काठमाडौं खबर मंसिर २६, २०८१
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज जनकपुर र सुदूरपश्चिमबीच खेल हुँदैछ । एनपीएलमै अहिलेसम्म अपराजित रहेको जनकपुर र एक खेल हारेको सुदूरपश्चिमबीच खेल हुन लागेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।
यो खेलमा अर्को रोचक प्रसंग भनेको दुई क्रिकेट खेलाडी आरिफ र आसिफ शेख एकआपसमा भिड्दैछन् । विकेटकिपर ब्याटर आसिफ शेख जनकपुरका मार्की खेलाडी समेत हुन् । आरिफलाई सुदूरले अक्सनबाट अनुबन्ध गरेको थियो । घरमा दाजुभाई भएपनि मैदानमा फरक टिमबाट खेल्न लागेका हुन् ।
राष्ट्रिय टिममा पनि दुवैले एक साथ खेलेका छन् भने यसअघि प्रेन्चाइज क्रिकेटमै पनि उनीहरुले सँगै खेलेका छन् । तर अहिले पहिलोपटक एनपीएलमा भने आरिफ र आसिफ एक आपसमा प्रतिस्पर्धा गर्न मैदान उत्रिन लागेका हुन् ।