Author: Kathmandu Khabar

काठमाडौं । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएपछि फरार रहेका नेपाल बैंक लिमिटेडका एक उपप्रबन्धकलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनीविरुद्ध तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । अब उनलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएको एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो । पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए । पोखराका लागि माइकल लिस्कले…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले एकैपटक आठ जना डिन नियुक्त गरेको छ । शनिबार बसेको परिषद‍्को बैठकले आठ वटा संकायका डिन नियुक्त गरेको हो । त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै, इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् । नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै…

Read More

काठमाडौं । मधेश प्रदेशको बर्दिवासको लट १ देखि ५ सम्मका आयोजनाहरूमा कमसल पाइपको प्रयोग गरी अनियमितता गरेको भेटिएको छ । अहिले देशका मुख्य शहरहरूमा बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको विद्युत् प्राधिकरणको सो आयोजनाहरूमा ठेकेदार टाटा प्रोजेक्ट लिमिटेडबाट सप्लाई भएको विभिन्न साइजका एचडीपीई पाइप र फ्लेक्जिबल पाइपहरूमा कमसल खालको सामग्री हालेको भेटिएपछि यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । आयोजनाहरूमा आपूर्ति भइरहेको विभिन्न साइजका पाइपहरूको दुवै साइडमा मोटाइ जीटीपीअनुसार नै ठीक राखेर बीचमा भने कमसल सामान राखी अनियमितता गरेको भेटिएको हो । बाहिरी भागमा १६० एमएम रहेको पीएन ६ एचडीपीई पाइपको अधिकतम मोटाइ १०.५८ मिमि र न्यूनतम…

Read More

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा मनाउने संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउँछन् । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार…

Read More

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् । त्यस्तै, पहाडी भेगमा विभिन्न स्थानमा धान्य पूर्णिमा पर्व पनि मनाइँदै आएका छन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अङ्कसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अङ्क बटुलेको छ । चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अङ्क छ । आइतबार हुने काठमाडौँ गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुङ्गो लाग्नेछ । उक्त खेलमा काठमाडौँ गुर्खाज विजयी भए उसको पनि आठ अङ्क हुनेछ । यस आधारमा…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले दुई सय ३६ जना परम्परागत बाजा गुरूहरूलाई जनही रू ३० हजारसहित सम्मान गरेको छ । ३०औँ महानगर दिवस २०८१ का अवसरमा राष्ट्रियसभागृहमा आयोजित समारोहमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत तथा समितिका सदस्यहरूले गुरूहरूलाई सम्मान गरेका हुन् । सम्मानित गृरूहरूमा ज्यापू महागुथि नेपाः, येँ महानगर समितिबाट सिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरू र ५४ जना दाफा खिं गुरू हुनुहुन्छ । गुंलाबाजं व्यवस्थापन व संरक्षण सङ्घबाट सिफारिस हुनुभएका २५ टोलका एक–एकजना गुरू, नेपाल खड्गी सेवा समितिबाट सिफारिस हुनुभएका ६९ टोलका एक–एकजना नायःखिं बाजं गुरू, नेपाल…

Read More

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने भनी गरिएको पत्राचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले आगामी पुस १७ गतेदेखि हेलिकप्टरको व्यावसायिक उडान अवतरणमा रोक लगाउन परिपत्र गरेपछि क्यानले विज्ञप्ति निकालेर उक्त निर्णयमा आपत्ति जनाएको हो । साथै, क्यानले सो क्षेत्रमा हेलिकप्टरको उडानमा रोक लगाउने सम्बन्धमा कुनै निर्णय नहुञ्जेलसम्म त्यस क्षेत्रमा विद्यमान अवस्थामा जस्तै निर्वाध र नियमितरुपमा व्यावसायिक उडान सञ्चालन गर्न गराउन पनि सम्पूर्ण हेलिकप्टर कम्पनीलगायत सरोकारवाला निकायलाई अनुरोध गरेको छ । हवाई उड्डयनको नियमन तथा व्यवस्थापन गर्ने कानुनी जिम्मेवारी गैरसैनिक हवाई उडान ऐन तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेलमा चार टिम खेल्दै छन् । हार्ने टोली शीर्ष चारको दौडबाट बाहिरिने सम्भावना भएकाले चारमध्ये तीन टिम आज प्लेअपमा जानका लागि जित्नैपर्ने दबाबमा छन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्नेछन् । अंक तालिकामा नेट रनरेटको आधारमा काठमाडौं पोखराभन्दा एक स्थान अगाडि छ । पाँच खेलमा तीन हार र दुई जीत निकालेका दुवै टिमको समान ४-४ अंक छ। पोखरा विरूद्धको खेलमा जीत निकाल्न सके काठमाडौंको ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ । उसले अन्तिम खेल…

