काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिए । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न…
Author: Kathmandu Khabar
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज जनकपुर र सुदूरपश्चिमबीच खेल हुँदैछ । एनपीएलमै अहिलेसम्म अपराजित रहेको जनकपुर र एक खेल हारेको सुदूरपश्चिमबीच खेल हुन लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । यो खेलमा अर्को रोचक प्रसंग भनेको दुई क्रिकेट खेलाडी आरिफ र आसिफ शेख एकआपसमा भिड्दैछन् । विकेटकिपर ब्याटर आसिफ शेख जनकपुरका मार्की खेलाडी समेत हुन् । आरिफलाई सुदूरले अक्सनबाट अनुबन्ध गरेको थियो । घरमा दाजुभाई भएपनि मैदानमा फरक टिमबाट खेल्न लागेका हुन् । राष्ट्रिय टिममा पनि दुवैले एक साथ खेलेका छन्…
काठमाडौं । हिजोको तुलनामा आज पनि जाडो बढैको छ । पछिल्ला दिनहरूमा निरन्तर तापक्रम घट्दै जाँदा जाडो बढेको महसुस हुन थालेको हो । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने…
काठमाडौं । आज नेपाल प्रिमियर लिगअन्तर्गत् काठमाडौं र लुम्बिनीबीच खेल हुँदैछ । पाँच खेल खेलेर दुई अंक जोडेको लुम्बिनी र तीन खेल खेलेर दुई अंक जोडेर दुई अंक जोडेको काठमाडौंबीच प्लेअपमा जानका लागि जित्नै पर्ने संघर्षपूर्ण अवस्था छ । अंकतालिकामा काठमाण्डु ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ । त्यस्तै लुम्बिनी ५ खेलमा समान २ अंक भएपनि नेटरनरेटका आधारमा काठमाण्डुभन्दा एक स्थानमाथि पाँचौंमा छ । तर लुम्बिनीको भन्दा दुईवटा कम खेल खेलेको काठमाडौं लुम्बिनीको तुलनामा माथि नै रहेको छ । आजको खेलमा लुम्बिनीको लागि गर या मरको अवस्था रहेको छ । आजको खेल पराजित भएको खण्डमा लुम्बिनी प्लेअपमा जाने…
काठमाडौं । प्लेअपमा जाने सम्भावना करिब समाप्त भएपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो खेल जितेको छ । मंगलबार लुम्बिनी लायन्सले चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन मात्र जोड्न सक्यो । चितवनका लागि ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए । त्यस्तै, कप्तान कुशल मल्लले १७ बलमा…
काठमाडौं । सरकारले नेपाल र चीनबीचको ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोडको अप्रेसन’ सम्झौता सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा नेपाल र चीनबीच भएको बीआरआई सम्झौतामा भएका छ बुँदा उल्लेख गरिएको छ । सम्झौताका १२ पृष्ठमध्ये तीन पृष्ठमा बीआरआईअन्तर्गत अगाडि बढाइने १० वटा परियोजना राखिएको छ । अगाडि बढाउने परियोजनाको सूचीमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट रोड प्रोजेक्ट, किमाथांका–खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका…
काठमाडौं । अवहेलना मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउपछि अदालतलाई प्रभाव पार्ने गरी प्रदर्शन गरेकोविरुद्ध परेको मुद्दामा यस्तो फैसला गरेको हो । अवहेलनाको निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले यस्तो आदेश गरेको हो । न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उनीहरूसँग ‘लिखित जवाफ माग्ने’ आदेश गरेको हो । प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
काठमाडौं । काठमाडौंको चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका विभिन्न क्षेत्रमा चल्ने सात गाउँले जात्रा सुरु भएको छ । काठमाडौंको दक्षिणपश्चिम क्षेत्रका सात गाउँलाई समेटेर चल्ने यो जात्रा मच्छेगाउँ, बोसीगाउँ, ल्होखा, सतुङ्गल, पाँगा र नगाउँमा हुने गर्छ । सातगाउँले जात्रालाई नेपाल भाषामा बखुमद न्हय्गाँ भनिन्छ । काठमाण्डौको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । यही जात्राको अवसरमा चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि नगरपालिकाले पालिका बिदा दिएका छन् । नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको कीर्तिपुरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल र चन्द्रागिरिका नगरप्रवक्ता कृष्णप्रसाद खड्कीले जानकारी दिए । आज नै कीर्तिपुरमा इन्द्रायणी…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महाङ्काल मन्दिर परिसरमा चौघेरा सत्तलको पुनःनिर्माण सुरू गरेको छ । आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलले जग पूजा तथा शिलान्यास गरेर निर्माण कार्यको प्रारम्भ गरेकी हुन् । “काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ,” त्यस अवसरमा उपप्रमुख डङ्गोलले भनिन्, “प्राचीनता जोगाउन सबै पक्षबाट सहयोग र समन्वय हुने अपेक्षा गरेका छौँ ।” व्यक्तिलाई समस्या परे, भगवान्का शरणमा जाने गरिन्छ । भगवान् स्थलमा उतारचढाव नहोस् समयमा कार्य सम्पन्न गर्न आग्रह गर्दै उनले भनिन् । योजनाको लागतअनुमान रू १० करोड १० लाख ७९ हजार दुई सय ७९ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट रू १०…
