Author: Kathmandu Khabar

काठमाडौं । बुढानीलकण्ठमा ‘प्रथम देवी स्पोर्ट्स हाउस भेट्रान कप २०८१ आयोजना हुने भएको छ । देवी स्पोर्ट्स हाउसद्वारा आयोजित सो कार्यक्रमबारे बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जानकारी गराइएको थियो । यही मंसिर २१ र २२ गते हुने प्रतियोगितामा ४० वर्षमाथिका फुटबल खेलाडी टोली समावेश हुने बताइएको छ । अन्तर्राष्ट्रिय फुटसल नियमको आधारमा रहेर खेलिने सो प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ पुरस्कार दिइने छ । साथै द्वितीयलाई १५ हजार पुरस्कार दिने बताइएको छ । खेल देवी स्पोर्ट्स हाउस रुद्रेश्वरमा हुने बताइएको छ । सो खेलमा दर्ता हुनका लागि तीन

Read More

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत आज नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दैछ । यूएईको शारजाह क्रिकेट स्टेडियममा खेल नेपाली क्रिकेटर शक्ति गौचनको प्रशिक्षण एवं हेमन्त धामीको कप्तानीमा खेल हुँदैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ । नेपाल गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर एसिया कपका लागि छनोट भएको थियो । नेपाल रहेको समूह बीमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तान छन्।

Read More

काठमाडौँ । अध्ययन विदामा विदेश गएर नफर्किने प्राध्यापकविरुद्ध त्रिभुवन विश्वविद्यालय आक्रामक बनेको छ । विदेश गएर नफर्किनेहरू धेरै भएपछि त्रिवि आक्रामक बन्न थालेको हो । रेक्टर कार्यालयअन्तर्गतको समन्वय महाशाखाले डिन कार्यालय, केन्द्रीय विभाग र सम्बन्धित क्याम्पसलाई १० दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ। बिहीबार त्रिविका सबै निकायमा विवरण पठाउने ढाँचासहितको पत्र पठाइएको बताइएको छ । महाशाखाले नफर्किने प्राध्यापकको विवरण संकलन गरेपछि थप कारबाही गर्ने बताएको छ । २०४५ सालदेखि अध्ययन बिदामा गएका त्रिविका शिक्षक फर्किएका छैनन् । पछिल्लो १० वर्षमा ८९३ जना शिक्षकले अध्ययन बिदा लिएका छन् । तर यसमध्ये कति फर्किए, कतिले अध्ययन पूरा गरे, कतिले नगरी फर्किए र…

Read More

काठमाडौं । आजदेखि स्थानीय तहको उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । मंसिर १६ गते हुने निर्वाचनको १८ घण्टा पहिलेदेखि मतगणनासम्म यो अवधि सुरु हुने बताइएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्दछ । यो अवधिमा भोट माग्नदेखि सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता काम गर्न पनि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा…

Read More

काठमाडौं । आज रातभर पशुपति क्षेत्रमा मेला लाग्ने भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाउन लागिएको हो । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ । त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सद्बीज छर्छन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो…

Read More

काठमाडौं । लगानी बोर्डले बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बोर्डको ६०औँ बैठकले तीन सय ४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् परियोजनाका लागि रु ७० अर्ब, एक सय छ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि रु २३ अर्ब ५९ करोड र दुई सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि रु ४७ अर्ब ५४ करोड लगानी स्वीकृतिको निर्णय गरेको हो । यसैगरी बैठकले तीन सय २७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता सात सय ५० मेगावाट बाट…

Read More

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अदालतले आठ वर्षको कैद सजाय हुने फैसला गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । साथै, उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा बयान लिनका लागि काठमाडौं ल्याइएको छ । आज श्री एयरको विमानमार्फत् उनलाई काठमाडौं ल्याइएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

Read More

काठमाडौं । पछिल्लो समय काठमाडौंमा चिसो बढ्दै गएको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएसँगै काठमाडौंमा दिउँसो र बिहान समेत चिसो बढेको महसुस हुन थालेको छ । बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