Read More

काठमाडौं । शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम झनै ओरालो लागेको छ । हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेकोमा आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन्। मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका पाँच युवाले संसद् दिवसको सन्दर्भ पारेर छ हजार एक सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका छन् । यही मङ्सिर २१ गतेदेखि खुम्बु पदयात्रामा रहेका शर्मा र साथीहरूले यही मङ्सिर २७ गते राति ११ः३० बजे लोबुचेको बेसक्याम्पबाट लक्ष्यतर्फ बढेर आज मङ्सिर २८ गते बिहान ६ः४५ बजे लोबुचे हिमालको सफल आरोहण गरेको उनको सचिवालयले जनाएको छ । आरोहण दलका सदस्य प्रकाश लामिछानेका अनुसार हिमाल आरोहणमार्फत जलवायु परिवर्तनले हाम्रा हिमालहरुमा पुर्‍याएको असरको स्थलगत अध्ययन गरेर संसद्, सरकार र संसारको गम्भीर ध्यानाकर्षण गराउने रहेको छ । पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले थप भोग्नुपरेको चुनौतीको…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले धोबी खोला किनारमा २० मिटरको मापदण्ड तत्काल विचाराधीन राख्न मंसिर २ गते नै सरोकारवाला निकायलाई पत्र लेखेको थापाको सचिवालयले जनाएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातहतका निकायलाई तत्काल २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएपछि सचिवालयले यसअघि नै थापाले काठमाडौं उपत्यका विकास प्राधिकरण र शहरी विकास मन्त्रालयको जिल्ला आयुक्तको कार्यालयमा पत्र लेखेको विषय स्मरण गराएको हो । धोबीखोला किनारका घरमा चिह्न लगाउन उपत्यका विकास प्राधिकरणबाट टोली आएपछि गत मंसिर २ गते थापाको सचिवालयले जिल्ला आयुक्तको कार्यालयलाई पत्र लेख्दै मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको फैसलामाथि पुनरावलोकन गर्न…

Read More

काठमाडौं । केही दिनअघि शव भेटिएको केही पर काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आज पनि एक शव भेटिएको छ । केही दिनअघि एक पुरुषको शव भेटिएकोमा आज एक युवती मृत फेला परेकी हुन्। तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जंगलको झाडीमा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ । मृतक युवती शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार रहेको खुलेको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा विराटनगरले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ३० रन मात्रै जोड्यो । चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन बनाएका हुन् । यस्तै, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए । नेपाल प्रिमियर लिगमा शुक्रबार चितवन राइनोजमाथि शानदार जित निकाल्दै विराटनगरले प्लेआफमा पुग्ने आशा जीवित…

Read More

काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । अल्लु अर्जुनलाई डिसेम्बर १३ शुक्रबार कडा सुरक्षाबीच उनको घरबाटै पक्राउ गरिएको थियो । हैदरावाद प्रहरीले उनलाई आफ्नो कारमा प्रहरी चौकी ल्यायो र त्यहाँ सोधपुछ गरेको थियो। त्यसपछि आवश्यक मेडिकल जाँचपछि अभिनेतालाई तल्लो अदालतमा पेश गरिएको थियो, जहाँबाट उनलाई १४ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । तर अल्लु अर्जुनले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिँदै अन्तरिम जमानतका लागि निवेदन दिएका थिए । याचिकाको केही घण्टामै उनले जमानत पाएका थिए । तेलंगाना उच्च अदालतले अल्लु अर्जुनलाई पक्राउ गरेको केही घण्टामै अन्तरिम जमानत दिएको थियो। सुनुवाइका क्रममा कलाकारलाई स्वतन्त्रताको…