काठमाडौं । आज काठमाडौंमा वर्षकै अत्यधिक चिसो महसुस गरिएको छ । सोमबार भएको हिमपात र हिउँदे वर्षापछि उपत्यकामा चिसोको मात्रा बढेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच डिग्रीको विन्दुमा झरेको हो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस छ। हिजो ६.४ डिग्री सेल्सियस थियो। यो वर्ष (२०८१) लागेयता काठमाडौँको न्यूनतम तापक्रम सबैभन्दा तल झरेको यही ५.६ डिग्री सेल्सियस हो। सो तापक्रम यसअघि यही मंसिर १९ गते पनि रेकर्ड भएको थियो ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएको छ । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९:१५ बजेदेखि सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १:१५ बजे आरम्भ हुनेछ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार व्यहोरेको चितवन राइनोजको ६ अङ्क छ । यस्तै, लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ । लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले,…
काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले नक्कली विद्यावारिधि देखाएर सहपरीक्षा नियन्त्रक बनेकालाई कारबाही गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई पत्र लेखेको छ । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिंदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको खुलेपछि संघले कारबाहीको माग गरेको हो । संघले सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिविका सावधिक पदमा भएको विज्ञापनका सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै विवादित सहपरीक्षा नियन्त्रक पदको नियुक्ति प्रक्रिया खारेज गरी मर्यादित विज्ञापन गर्न माग गरेको छ । यही विषयमा संघले उपकुलपतिको कार्यालयमा पनि ज्ञापनपत्र दर्ता गराएर उनीमाथि कारबाहीको माग गरेका हो । महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा…
काठमाडौं । यस साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव ८४ अङ्कले घटेर दुई हजार छ सय ७६ दशमलव १५ को विन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव…
काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । उनले पटकपटक नागरिकताको विवरण हेरफेर गरेको, त्यसबाट व्यक्तिगत लाभ लिएको र राहदानीमा समेत जालझेल गरेको अख्तियारको आरोप छ । अख्तियारले दिएको जानकारीअनुसार सिलवालले २४ फागुन २०३२ मा नागरिकताको प्रमाणपत्र लिएका थिए । पछि जिल्ला प्रशासन कार्यालयबाट २०६६ सालमा प्रतिलिपि लिँदा २२ कात्तिक २०१६ साल भनी जन्म मिति उल्लेख गरेका थिए । तर निजामती सेवा प्रवेश गर्दा नै उनले १५ साउन, २०१५ भनी जन्ममिति घोषणा गरेका थिए । सिटरोलका साथै त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्रमा समेत त्यही जन्म मिति…
काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् । ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सन् २०२३ को भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा छ । सीपीआईमा नेपाल ३५ अङ्कसहित एक सय आठौं स्थानमा छ । ५० भन्दा तल अङ्क हुनुलाई भ्रष्टाचार व्याप्त रहेको मुलुकका रुपमा बुझिने अध्यक्ष शर्माले बताए । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल देखिनु, कमजोर न्याय प्रणालीलगायत कारणलाई नेपालको कमजोरीका…
काठमाडौं । उपनिर्वाचनको समीक्षालगायत एजेण्डासहित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको बैठकमा उपनिर्वाचनको समीक्षासहित समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । बैठकले रिक्त रहेको गण्डकी प्रदेश सभा सदस्यको सिफारिसबारे निर्णय लिने एजेण्डा रहेको बताइएको छ ।
काठमाडौं । शंकरापुरमा तीब्र गतिमा सवारी चलाएर दुई जनाको ज्यान लिएका झाँक्री प्रकाश भुजेल कारागार चलान भएका छन् । सवारी ज्यान सम्बन्धी कसुरमा उनका वकिलले धरौटीमा छाडेर बाहिरबाटै मुद्दा लड्ने माग दाबी गरे पनि अदालतले पुर्पुक्षको लागि थुनामा पठाउने निर्णय गरेको हो । आइतबार जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर…
काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलारूपमा फोहोर बाल्न निषेध गरेको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले यो कानुनविपरीतको काम भन्दै यस्तो भएको देखिएमा कारबाही गर्ने चेतावनी समेत दिएको हो । महानगरपालिका क्षेत्रमा खुलारूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ । यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको सम्भावना रहेको देखाएको छ । आज देशका कतिपय स्थानमा हिउँदे वर्षा सुरु भइसकेको बताउँदै विभागले तर यसको सम्भावना कम भएको बताएको हो । आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ। यसैबीच आज काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। तर सम्भावना कम रहेको मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए।
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गरेको छ । प्रतियोगितामा सुदुरपश्चिमको यो पहिलो हार हो । यसअघि सुदूरपश्चिमले विराटनगर किङ्ग्स, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा चितवन राइनोजले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउदै एक सय ३१ रनमा समेटियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै सेफ जेबले ११ बलमा १८ रन जोडे भने विनोद…
काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शनिबार बुनपा ९ मा रहेको लोयल्टी स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । जसमा चिकित्सक परामर्श, सुगर, प्रेसर र मुटुको भिडियो एक्सरे (इको) तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जसमा करिब ५०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको जिसस उपप्रमुख शान्ति पाण्डेले जानकारी दिइन् ।
काठमाडौं । सनसनीपूर्ण खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले जितेको छ । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनीसँग रोमाञ्चक जित हात पारेको हो । अन्तिम बलमा जितका लागि दुई रन आवश्यक रहेको लुम्बिनीका सन्दिप जोराले सट हान्दा उनी क्याच आउट भएर लुम्बिनी पराजित भएको हो । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
काठमाडौं । सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको शनिबार बताएका छन् । सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ । विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति असदले राजधानी छाडेर भागेका छन् । विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दाबी गर्दै भनेका छन्, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।” यसअघि…
जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । त्यसो त मेलाको लागि भनेर स्थानीय विद्यालयहरुलाई शुक्रबारदेखि नै बन्द गरिएको थियो । यो हरेक पाँच–पाँच वर्षमा लाग्ने ठूलो मेलामध्येको एक हो । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ । दर्शनार्थीहरुको सहजताका लागि सुरक्षाकर्मी, स्वयंसेवक, पानी, बिजुली, शौचालय, पार्किङ, सीसी टिभी क्यामरा लगायतको व्यवस्था मिलाइएको छ ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा साधारणतयादेखि…
काठमाडौं । काठमाडौंमा जारी नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । जसअन्तर्गत आजको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ भने लुम्बिनी जितको खाता खोल्न चाहन्छ । सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकलाई ऋणको भारी बोकाएर परियोजना अघि बढ्न नदिने स्पष्ट पारेका छन् । कांग्रेस कोशी प्रदेशस्तरीय सम्मेलनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसले विदेशी ऋण लिएर परियोजना निर्माण गर्न नदिने बताएका हुन् । छिमेकी मुलुक चीनसँगको बीआरआई परियोजना लक्षित गर्दै अनुदानलाई प्रोत्साहन गर्ने भन्दै उनले यस्तो बताएका हुन् । बीआरआई कार्यान्वयन सम्झौताप्रति लक्षित गर्दै महामन्त्री थापाले भने, ‘यो सम्झौतालाई संसदमा पनि लगेर छलफल गरौं । भोलिका दिनमा ऋण लिएर कुनै पनि परियोजना बनाउन कांग्रेसले दिँदैन, यो कुरा म प्रस्ट रुपमा भन्न चाहन्छु र प्रत्येक कांग्रेसको सदस्यले यति भन्न सक्नुपर्छ । भोलि हामी सरकारमा…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो । कर्णालीको जितमा नन्दन यादवले चार ओभर बलिङ गर्ने क्रममा १९ रन खर्चेर तीन विकेट लिए । साथै विपीन यादवले दुई तथा सोमपाल कामी, विलियम वोसिस्टोले र उनिश ठकुरीले एक/एक विकेट लिए । विराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि…
काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू भएको छ । वर्षभरि प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी कार्यक्रम तथा रणनीतिबारे छलफल गर्नका लागि सम्मेलन सुरु भएको हो । कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्। सम्मेलनको बन्द सत्रमा प्रदेशभरबाट आएका प्रतिनिधिले कुरा राखेपछि विभिन्न निर्णय गर्दै सम्मेलन सकिन्छ। यसका लागि सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् ।
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ । सुदूरपश्चिमले दिएको १८८ रनको तार्केटमा लुम्बिनीले १४२ रन मात्रै बनाउन सक्यो । निर्धारित २० ओभरको खेलमा चार विकेटको क्षतिमा १८७ रन बनाएको सुदूरपश्चिमपछि ब्याटिङ गरेको लुम्बिनीले २० ओभरको क्षतिमा ९ विकेटको क्षति व्यहोरेको थियो । योसँगै लुम्बिनीले यो सिजनको खेलमा खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । आजको खेलमा टिमका कप्तान रोहित पौडेल चल्न नसक्दा सुरुवातमै लुम्बिनी दबाबमा परेको हो ।
