काठमाडौं खबर मंसिर २८, २०८१
काठमाडौं । चर्चित दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । अल्लु अर्जुनलाई डिसेम्बर १३ शुक्रबार कडा सुरक्षाबीच उनको घरबाटै पक्राउ गरिएको थियो । हैदरावाद प्रहरीले उनलाई आफ्नो कारमा प्रहरी चौकी ल्यायो र त्यहाँ सोधपुछ गरेको थियो। त्यसपछि आवश्यक मेडिकल जाँचपछि अभिनेतालाई तल्लो अदालतमा पेश गरिएको थियो, जहाँबाट उनलाई १४ दिनका लागि हिरासतमा राख्न अनुमति दिइएको थियो । तर अल्लु अर्जुनले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिँदै अन्तरिम जमानतका लागि निवेदन दिएका थिए ।
याचिकाको केही घण्टामै उनले जमानत पाएका थिए । तेलंगाना उच्च अदालतले अल्लु अर्जुनलाई पक्राउ गरेको केही घण्टामै अन्तरिम जमानत दिएको थियो। सुनुवाइका क्रममा कलाकारलाई स्वतन्त्रताको अधिकार रहेको पनि बताए । उनी एक अभिनेता भएकाले मात्रै उनलाई यो गर्न सकिँदैन ।
अल्लु अर्जुनले याचिकामा भनेका छन्– भागदौडका लागि म जिम्मेवार छैन
अल्लु अर्जुनले उच्च अदालतमा दायर गरेको निवेदनमा सन्ध्या थिएटरमा भएको भागदौडमा आफू जिम्मेवार नभएको बताएका छन् । उनले दुई दिन अगाडि नै प्रहरीलाई खबर गरेका थिए । निवेदनमा अभिनेताले आफूले थिएटर व्यवस्थापनसँग थप सुरक्षा मागेको तर प्रहरीले नदिएको पनि बताएका छन् ।
अल्लु अर्जुनका वकिलले के भने ?
तेलंगाना हाईकोर्टमा सुनुवाईका क्रममा अल्लु अर्जुनका वकिलले भनेका थिए कि पुलिसले दिएको निर्देशनमा अभिनेताको आगमनका कारण कसैको ज्यान जान सक्छ भन्ने केही पनि लेखिएको थिएन। सरकारी वकिलले अल्लु अर्जुनलाई थिएटरमा गएर केही अप्रिय घटना निम्तिन सक्छ भन्ने थाहा भएर पनि उनी त्यहाँ गएको आरोप लगाएका थिए ।
के हो ‘पुष्पा २’ को भागदौड ?
गत डिसेम्बर ४ मा अल्लु अर्जुन हैदराबादको सन्ध्या थिएटरमा पुग्दा उनलाई हेर्नको लागि मानिसहरुबीच भागदौड मच्चिएको थियो । अल्लु अर्जुन विनाजानकारी थिएटर पुगेको दाबी गरिएको थियो । भागदौडमा ३९ वर्षीया महिलाको मृत्यु भएको छ भने छोराको अवस्था गम्भीर छ । सोही घटनामा चिक्कडपल्ली प्रहरीले हालै थिएटर सञ्चालक, बालकनी सुपरभाइजर र थिएटर म्यानेजरलाई पक्राउ गरेको थियो ।