Read More

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ । आज (शुक्रबार) बिहान यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो। मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो।

Read More

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन हुँदैछ । आज बिहान ९:०० देखि अपराह्न ४:०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छभने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन् । यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् । आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान…

Read More

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले काठमाडौँ उपत्यकाका नदीहरूका किनारामा २० मिटरको मापदण्ड कार्यान्वयन नगर्न निर्देशन दिएको छ । कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो फैसला कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘बागमती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँबायाँ थप २० मिटर सीमा कायम गर्ने सम्मानित सर्वोच्च अदालतबाट मिति २०८०/०९/०३ गते भएको फैसलाउपर नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दर्ता गरेको पुनरवलोकनको निवेदनमा सम्मानित सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति प्रदान गरेकोले उक्त पुनरवलोकनसम्बन्धी निवेदनको अन्तिम किनारा नभएसम्म मुलुकी देवानी कार्यविधि सहिता. २०७४ को दफा २३१ बमोजिम उक्त फैसला…

Read More

गण्डकी । सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामेछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आज म्याद थपका लागि अदालतमा लगिएका लामिछानेले इजलासमा न्यायाधीशसमक्ष आफूलाई छाडिदिन हारगुहार नै गरे । अदालतमा लामिछानेले सूर्य थापाले बनाएको प्रतिवेदनमा ठगी गरेको कुनै कुरा नभएको, अपचलनको कुरा नै नउठेको बताए । तर, प्रतिवेदन आइसकेपछि थापाले हरेक मिडिया धाएर आफूमाथि लाञ्छना लगाएको आरोप लामिछानेको छ । तर उनले अदालतबाट भने न्यायको आशा रहेको बताए । उनले भने : “मलाई जसरी अहिले फिल्मी स्टाइलमा छायांकन गरिराखिएको छ, त्यो कुराले गर्दा भोलि…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गर्दै जित हासिल गरेको छ । योसँगै जनकपुर एनपीएलको प्लेअपमा पुग्ने पहिलो टिम बनेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौँले जितका लागि दिएको एक सय दुई रनको लक्ष्य जनकपुरले १५ दशमलव पाँच ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । जनकपुरका लागि जेम्स निशमले सर्वाधिक २७ रन बनाए । उनले १७ बलमा तीन छक्का र एक चौकाको मद्दतले २७ रन बनाएका हुन् । हर्ष ठाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र कप्तान अनिल शाहले ११ रनको योगदान दिए । काठमाडौँका…

Read More

काठमाडौं । एनपीएलको आज भएको रोचक खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्ससँग पराजित भएको छ । सुपरओभरमा गएको खेलमा पोखराले दिएको १९ रनको तार्गेटमा विराटनगर जम्मा पाँच रनमा सीमित भएको थियो । बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ‌ओभरमा गएको हो । यो एनपीएलको जारी सिजनको पहिलो सुपरओ‌भर थियो । यो खेल हारेसँगै विराटनगर प्लेअप दौडबाट बाहिरिएको छ भने पोखराको झिनो सम्भावना कायमै रहेको छ ।

Read More

काठमाडौं । एनपीएलको आज भएको विराटनगर र पोखराको खेल सुपरओभरमा गएको छ । बिहान नौ बजेदेखि सुरु भएको खेलमा पहिले ब्याटिङ गरेको विराटनगरले पोखरालाई १४० को तार्गेट दिएको थियो । तर पछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा जम्मा १३९ रन मात्रै बनाउन सकेपछि खेल सुपर ‌ओभरमा गएको हो । यो एनपीएलको जारी सिजनको पहिलो सुपरओ‌भर हो ।