Read More

काठमाडौं । नेपाल आयल निगमले भलवारीमा रहेको पेट्रोलियम पदार्थको डिपो स्थानान्तरणका लागि डीपीआर तयार पार्न काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी सेवा)सँग सम्झौता गरेको छ । बुधबार रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने रोहिणी खोलाको किनारमा आयोजित एक कार्यक्रमका बीच आयल निगमका भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र विश्वविद्यालय (कन्सल्टेन्सी विभाग)का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अत्याधुनिक प्रविधियुक्त डिपो निर्माणका लागि केयुले छ महिनाभित्र डीपीआर तयार पारिसक्नेछ । जसका लागि आयल निगमले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसा भुक्तानी गर्नेछ । डीपीआर तयार पारेपछि तुरुन्तै डिपो निर्माणको काम अघि बढाउने…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यो साल बाला चतुर्दशीको दिन कैलाश क्षेत्रमा पसल राख्न नदिने निर्णय गरेको छ । सतविज छर्न आउनेहरूलाई असहज हुने भएपछि सो निर्णय गरिएको कोषले जनाएको छ । १४ गते शुक्रबार रातभर जागा बसेर शनिबार बिहान शतविज छरिँदैछ । भुवनेश्वरीबाट वनकालीतर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए। बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका…

Read More

काठमाडौं । बिहीबार बिहान भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । गत साउन ३१ गते सोही ठाउँ नजिक ट्रकको ठक्करबाटै एक जनाको ज्यान जाँदा स्थित तनावग्रस्त बनेको थियो । आज भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा ४१ वर्षीया नवीना देउलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा आज बिहान पौने ८ बजे मृत्यु भएको हो । उनका श्रीमान जिते देउला घाइते छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको छ ।

Read More

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६ अङ्कमा बन्द भएको छ । आज नेप्से परिसूचक एक दशमलव ४६ प्रतिशतले बढेको हो । आज तीन सय १६ कम्पनीको एक करोड ७१ लाख ४३ हजार पाँच सय ८४ कित्ता शेयर ८९ हजार पटक खरिद बिक्री हुँदा रु नौ अर्ब ३१ करोड २९ लाख ३४ हजार आठ सय ४० को कारोबार भएको छ । आज कारोबारमा आएका सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी…

Read More

काठमाडौं । नेपाल  विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले नै १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरे पनि आज बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। उता, विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको छ। बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका छन् ।

Read More

काठमाडौं । सरकारले नागरिकसँग ऋण उठाउने भएको छ । बुधबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक सूचना जारी गरी नागरिक बचतपत्र २०८६ (क) निष्काशन गरेको हो । कार्यालयले दुई अर्ब रूपैयाँ बराबरको बचपत्र बिक्रीको लागि आह्वान गरेको हो। जसमा ७.५ प्रतिशत वार्षिक ब्याजदर प्रस्ताव गरिएको छ। इच्छुक नेपाली नागरिकले यस बचतपत्रलाई १३ मंसिरदेखि १४ पुससम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ। नागरिक बचतपत्रको प्रमुख विशेषता भनेको ६ महिनामा ब्याज भुक्तानी हुने र यसलाई धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने, साथै दोस्रो बजारमा कारोबार गर्ने विकल्प उपलब्ध हुनु हो। यस बचतपत्रको निष्कासन मिति पुस १६ र परिपक्क हुने अवधि अर्थात…

Read More

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै १७ लाख ४५ हजार रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेर सार्वजनिक गरेको दुई जनामध्ये एक जना मकनवानपुर बकैया गाउँपालिका–५ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्णकुमार बल तथा सर्लाही ब्रम्हपुरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा…

Read More

काठमाडौं । लोकतान्त्रिक राज्यप्रणालीमा सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले पार्टी अध्यक्ष र महासचिवविरुद्ध बोलेको भन्दै प्रदेश सभा सदस्यलाई नै कारबाही गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीले केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरलमाथि सार्वजनिकरूपमा गाली गलौज गर्ने र समाजिक संजालमा पार्टीका नेता/कार्यकर्तालाई खुइल्याउने काम गरेको भन्दै उनलाई पार्टीबाट निलम्बन गरेको हो । केही दिनअघि उनलाई एमाले जिल्ला कमिटी बाँकेले स्पष्टीकरण सोधेको थियो । सोको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनलाई पार्टी सदस्यबाट निलम्बन गरेको हो। माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित…

