काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झरेको छ । आइतबार नै ८ डिग्रीको विन्दुमा झरेको तापक्रम सोमबार झनै घटेको मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले हरेक बिहान जारी गर्ने सूचनाअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो । हिजो आइतबार यो तापक्रम ८.२ डिग्री सेल्सियस थियो । मौसमविद्का अनुसार अहिले देशैभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
Author: Kathmandu Khabar
काठमाडौं । वायु प्रदूषणले अस्वस्थताको तह पार गरेपछि सरकारले अस्वस्थ, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई बिहान बाहिर ननिस्किनआग्रह गरेको छ । साथै, प्रदूषणमा सहयोग गर्ने ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन पनि विभागले आग्रह गरेको छ । विभागका अनुसार आज बिहान ७ बजे काठमाडौंको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १५१ पुगेको छ । यो अस्वस्थकर अवस्था हो । वायु गुणस्तर सूचकांक शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि १५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव…
काठमाडौं । यही मंसिर १६ गतेदेखि हुने उपनिर्वाचनमा तोकिएभन्दा बढी सवारी प्रयोग गरे निर्वाचन आयोगले जफत गर्ने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो । स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन प्रचारप्रसारको अवधि सुरु भई राजनीतिक दल तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसार भइरहेको उल्लेख गर्दै आचारसंहिता पालना गर्न/गराउन राजनीतिक दल, उम्मेदवार र सम्बन्धित निकायलाई निर्देशन दिइएको स्मरण गराएको छ । ‘सवारी साधनमा लाउड स्पिकरको प्रयोग गरी…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन् । अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको रु ५० हजारमा मन्त्रालयले रु २५ हजार थप गरेर रु ७५ हजार पुर्याएको छ । उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नेगरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा…
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । आइतबार पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गरेको कांग्रेसले विज्ञप्तिमार्फत् जनाएको छ कांग्रेसको विधानअनुसार १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । सभापतिले मनोनयन गर्ने कोषाध्यक्ष पद भने कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको लामो समयसम्म पद रिक्त थियो । शिक्षा व्यवसायी समेत रहेका श्रेष्ठ पूर्व राज्यमन्त्री समेत हुन् ।
काठमाडौं । काठमाडौंको सिनामंगलमा एक दम्पती मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित एक होटलमा युवा र युवती एकैठाउँमा मृत भेटिएका छन् । परशुराम आचार्यको पाँचतले घरमा खोटाङका रामजी कटुवालले सञ्चालन गरेको होटल जन्मभूमिमा आज उनीहरू एकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनीका अनुसार सुनसरीका अन्दाजी ३४ वर्षीय रमेश माझी र पासपोर्टबाट नाम खुल्न आएको मोरङकी वर्ष अन्दाजी २९ की शर्मिलाकुमारी माझी उक्त होटलको कोठा नम्बर १२० को अगाडि बरन्डाको रेलिङमा सेतो कपडाको सलले पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् । उनीहरू शनिबार बेलुकी अन्दाजी १८:४५ बजेको समयमा…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पाँचौं पटक झनै १५ दिनका लागि म्याद थप गरिएको छ । चौथो पटक १३ दिनका लागि म्याद थपिएको लामिछानेलाई पाँचौं पटक १५ दिनका लागि म्याद थपिएको हो । लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए। गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा (कास्की) लगिएका लामिछानेलाई हिरासतमा राख्न अदालतले चौथोपटक कात्तिक २५ गते थपेको १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो। गोर्खा मिडिया नेटवर्कले रवि लामिछानेको हस्ताक्षरसहित सुप्रिम सहकारीलाई गरेको भुक्तानीको चेक फेला पारेको पनि प्रहरीले जनाएको छ ।
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरेको छ । यो तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक विजय’ भएको बताएका छन् । यद्यपि झारखण्डमा भने बिजेपीको विपक्षी इन्डिया गठबन्धनले चुनाव जितेको छ । महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २२९ सिटमा जित हासिल गरेको छ । विपक्षी गडबन्धन महाविकास अघाडीले ५१ सिटमा जित हासिल गरेको छ । यो भनेको कुल सिट संख्याको करिब ८० प्रतिशत हो । त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम…
