काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत् आज हुने खेलबाट थप एक टोली प्लेअपको दौडबाट बाहिरिने भएका छन् । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा आज विराटनगर र पोखराबीच खेल हुँदैछ । सो खेलमा पराजित हुने एउटा टोली प्लेअप दौडबाट बाहिरिने भएका हुन् । यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।
प्लेअप यात्राको सम्भावना कायमै राख्न दुवै टोलीले छुट्टाछुट्टै रणनीति बनाएका छन् । दुवै टोलीले नयाँ खेलाडीलाई मैदानमा भित्र्याउने योजना बनाएका छन् । अब बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन्। यी दुई टोलीले सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन। यस्तो अवस्थामा अन्य टोलीको नतिजा अनुकूल हुनपर्छ।
अन्तिमसम्म पनि प्लेअफको सम्भावना बचाइराख्न विराटनगरले यसबीच नयाँ खेलाडीसमेत भित्र्याएको छ। आज पोखराविरुद्ध विराटनगरले नेदरल्यान्ड्सका कप्तानसमेत रहेका स्कट एडवर्डसलाई पनि मैदान उतार्ने तयारी गरेको छ। यसअघिको खेलमा कर्णालीसँग झिनो रनले पराजित विराटनगरलाई प्लेअफ पुग्न कठिन बनेको हो।