काठमाडौं खबर मंसिर १४, २०८१
काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकासँग पराजित भएको छ । आज भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो ।
यूएईको शारजाह क्रिकेट स्टेडियममा नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको थियो । नेपालले ४६ ओभरमा ९ विकेट गुमाएर १७८ रन मात्र बनाएर नेपाल पराजित भएको हो ।
खेलमा नेपालका मायन यादवले सर्वाधिक ६१ रनको योगदान गरेका छन् ।