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक बत्तीको करिब दुई अर्ब रुपैयाँ बक्यौता रहेको पाइएको छ । महानगरपालिकासहित विभिन्न स्थानीय तहले सडकबत्तीबापतको बक्यौता रकम नेपाल विद्युत् प्राधिकरणलाई नतिरेको भए पनि सबैभन्दा धेरै बक्यौता काठमाडौं महानगरपालिकाको रहेको देखिएको हो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनभन्दा अघिदेखिका सडकबत्तीबापतको बक्यौता रकम स्थानीय तहले प्राधिकरणलाई नतिरेको देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्ममा ३३८ वटा स्थानीय तहले कुल छ अर्ब ९३ करोड ८३ लाख ४३ हजार ७६९ रुपियाँ प्राधिकरणलाई तिर्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्थानीय तहले जनप्रतिनिधि आउनुभन्दा अघिदेखिको सडकबत्तीबापतको बक्यौता रकम तिर्न बाँकी रहेको बताए…
काठमाडौं । गगन थापाको सचिवालय अर्थात् सांसदको कार्यालयले छैठौं फाइनान्सियल फ्रन्टियर स्किल अप अभियान सम्पन्न गरेको छ । शनिबार दिउँसो १ बजेदेखि बागबजारस्थित न्हुँज पार्टी भेन्युमा सुरु भएको सो कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सांसदको कार्यालयले निरन्तर संचालन गरिरहेको स्किलअप क्याम्पियनको छैटौं सत्रमा सहभागीले सबैलाई चाहिने वित्तीय ज्ञान र व्यक्तिगत वित्तको व्यवस्थापनसँग सम्बन्धित सिप र ज्ञानका विषयमा ट्रेनिङ लिएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य थापाले जानकारी दिए । उनले यो अभियानअन्तर्गत् अर्को महिना अर्को कार्यक्रम गर्ने थापाले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अर्को स्किल अप क्याम्पियनपछि अर्को अत्यावश्यक सिप सिकाउने गरी अर्को…
काठमाडौं । करिब एक वर्षदेखि अध्यक्षविहीन भएको धितोपत्र बोर्डको अध्यक्ष पदका लागि अन्तर्वार्ता हुँदैछ । मन्त्रालयमा बिहान ८ बजेदेखि सुरु हुन लागेको अन्तर्वार्तामा अन्तिम नामावली प्रकाशन भएका तीन जनाको अन्तर्वार्ता हुने भएको छ । अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की सहभागी छन् । अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो। २०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन भएको बोर्डमा अहिलेसम्म पनि पटकपटकको विवादका कारण अध्यक्ष नियुक्ति हुन सकेको छैन । मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा…
काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए । त्यसरी बिक्री…
काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभएको छ । उनका अनुसार गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका–१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी दक्षिणकाली नगरपालिका–६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती…
काठमाडौं । भोलि अर्थात् मंसिर ९ गतेदेखि धरहरा खुला हुने भएको छ । गत असोज ३ गतेदेखि अस्थायी रूपमा खुला भएको धरहरा अहिले पनि परीक्षणकै रूपमा खुला गर्न लागिएको हो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार शुल्क निर्धारण गर्न सहरी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने छ । मन्त्रालयले राखेको उक्त प्रस्ताव गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । सोही बमोजिम यो शुल्क तयार…
काठमाडौं । मुलुकमा विद्यमान आर्थिक समस्या समाधानका लागि नेपाली काँग्रेसले सुझाव संकलन गरेको छ । कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको हो । कांग्रेस संसदीय दलले आज छलफल कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री, पूर्वअर्थराज्यमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका संस्थाका प्रमुख तथा प्रतिनिधि र अर्थ विज्ञहरूसँग छलफल गरेको हो । कार्यक्रममा प्राप्त सुझावहरूलाई कांग्रेस संसदीय दलको आगामी बैठकबाट पारित गरी सोको कार्यान्वयनका लागि नेपाल सरकारलाई सुझावसहित अनुरोध गरिने दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।…
काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै दुई सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो । गत असोज १० गतेदेखि कामपाले सुरु गरेको पर्वलक्षित अनुगमनमा चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको कामपाले जनाएको छ । एक सय ३३ वटामा म्याद सकिएका वस्तु भेटिएका छन् भने तीन सय ११ वटामा मूल्य सूची फेला नपरेको, दुई सय व्यवसाय दर्ता नगराई सञ्चालन भएको पाइएको कामपाको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । उनका अनुसार अनुगमन गरिएका पसलमध्ये चार सय ३८ किराना,…
