काठमाडौं खबर मंसिर ३०, २०८१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले एकैपटक आठ जना डिन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले आठ वटा संकायका डिन नियुक्त गरेको हो ।
त्रिविका प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्राडा द्विविनन्द ढकाल नियुक्त भएका छन्।
त्यस्तै, इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्राडा मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राडा वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राडा शंकर खनाल डिन नियुक्त भएका हुन् ।
नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।