काठमाडौं । लोयल्टी एकेडेमी र हिमालयन शेर्पा क्लबबीच एन्फा यू–१६ फुटबल प्रतियोगितामार्फत युवा फुटबल टोलीलाई प्रवर्द्धन गर्नेबारे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकेडेमीका अध्यक्ष विजय सम्बाहाम्फे र क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गरे । यस साझेदारीले युवा प्रतिभाको पहिचान र प्रोत्साहन गर्दै खेलकुदको उत्कृष्टता र खेलभावनालाई प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको जनाएको छ। प्रतियोगिताले १६ वर्ष मुनिकाका सहभागीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न, उच्च स्तरमा प्रतिस्पर्धा गर्न र व्यावसायिक वातावरणमा अनुभव हासिल गर्नको लागि एउटा सशक्त मञ्च उपलब्ध गराउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्। यो समझदारीले लोयल्टी एकेडेमी…
Author: Kathmandu Khabar
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको पहिलो खेल विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । पहिलो खेल शनिबार जनकपुरसँग पराजित भएको विराटनगर आज सुदूरपश्चिसँग जित निकाल्ने प्रयासमा छ भने सुदूरपश्चिम पहिलो खेलमा नै जित निकाल्ने दाउमा छ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेलमा जनकपुरसँग पराजित हुँदा विराटनगरका मार्टिन गुप्टिल एनपीएलको पहिलो संस्करणमा अर्धशतक हान्ने पहिलो खेलाडी बनेका थिए। न्युजिल्यान्डका उनले ३६ बलमा अर्धशतक पूरा गरेका थिए।
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा सोमबार काठमाडौं गुर्खाजलाई पराजित गरेको चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिमको कप्तानी दुई कुशल खेलाडीले गर्दैछन् । चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् भने पोखराको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ ।
काठमाडौं । यसअघि दुई वटा वडामा चुनाव जितेको नेपाली काँग्रेसले मेयर पदमा पनि विजय हासिल गरेको छ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले चुनाव जितेका हुन् । निकटतम प्रतिद्वन्द्वीले निरन्तर अग्रता बढाउँदै लगेका डंगोलले अन्तिममा 5334 मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका उम्मेदवार शिवशरण महर्जनले 4555 मत प्राप्त गरे । योसँगै काँग्रेसले कीर्तिपुरमा यसअघिदेखिको विरासत जोगाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारेको छ। सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुरले लगातार दोस्रो जित दर्ता गरेको हो । शनिबार विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको जनकपुरले सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई पनि ८ विकेटले नै पराजित गरेको हो।
काठमाडौं । काठमाडौं गुर्खाजका खेलाडीको ब्याटिङ राम्रो नचल्दा सोमबार भएको एनपीएलको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । आजको पहिलो र प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको हो । काठमाडौं गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । उनले ३१ बल खेल्ने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै लुक बेन्केनस्टाइनले २२, हसन इशाखिलले १२, कप्तान कुशल मल्लले ११ र रवि बोपराले ११ तथा शरद भेषवाकरले अविजित ११…
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको दुई वटा वडामा काँग्रेसले चुनाव जितेको छ । दुई वडा र मेयर पदको निर्वाचन भएको थियो । जसमा दुई वडाको मतपरिणाम आइसकेको छ भने मेयर पदको मतगणना चलिरहेको छ । मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलको अग्रता कायमै छ । डंगोलले २ हजार ४२१ मत प्राप्त गरेका छन् । उनी दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा ३६० मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ६१ मत प्राप्त गरेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७ सय ४२…
काठमाडौं । विसं २०७९ सालको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनको समयमा धेरैतिर नयाँ दलको खहरेजस्तै भेलले धेरै क्षेत्रमा पुराना दलका नेताहरूलाई चुनौती थपिइरहेको थियो । सोही समयमा पनि काँग्रेस महामन्त्री गगन थापा भने आफ्नो क्षेत्रका मतदाताप्रति ढुक्क थिए । पार्टीमा होस् या राष्ट्रिय राजनीतिमा जतात्यतैबाट प्रहार खेप्दै आएका थापाका लागि आफ्नो क्षेत्र भने एउटा आत्मीयताले भरिएको क्षेत्र थियो र यस क्षेत्रका मतदातालाई उनले अरु वैकल्पिक शक्तिको आश गर्नुपर्ने बनाउनु परेको थिएन । यही चुनावी अभियानकै क्रममा बुढानीलकण्ठ नगरपालिकाको वडा नं १०, ११ र १२ का करिब ११ सय परिवारलाई खानेपानीको समस्या रहेको काठमाडौंको कपनको जोरधारा क्षेत्रमा खानेपानीको समस्या समाधान गर्ने…
काठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमलाई छाडेर निजी स्वामित्वको हिमालयन एयरलाइन्सको विमान चार्टर गरेर प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदैछन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीन उड्न लागेका प्रधानमन्त्री ओली दिउँसो ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङका लागि उडान भर्दैछन् । बिहान ११ बजे हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रस्थान गर्ने ओली स्थानीय समयअनुसार साँझ ६:१० बजे चीनको राजधानी बेइजिङ पुग्नेछन् । भ्रमणका क्रममा मंसिर १८ गते चिनियाँ समकक्षी छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्नेछन् । तत्पश्चात् दुईपक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । सोही दिन प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनफङलाई भेट गर्नेछन् ।…
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग(एनपिएल) मा सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल बिहान ९ः१५ बजे काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । चितवन युवा खेलाडी कुशल मल्ल र काठमाडौं अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रनेछ । त्यस्तै, दोस्रो खेल दिउँसो १:१५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश…
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । अघिल्लो स्थानीय तहको निर्वाचनपछि उदाएको यो पार्टीको स्थानीय तहमा पहिलो जीत हो । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । यो वडामा चुनाव जितेको रास्वपाको यसबाहेकका उसले उम्मेदवार उठाएको वडामा कति मत आयो त ? हेर्नुहोस् । तेह्रथुमको लालीगुरास नगरपालिका काँग्रेसले ४४० मतले चुनाव जित्दा रास्वपा उम्मेदवारको ३८ मत आएको छ । त्यस्तै, गढी गाउँपालिका वडा नं ६, सुनसरीमा काँग्रेसले ८१६ मत ल्याएर चुनाव जित्दा पाँचौं स्थानमा रहेको रास्वपाले ३३ मत ल्याएको…
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म एक पालिका प्रमुखसहित २८ ठाउँको नतिजा आएको छ । जसमध्ये नेपाली काँग्रेसले १५ ठाउँमा चुनाव जितेको छ भने एमालेले एक पालिका प्रमुखसहित ६ ठाउँमा चुनाव जितेको छ । नेपाली काँग्रेसले चुनाव जितेका उम्मेदवारहरूको सूची निम्नानुसार रहेको छ। अर्जुन प्रसाद तिवारी वडा अध्यक्ष हेटौडा उपमहानगरपालिका १२ आनन्द श्रेष्ठ वडा अध्यक्ष मुसिकोट नगरपालिका १ प्रकाश चन्द वडा अध्यक्ष भीमदत्त नगरपालिका ६ अमिन थारु वडा अध्यक्ष ठाकुरबाबा नगरपालिका ४ तेतर साहु वडा अध्यक्ष गढी गाउँपालिका ६ समसे आलम वडा अध्यक्ष राजपुर नगरपालिका ६ धिरेन्द्र पुजारा वडा अध्यक्ष सूर्मा गाउँपालिका ४ भुपमणी…
काठमाडौं । स्थानीय तहको उपनिर्वाचनअन्तर्गत् कीर्तिपुर र काठमाडौं १६ मा मतगणना सुरु भएको छ । काठमाडौंको चार स्थानका लागि भएको निर्वाचनमध्ये सबैतिर निर्वाचन सुरु भएको हो । राति करिब १० बजेतिर मतगणना सुरु भएको हो । काठमाडौं १६ मा कुल १० हजार पाँच सय मत खसेको छ। त्यस्तै, कीर्तिपुर नगरपालिकामा सुरुमा वडा नम्बर १ बाट गणना गरिनेछ । वडा नम्बर १ मा मेयरको गणना गरेपछि वडाध्यक्षको गणना हुनेछ। त्यसपछि ४ नम्बर वडामा मेयरको मतगणना गरेपछि वडाध्यक्षको गणना गर्ने सहमति जुटेको छ।
काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको निर्वाचनमा करिब ६२ प्रतिशत मत खसेको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा दुई लाख २६ हजार सात सय ९९ मतदाता रहेकामा हालसम्मको प्राप्त विवरणअनुसार करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् । उपनिर्वाचनमा नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ पदका लागि आज मतदान भएको हो । उपनिर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दल दर्ता भएकामा २० राजनीतिक दलका तर्फबाट उम्मेदवारी परेको थियो । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म…