Read More

काठमाडौं । यही मङ्सिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई गाडी प्रदान गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन गइरहेको सो खेलमा उत्कृष्ट नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको हो । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूहअन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए । उनले नेपाली…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको…

Read More

काठमाडौं । आज उच्च सुरक्षा घेराकाबीच सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमा कालोमसी पोतिएको छ । सर्वोच्चको सो प्रवेशद्वारमा २४ घण्टै प्रहरीको पहरेदारी हुन्छ । दिउँसो त झनै सुरक्षा व्यवस्था कडा हुन्छ । तर कसले र कसरी त्यहाँ कालो मसी दलियो त ? प्रहरीका अनुसार सर्वोच्च अदालतको बोर्डमा नै क्षति पुग्नेगरी विनु यादव नामक एक महिलाले कालोमसी छ्यापेकी हुन् । उनी आफू पतिबाट हिंसामा परेको र न्याय नपाएको भन्दै आन्दोलनरत छिन् । मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । पठाओ बुक गरेर आएकी उनी पठाओबाट ओर्लिनेबित्तिकै सिधै अदालतको बोर्डतिर लागिन् र कालो मसी फ्याकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै…

Read More

काठमाडौं । पछिल्लो समय नेकपा एमालेलाई सडकमा फोहोर गरेको भन्दै जरिवाना तोकेर चर्चामा रहेको काठमाडौं महानगरपालिकाले फोहोर फाल्नेविरुद्ध आक्रामक नीति लिएको छ । एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिराउँदा उसले पार्टीविरुद्ध प्रतिशोध साँधेको भन्दै जरिवाना नतिर्ने अडान लिँदै आएको छ । तर कामपाले यो एमालेविरुद्ध मात्रै गरेको कारबाही भने होइन । पछिल्ला दिनहरूमा सडकमा फोहोर फाल्नेलाई भकाभक महानगरपालिकाले कारबाही गर्दै आएको छ । मंगलबार मात्रै सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना गराइएको हो । त्यस्तै, सोमबार मात्रै सडक हिलो बनाएको भन्दै…

Read More

काठमाडौं । बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको माग गर्दै भइरहेको प्रदर्शनको नेतृत्व गरिरहेका एक हिन्दू समुदायका एक साधुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी जासुस रेजाउल करिम मल्लिकले एएफपीलाई बताएअनुसार नवगठित हिन्दू समूहका प्रवक्ता चिन्मय कृष्ण दास ब्रह्मचारीलाई ढाकाबाट पक्राउ गरिएको हो । लामो समयदेखि सत्ताको बागडोर सम्हालेकी प्रधानमन्त्री शेख हसिनालाई विद्यार्थी नेतृत्वको अगष्ट क्रान्तिले सत्ताच्युत गरेपछि १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा धार्मिक सम्बन्ध तनावपूर्ण बनेको छ । हसिनालाई सत्ताच्युत गरिएपछिका दिनहरूमा हिन्दूहरूमाथि प्रतिशोधको शृङ्खला बढेको देखिन्छ । ढाका प्रहरीका प्रवक्ता तालेबुर रहमानले ब्रह्मचारीलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो तर उनीमाथि लगाइएका आरोपबारे विस्तृत विवरण भने दिन चाहनुभएन । गत…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई आज जहाजमार्फत् काठमाडौं ल्याउने तयारी गरिएको हो । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । सोही विषयमा बयान लिनका लागि उनलाई काठमाडौं ल्याउन लागिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज केही क्षेत्रमा चार घण्टा बिजुली जाने भएको छ । प्राधिकरणले एक सूचना जारी गरी काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि बिजुली काटिने जनाएको हो । प्राधिकरणले एक सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सेवा अवरुद्ध हुने जनाएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ ।

