काठमाडौं खबर मंसिर २३, २०८१
काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँगको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शनिबार बुनपा ९ मा रहेको लोयल्टी स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । जसमा चिकित्सक परामर्श, सुगर, प्रेसर र मुटुको भिडियो एक्सरे (इको) तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
जसमा करिब ५०० भन्दा धेरैले स्वास्थ्य सेवा लिएको जिसस उपप्रमुख शान्ति पाण्डेले जानकारी दिइन् ।