काठमाडौं खबर मंसिर १०, २०८१
काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्रीमा झरेको छ । आइतबार नै ८ डिग्रीको विन्दुमा झरेको तापक्रम सोमबार झनै घटेको मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हरेक बिहान जारी गर्ने सूचनाअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको हो । हिजो आइतबार यो तापक्रम ८.२ डिग्री सेल्सियस थियो ।
मौसमविद्का अनुसार अहिले देशैभर तापक्रम घट्दो र चिसो बढ्दो छ।