काठमाडौं खबर मंसिर १३, २०८१
काठमाडौं । पछिल्लो समय काठमाडौंमा चिसो बढ्दै गएको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएसँगै काठमाडौंमा दिउँसो र बिहान समेत चिसो बढेको महसुस हुन थालेको छ ।
बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।