काठमाडौं खबर मंसिर १८, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत आज चितवन र पोखराबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा हुन लागेको खेलमा सोमबार काठमाडौं गुर्खाजलाई पराजित गरेको चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै टिमको कप्तानी दुई कुशल खेलाडीले गर्दैछन् । चितवनको कप्तानी कुशल मल्लले गरिरहेका छन् भने पोखराको कप्तानी कुशल भुर्तेलले गर्दैछन् । चितवनले पहिलो खेलको जितको लयलाई निरन्तरता दिन चाहनेछ भने पहिलो खेल खेल्न लागेको पोखरा सुखद सुरूवात गर्ने दाउमा हुनेछ ।