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरेको टिकट दरमा उद्घाटन, फाइनल र बीचको खेलको लागि छुट्टाछुट्टै दररेट कायम गरिएको छ । मंसिर १६ गतेदेखि हुने एनपीएलको टिकट दर आज (सोमबार) सार्वजनिक गरेको हो । जसमा सबै खेल हेर्नका लागि सिजनल पासको रूपमा ४४८० रुपैयाँ तोकिएको छ यही पास भीआईपीको लागि भने आठ हजार दुई सय ४० कायम गरेको छ । जुन सबै खेलको समग्र टिकटदरको २० प्रतिशत सस्तो हो । उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय तोकिएको छ। यस्तै, अन्य लिग खेलका लागि…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघले गत मंसिर ६ गते एक पक्षीयरूपमा बि डिभिजन लिगको तालिका प्रकाशित गरेको भन्दै क्लबहरूले आपत्ति जनाएका छन् । बि डिभिजन क्लबका १० वटा क्लबले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । एन्फाले २०७८ सालको तयारी खर्च अझै नदिएको, मिति तोकेर तयार गर भनि प्रतियोगिता स्थगित गरेको, सम्झौता गरेर रकम उपलव्ध नगराएको कारण देखाउँदै एन्फाको निर्णय स्वीकार्न नसकिने क्लबहरूको भनाइ छ । इतिहास बोकेका क्लबहरूलाई फुटबल खेल्न नचाहने तत्वको रूपमा भनी परिभाषित गर्न खोजिएकोप्रति विज्ञप्तिमार्फत भत्त्र्सना गरेका छन् । बि डिभिजन लिग आयोजनासम्बन्धी छलफल गर्न गत साता एन्फाले मुख्यालयमा बैठक डाकेको थियो । उक्त…

Read More

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने भएको छ । आज जिल्ला न्यायाधिवक्ताको कार्यालयले एक निर्णय गरी उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । तर उनीबाहेक अन्यविरुद्ध भने मुद्दा चलाउने निर्णय भएको हो । तीन युवा जापानबाट डिपोर्ट भएर फर्किएको भए पनि कोशीका पूर्वमन्त्री अधिकारी जापानमा पुगेर अध्यामनसँग आफैं समन्वय गरेर फर्किएको पाइएको सरकारी वकिलको कार्यालयको तर्क छ । पक्राउ परेका आरोपीहरुले पूर्वमन्त्री अधिकारीलाई विदेश पठाएबापत रकम दिएको भन्ने नखुलेको समेत बताइएको छ । सरकारी वकिलले अधिकारीविरुद्ध मुद्दा नचलाउन विमानस्थलको सीसी टीभी फुटेजलाई आधार बनाएको छ । पूर्वमन्त्री अधिकारी…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमाले केन्द्रीय कार्यालयको नाममा काटेको जरिवाना पत्र इमेल र हुलाकबाट जरिबाना जरिबाना पठाएको छ । आइतबार भौतिकरूपमा नगरप्रहरीले पत्र लिएर जाँदा एमाले पार्टी कार्यालयमा कसैले पनि पत्र लिन नमानेपछि इमेल र हुलाकबाट पत्र पठाएका हुन् । मयेर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरुले बुझ्नु भयो होला।’ एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो । महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा…

Read More

काठमाडौं । सुनको मूल्यमा भारी मात्रामा गिरावट आएको छ । आइतबार सामान्य अंकमा बढेको सुनको मूल्य सोमबार भने १६ हजारले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको मूल्य एक लाख ५१ हजार तीन सयमा झरेको छ । सरकारले सुनचाँदी लगाउँदै आएको २० प्रतिशत भन्सार करलाई समायोजन गरेर १० प्रतिशतमा झारेको पछि सुनको भाउ घटेको हो । यसअघि चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले १५ प्रतिशत कायम रहेको सुनको भन्सार दर पाँच प्रतिशतले थपेर २० प्रतिशत कायम गरेको थियो । छिमेकी मुलुक भारतले त्यसलाई १० प्रतिशत कायम गर्दा नेपाल र भारतबीचको सुनको मूल्यमा भारी अन्तर भएर तस्करी भएको थियो ।…

Read More

काठमाडौं । नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको आइतबार बसेको बैठकले प्रहरीका आठ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा सिफारिस हुने एसएसपीमा धु्रवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

Read More