ३, २०८१
काठमाडौं । पुस लाग्दै गर्दा झनै तापक्रम घट्नुपर्नेमा पछिल्ला दिनहरूमा तापक्रम बढ्न थालेको छ । गत मंसिर २९ गते दुई डिग्री तापक्रम रहेको काठमाडौं उपत्यकामा पछिल्ला दिनहरूमा भने निरन्तर तापक्रम बढ्न थालेको हो । तापक्रम बढेसँगै जाडो कम भएको छ ।
दुई/तीन दिनयता बढिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा उक्लिएको छ। मंसिर ३० गतेयता तापक्रम निरन्तर बढ्दै आज ५ डिग्री सेल्सियसमा उक्लिएको हो।
मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।