काठमाडौं खबर मंसिर ५, २०८१
धनगढी। ओखलढुंगापछि कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा पनि काँग्रेकोउम्मेदवार निर्विरोध निर्वाचित भएकी छन् । कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । यसअघि नै ओखलढुंगाको जिसस प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका थिए ।
यसअघि उम्मेदवारी दर्ताको समयमा नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले बुधबार उम्मेदवारी फिर्ता लिएकी छन् । डगौराको उम्मेदवारी फिर्तापछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।