काठमाडौं । नेकपा एमालेले बालेन एमालेविरुद्ध परिचालित भएको आरोप लगाएको छ । शुक्रबार दरबारमार्गमा आयोजना भएको जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेविरुद्ध एक लाख जरिवाना तोकेर पत्र लेखेको थियो । त्यसबाट आक्रोशित नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ‘एमालेविरुद्ध परिचालित भएको’ गम्भीर आरोप लगाएका हुन्। शुक्रबार महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछाले शुक्रबार साँझ एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको’ पत्र एमाले केन्द्रीय कार्यालयमा पठाएका थिए। पोखरेलले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाट भइरहेको र त्यो…
काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो । चरम विवादका बीच सरकारको नेतृत्व गरिरहेको दल एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए। मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो। तर उसको यो शक्ति प्रदर्शनले जनतालाई सास्ती भन्दा केही भएन । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध…
काठमाडौं । सरकारले विभिन्न पदमा नियुक्तिदेखि धरहरा खोल्नेसम्मको निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले यस्तो निर्णय गरेको हो । सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ। ञ्चार तथा सूचना प्रविधि मन्त्रलायले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ) राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसङ्घ) र कमलेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श) सदस्य थप गरिएको जानकारी दिए। अन्य निर्णयहरू यस्ता छन् ।…
काठमाडौं । जागरणसभाको नाममा दरबारमार्गको सडकमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई जरिबाना तिराएको छ । शुक्रबार एमालेले गरेको कार्यक्रम सकिएपछि पनि फोहोर व्यवस्थापन नगरेको भन्दै बालेनले एमालेलाई कारबाही गरेको हो । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले केन्द्रीय कार्यालयको नाममा लेखेको पत्रमा ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ विपरीत फोहोर गरेको भन्दै सोही ऐनबमोजिम एक लाख जरिवाना गरिएको’ उल्लेख गरिएको छ । आज काठमाडौं महानगरपालिका वडा नं १ मा पर्ने दरवारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्दा आम मानिसलाई सास्ती भएको थियो । आफैँले सरकारको नेतृत्व गर्दा पनि आफैँले सडक प्रदर्शन गरेपछि एमाले आलोचित बन्दै…
मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र बेलायतका सैन्य संरचनालाई निशाना बनाउने धम्की दिएका छन् । युक्रेनले रुसमा अमेरिकी र बेलायती मिसाइल प्रहार गरेपछि रुसी राष्ट्रपतिको धम्की आएको हो । टेलिभिजन सम्बोधनका क्रममा पुटिनले पश्चिमी देशहरूमाथि प्रत्यक्ष हमला गर्ने धम्की दिएका थिए । पुटिनले बिहीबार युक्रेनमा आक्रमण गर्दा आफ्नो देशले मध्यवर्ती दूरीको नयाँ मिसाइल परीक्षण गरेको बताएका छन्। युक्रेनले ATACMS र Storm Shadow मिसाइलहरूको प्रयोगको जवाफमा बेलायत र संयुक्त राज्य अमेरिकाभित्र रहेका सैन्य सुविधाहरू रुसी सेनाका लागि वैध लक्ष्य बन्न सक्ने पुटिनले बताए। यद्यपि, उनले यी देशहरूको प्रत्यक्ष नाम भने भनेनन् । ‘रूसले आफूलाई रुसको विरुद्धमा हतियार प्रयोग…
काठमाडौं । आज छुट्टाछुट्टै जनप्रदर्शनले काठमाडौंको सवारी व्यवस्थापन अस्तव्यस्त बन्ने देखिएको छ । छुट्टाछुट्टै समूहले काठमाडौंको नारायणहिटी, माइतीघर र कोटेश्वरमा प्रदर्शन गर्दैछन् । सत्तारुढ नेकपा (एमाले) ले काठमाडौंको दरबारमार्गमा आज ‘जागरणसभा’ गर्दैछ । एमालेले सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएपनि पछि दरबारमार्गमा आयोजना हुने गरी सभास्थल सारेको थियो । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जागरणसभामा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर दरबारमार्गमा पुग्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सामाजिक सद्भाव, सुशासन, समृद्धि तथा विकासको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको एमालेले जनाएको छ । त्यस्तै, दिउँसो नै सहकारीमा बचत…