Read More

काठमाडौँ । कमलादीमा भासिएको बक्स कल्भर्ट करिब पाँच महिनापछि पुनर्निर्माण भएको छ । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न गर्न सडक विभागलाई करिब पाँच महिना लाग्यो । जुन आज उद्घाटन गरिएको छ । तर आजको यो कल्भर्ट उद्घाटनमा भने नौटंकी नै बढी देखिएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बीच रिबन काटेर सडक खोलिएको थियो । जसमा पुष्पवृष्टि गरेर रिबन काटेर कल्भर्टको उद्घाटन गरिएको थियो । यति सानो कामलाई यति धेरै समय लगाएको विभागले नौटंकी धेरै देखाएको भन्दै सामाजिक सञ्जालमा भने ट्रोल सुरु गरिएको छ । सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब…

Read More

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाद्वारा सञ्चालित ‘तेस्रो मेयर रनिङ शिल्ड’ प्रतियोगिता सम्पन्न भएको छ । ‘खेल तारकेश्वरको, सन्देश एकताको’ भन्ने मूल नाराका साथ मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगिताको समापन कार्यक्रममा तनहुँको भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले तारकेश्वर नगरपालिकाभित्र रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउन प्रतियोगिताले सहयोग पुगेको बताए । तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले तारकेश्वरभित्रका विद्यालयका विद्यार्थीलाई एकापसमा जोड्नका लागि खेलकुद प्रतियोगिताले सहयोग पुगेको बताए । प्रतियोगितामा तारकेश्वर नगरपालिकाभित्र रहेका सामूहिक तथा संस्थागत ५४ विद्यालयका तीन हजार ४५४ विद्यार्थीले सहभागीता जनाएका थिए । ७६ स्वर्णपदकका लागि भएको प्रतिस्पर्धामा लालिगुराँस एकेडेमीले २९ स्वर्णपदक जितेर…

Read More

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत् आज हुने खेलबाट थप एक टोली प्लेअपको दौडबाट बाहिरिने भएका छन् । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आज विराटनगर र पोखराबीच खेल हुँदैछ । सो खेलमा पराजित हुने एउटा टोली प्लेअप दौडबाट बाहिरिने भएका हुन् । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ। प्लेअप यात्राको सम्भावना कायमै राख्न दुवै टोलीले छुट्टाछुट्टै रणनीति बनाएका छन् । दुवै टोलीले नयाँ खेलाडीलाई मैदानमा भित्र्याउने योजना बनाएका छन् । अब बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन्। यी दुई टोलीले सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन। यस्तो अवस्थामा अन्य टोलीको…

Read More

काठमाडौं । पछिल्ला केही दिनमा निरन्तर घट्दै गएको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्रीको विन्दुमा झरेको छ । बिहीबार मौसम विज्ञान विभागले जारी गरेको सूचनाअनुसार तापक्रम हिजोको तुलनामा आज पनि घटेको हो । आज बिहान पौने छ बजेतिर काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । बिहान ८ बजे भने चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने अनुमान छ । विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहेको छ । साथै तराईं तथा उपत्यका…

Read More

काठमाडौं । नेपाली काँग्रेसले आठ वटा भातृ संस्थाको महाधिवेशन गराउनका लागि निर्देशक समिति गठन गरेको छ । आज सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनका लागि समन्वय र सहयोग गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको नेपाली काँग्रेसले जनाएको छ । केन्द्रीय कार्यसमिति बैठकको निर्णय बमोजिम सभापति देउवाले केन्द्रीय निर्देशन समिति गठन गरेका हुन् । नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा भने संशोधन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । यस्तो छ सदस्य र संयोजकहरू

Read More

काठमाडौं । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रमा रहेको वनकालीमा एकजना पुरुषको शव फेला परेको छ। गौशाला प्रहरीका अनुसार बेवारिसे अवस्थामा भेटिएको उनको शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ । काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीमा रहेको पार्किङ नजिकै ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको हो । उनी इन्द्रबहादुर घले रहेको खुलेको छ। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुरलाई हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । सुदूरपश्चिमले जितका लागि दिएको एक सय २४ रनको लक्ष्य पछ्याएकामा जनकपुरले १२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५१ रनमा समेटियो । त्यस्तै, नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्स काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एनपीएलबाट बाहिरिने लुम्बिनी पहिलो टोली हो । कीर्तिपुरस्थित…

Read More