काठमाडौं खबर मंसिर ३०, २०८१
काठमाडौं । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर भएपछि फरार रहेका नेपाल बैंक लिमिटेडका एक उपप्रबन्धकलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई पक्राउ गरेको हो ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनीविरुद्ध तत्कालीन समयमा कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी रु ३९ करोड ८९ लाख हानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ ।
अब उनलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी प्रहरीको छ ।