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले क्लबहरूको बक्यौता नदिई सहिद स्मारक बि डिभिजन लिग गर्ने तयारी गरेको छ । बक्यौता बाँकी राखेर गरिएको यो निर्णयले लिग हुनेमा नै आशंका पैदा गरेको छ । बि डिभिजन लिग आयोजनासम्बन्धी छलफल गर्न बिहीबार एन्फाले मुख्यालयमा बैठक डाकेको थियो । उक्त बैठकमा १४ क्लबमध्ये प्लानिङ व्वाईजको अध्यक्ष दावा लामा, श्रीकुमारी क्लबको अध्यक्ष नकुल हमाल ठकुरी र बाँसबारी क्लबको सचिव रमेश कार्कीको उपस्थिति रहेको थियो । तीनमध्ये दुई जना हालै ताजकिस्तानमा मैत्रीपूर्ण फुटबल खेल्न गएको राष्ट्रिय टिमको व्यवस्थापक हुन् । क्लबको माग सम्बोधन र पर्याप्त छलफल नै नगरी एक पक्षीयरुपमा लिग गर्ने निर्णयप्रति हुकुमी…
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले काठमाडौंको दरबारमार्गमा आज ‘जागरणसभा’ गर्दैछ । एमालेले सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएपनि पछि दरबारमार्गमा आयोजना हुने गरी सभास्थल सारेको थियो । सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जागरणसभामा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट र्याली निकालेर दरबारमार्गमा पुग्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । सामाजिक सद्भाव, सुशासन, समृद्धि तथा विकासको पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको एमालेले जनाएको छ । जागरण सभाको संयोजक कैलाश ढुङ्गेलले पाएका छन् । यसअघिका संयोजक राजन भट्टराई आईसीएपीपीको १२ औँ अधिवेशनमा सहभागी हुने कम्बोडिया उडेपछि ढुंगेलले जिम्मेवारी दिइएको हो । त्यसो…
काठमाडौं । नेपाली कांग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको शङ्कर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, रााष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारीलगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।
काठमाडौं । आजदेखि काठमाडौंमा साउन एसिया फिल्म महोत्सव सुरु हुने भएको छ । बिहान ९ बजेदेखि ललितपुरको यलमाया केन्द्रमा चारदिने महोत्सवको सुरुवात हुन लागेको हो । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा हुन लागेको यो महोत्सवको चौथौ संस्करण हो । यसमा विभिन्न ९ देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिने बताइएको छ । महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायतका नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा पहिलो दिन तीनवटा हलमा विद्यार्थीहरुद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गर्ने तयारी रहेको छ ।
काठमाडौं । गएराति मध्यरातमा ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सट भएर भएको आगलागीमा जुम्बा डान्ससेन्टर, डगेरा फार्मेसी, पान पसल र मःम पसलसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। मध्यराति नै काठमाडौँका तीन र ललितपुरका दुई गरी पाँच वटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइएको पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं । बुधबारको तुलनामा बिहीबारको न्यूनतम तापक्रम थोरै बढेको छ । हिजो ९.२ डिग्री रहेको तापक्रम आज भने ९.५ पुगेको छ । धेरै चिसो हुने बिहानको तापक्रम केही बढेको भए पनि बिहान चिसोको अनुभूतिमा भने खासै फरक देखिँदैन । आज बिहान ५:४५ को मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको हो। न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ।
काठमाडौं । अहिले रसिया र युक्रेनबीचको युद्ध चरम अवस्थामा पुगेको छ । अमेरिकापछि बेलायतले दिएको लामो दूरी हान्न सक्ने क्षमताको मिसाइल युक्रेनले रसियामाथि प्रहार गरेसँगै यो तनाव झनै चरम अवस्थामा पुगेको हो । अमेरिकी राष्ट्रपति जो बाइडनले ग्रिन सिग्नल दिएपछि युक्रेनले पहिलो पटक यही मंगलबार रुसमाथि एटीए सीएमएस क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनापछि आक्रोशित रुसले परमाणु हतियार प्रयोगसम्बन्धी आफ्नो सिद्धान्तमा मात्रै परिवर्तन गरेन कि युक्रेनी राजधानी किएभमाथि भिषण प्रहार गर्ने धम्की पनि दियो । यही धम्कीलाई ध्यानमा राख्दै अमेरिका लगायतका केही पश्चिमा देशले बुधबार किएभस्थित आफ्ना दूतावास अस्थायी रुपमा बन्द समेत गरेका छन् । युक्रेनले बेलायतले दिएको स्टोर्म…
धनगढी। ओखलढुंगापछि कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा पनि काँग्रेकोउम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि नै ओखलढुंगाको जिसस प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका थिए । यसअघि उम्मेदवारी दर्ताको समयमा नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले बुधबार उम्मेदवारी फिर्ता लिएकी छन् । डगौराको उम्मेदवारी फिर्तापछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
