काठमाडौं खबर मंसिर २८, २०८१
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ ।
आज (शुक्रबार) बिहान यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो।