![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको सम्भावना रहेको देखाएको छ । आज देशका कतिपय स्थानमा हिउँदे वर्षा सुरु भइसकेको बताउँदै विभागले तर यसको सम्भावना कम भएको बताएको हो ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।
यसैबीच आज काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। तर सम्भावना कम रहेको मौसम महाशाखाका मौसमविद् राजु प्रधानांगले बताए।