काठमाडौं खबर मंसिर २२, २०८१
काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन शनिबारदेखि सुरू भएको छ । वर्षभरि प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी कार्यक्रम तथा रणनीतिबारे छलफल गर्नका लागि सम्मेलन सुरु भएको हो ।
कांग्रेसको विधानअनुसार प्रदेश सम्मेलन प्रत्येक वर्ष गर्नुपर्छ। अरू प्रदेशमा यसअघि नै सम्मेलन भइसकेका छन्।
सम्मेलनको बन्द सत्रमा प्रदेशभरबाट आएका प्रतिनिधिले कुरा राखेपछि विभिन्न निर्णय गर्दै सम्मेलन सकिन्छ। यसका लागि सभापति शेरबहादुर देउवा विराटनगर पुगिसकेका छन् ।