काठमाडौं । गगन थापाको सचिवालय अर्थात् सांसदको कार्यालयले छैठौं फाइनान्सियल फ्रन्टियर स्किल अप अभियान सम्पन्न गरेको छ । शनिबार दिउँसो १ बजेदेखि बागबजारस्थित न्हुँज पार्टी भेन्युमा सुरु भएको सो कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सांसदको कार्यालयले निरन्तर संचालन गरिरहेको स्किलअप क्याम्पियनको छैटौं सत्रमा सहभागीले सबैलाई चाहिने वित्तीय ज्ञान र व्यक्तिगत वित्तको व्यवस्थापनसँग सम्बन्धित सिप र ज्ञानका विषयमा ट्रेनिङ लिएको नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य थापाले जानकारी दिए ।
उनले यो अभियानअन्तर्गत् अर्को महिना अर्को कार्यक्रम गर्ने थापाले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘अर्को स्किल अप क्याम्पियनपछि अर्को अत्यावश्यक सिप सिकाउने गरी अर्को महिना निरन्तर संचालन गर्नेछौं। सबै जना तयार रहनुहोला…’