काठमाडौं । विभिन्न ४१ स्थानमा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । धेरै स्थानमा मतगणना सुरु हुन थालेको छ । काठमाडौंमा भएको चार पदको निर्वाचनमा मतदान सकिएको छ । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्ष एवं काठमाडौं १६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणनाको तयारी तीब्र भएको छ । कीर्तिपुरमा आजै मतगणना सुरु गर्ने तयारी गरिए पनि सर्वदलीय बैठकले भोलि मात्रै मतगणना गर्ने निर्णय गरेको छ । मतदानस्थलबाट उपनिर्वाचनको मतपेटिका ल्याइसकिएको र सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत कमल पोखरेलले जानकारी दिए । ‘१० वटै वडाबाट मतपेटिका ल्याइसकिएको छ । यसपछि खाना खाएर गणना सुरु हुन्छ’, उनले भने । उनका…
काठमाडौं । नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ । नेपालले दिएको ९५ रनको सामान्य लक्ष्य पाकिस्तानले पाँच दशमलव तीन ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विभिन्न छ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग समान १० विकेटले पराजित भएको थियो । त्यसैगरी नेपाल श्रीलङ्कासँग ७० र बङ्गलादेशसँग ६७ रनले पराजित भएको थियो भने अफगानिस्तालाई…
काठमाडौं । निर्वाचन आयोगले आज जारी रहेको उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । साथै, समयसमयमा मतगणनाको अपडेट वेभसाइटबाट दिइने पनि आयोगले जनाएको छ । आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । काठमाडौं । काठमाडौंका चारसहित देशभरका कुल ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । काठमाडौंमा कीर्तिपुर नगरपालिकाका प्रमुखसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं १६का वडाध्यक्ष पदका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ ।
काठमाडौं । दृष्टिविहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्दै नेपालले इतिहास रचेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो । लिग चरणमा श्रीलङ्का, बङ्गलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो । नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलङ्कासँग ७० रनले, बङ्गलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पाकिस्तानमा…
काठमाडौं । काठमाडौंका चारसहित देशभरका कुल ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । काठमाडौंमा कीर्तिपुर नगरपालिकाका प्रमुखसहित दुई वडाध्यक्ष र काठमाडौं महानगरपालिका वडा नं १६का वडाध्यक्ष पदका लागि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । काठमाडौंका चारमध्ये चारै निर्वाचन क्षेत्र अघिल्लो पटक नेपाली काँग्रेसले चुनाव जितेको क्षेत्र हो । तर यी क्षेत्रहरूमा सबै दलहरूले आ-आफ्ना उम्मेदवार जिताउन लागि परेका छन् भने नयाँ र पुराना दलहरू यी क्षेत्रलाई प्रतिष्ठाको लडाइँको रूपमा लिएर चुनावी प्रचारमा लागेका छन् । आज देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू अराजक बन्दा रंगशालामा सामान्य दुर्घटना भएको छ । गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् । जबरजस्ती गेटबाट भित्र छिर्न खोजेपछि प्रहरीले रोक्न लाग्दा धकेलाधकेल भएको हो । काठमाडौं प्रहरी परिसरका अनुसार दुई प्रहरी जवानसहित सात जना घाइते भएका हुन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको वीर अस्पताल, टिचिङ अस्पताललगायतमा घाइतेहरूको उपचार भइरहेको छ ।
काठमाडौं । बसको ढोकाबाट खसेर आज दुई जनाको मृत्यु भएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले…
काठमाडौं । नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिगअन्तर्गत् आजको उद्घाटन खेलमा विराटनगर किङ्सले खराब प्रदर्शन गरेको छ । उसको खराब प्रदर्शनका कारण उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले आठ विकेटले विराटनगरलाई हराएको छ । टस हारेर पहिला ब्यटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनाएको थियो एक सय २८ रनको विजयी लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव तीन ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । जनकपुर बोल्ट्सका लागि विदेशी खेलाडी लाहिरु मिलन्थाले अर्धशतक पारी खेले । उनले ५३ बल खेल्दै नौ चौका र तीन…
काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुरमा माओवादीका उम्मेदवारसहित छ जना र काठमाडौं १६ मा रास्वपाकी उम्मेदवारसहित ४ जनालाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै कीर्तिपुर नगरपालिकाका माओवादीका उम्मेदवार शिवशरण महर्जनसहित ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । जसमा धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका मेयरका उम्मेदवार राजमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । त्यस्तै, काठमाडौं महानगरपालिका १६ मा वडाध्यक्षका चार जना उम्मेदवारलाई पनि स्पष्टीकरण सोधिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रोजिना श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मिनबहादुर मानन्धर, स्वतन्त्र उम्मेदवार पशुपती कठायत र सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको हो ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ । ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटमा त्रिविका विद्यार्थीलाई आधा छुट दिने भएको छ । क्यानले सार्वजनिक गरेको टिकट दरमा उद्घाटन, फाइनल र बीचको खेलको लागि छुट्टाछुट्टै दररेट कायम गरिएको छ । ती सबै खेलमा त्रिविका विद्यार्थीलाई आधा छुट दिएको हो । मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर गत सार्वजनिक गरेको हो । जसमा सबै खेल हेर्नका लागि सिजनल पासको रूपमा ४४८० रुपैयाँ तोकिएको छ यही पास भीआईपीको लागि भने आठ हजार दुई सय ४० कायम गरेको छ । जुन सबै खेलको समग्र टिकटदरको २० प्रतिशत सस्तो हो । उद्घाटन खेलका लागि साधारणतर्फ तीन…
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने सो खेलमा आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । विश्व चर्चित खेलाडीको आगमनले निकै चर्चा पाएको यो खेल आगामी पुस ६ गतेसम्म सञ्चालन हुनेछ । जसमा कुल आठ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । यसका लागि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान दुलहीझैँ सिङ्गारिएको छ । त्रिवि मैदानमा पहिलोपटक दर्शकका लागि ‘डिजिटल स्कोर बोर्ड’ जडान गरिएको छ । यसले खेलाडी टिम र खेलप्रेमी दर्शकलाई त्रिवि मैदानमा ठूलो स्क्रिनमा खेलको स्कोर र अपडेट हेर्न…
काठमाडौं । आज मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृहरूको सम्झनामा शतबीज छरिएको छ । देशभरका विभिन्न शिवालयहरूमा रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको थियो । यस अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर,…
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र औँसीका दिन पशुपतिनाथमा प्रदर्शन गरिने नाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष आज बिहान देखाइएको छ । गत एक वर्षसम्म पशुपतिनाथ मन्दिरको माथिल्लो तलामा यी सामग्री सुरक्षित राखिएको भनी आज देखाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मार्ग शीर्ष कृष्ण औँसीका अवसरमा यही मङ्सिर १६ गते बिहान पनि अर्को वर्षका लागि सुरक्षित राखिँदै छ भनी आममानिसलाई देखाउने परम्पराअनुसार यो देखाउने कार्यक्रम रहेको उनले बताए । पशुपति क्षेत्रमा पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष हेर्न हजारौँ भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तिसपुतलीबाट पशुपतिनाथको…
काठमाडौं । आफूलाई भारतीय आपराधिक समूह लरेन्स बिश्नोईको समूह सदस्य भन्दै व्यवसायीलाई धम्की दिने व्यक्ति दुर्गा प्रसाईंको समूहको रहेको भेटिएको छ । भारतीय नम्बरबाट फोन तथा म्यासेज पठाएर व्यवसायीलाई आतङ्कित पारी आपराधिक लाभ लिन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘भारतीय आपराधिक समूह’ को सदस्य भएको भनी व्यवसायीलाई धम्क्याउने झापाको मेचीनगर नगरपालिका–१३ चारआली बस्ने ३६ वर्षीय नवीन प्रधान भन्ने हरिचन्द्र फुँयाललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंको निर्देशनमा उनले भारतीय आपराधिक समूहको नामबाट व्यवसायीलाई धम्की दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । फुँयाल…
काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकासँग पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको थियो । नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएर नेपाल पराजित भएको हो । खेलमा नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरेका छन् ।
