Author: Kathmandu Khabar

काठमाडौं । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाको रिस बंगलादेशी राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानमाथि पोख्न लागेको छ । पूर्वप्रधानमन्त्री हसिनाका पिता समेत रहेका बंगबन्धुको तस्वीर बंगलादेशी नोटबाट हटाउने तयारी बंगलादेशी राष्ट्र बैंकले तयारी गरेको हो । सन् १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र देश बनाउने आन्दोलनमा बंगबन्धुले नेतृत्व गरेका थिए । सोही समयदेखि टाका भनिने मुद्राको २०,१००,५०० र १००० का नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धुको तस्बीर नहुने भएको छ । बङ्गलादेश बैङ्कका कार्यकारी निर्देशक हुस्नेरा शिखाले बङ्गबन्धु यो जानकारी उल्लेख गरेका छन् । यो खबर अहिले विश्व मिडिया र खासगरि भारतीय मिडियामा व्यापक छाएको छ । केही महिनाअघि हसिना सत्ताबाट अपदस्त भएपछि उनीसँग…

Read More

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् । प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गर्नुभएको छ । उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज…

Read More

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे सुरू हुनेछ । जारी एनपिएलमा दुवै टोलीको यो तेस्रो खेल हो । एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजित भएको थियो । सुदूरपश्चिम रोयल्सले भने दुईवटै खेल जितेको छ । सुदूरपश्चिमले पहिले खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको…

Read More

काठमाडौं । नेपाल पत्रकार महास‌ंघको आसन्न निर्वाचनका लागि सत्ता र विपक्षी गठबन्धनबीच प्यानल बनाएरै प्रतिस्पर्धा हुन लागेको छ । यही मंसिर २८ गते हुन लागेको निर्वाचनका लागि प्यानलगत उम्मेदवारी दिएका हुन् ।  जसमा अध्यक्षमा मात्रै पाँच जनाले उम्मेदवारी दिएका छन् । दलगत रुपमा सत्ता गठबन्धनबाट नेपाल प्रेस युनियन र प्रेस चौतारीकी साझा उम्मेदवार निर्मला शर्माले उम्मेदवारी दिएकी छन् भने विपक्षी गठबन्धनको तर्फबाट कमल गिरीले उम्मेदवारी दिएका हुन् ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अत्याचार भएको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएको छ । शुक्रबार पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्‍याइको घटनाप्रति आपत्ति जनाएका हुन् । प्रहरी स्रोतका अनुसार चितवनमा पार्टीको विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूले दंगा मच्चाउने सूचना पाएपछि उनलाई रातारात पोखरा लगेको बताएको छ । यसरी रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति पार्टीको घोर आपत्ति प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, रास्वपाले उक्त विषयमा…

Read More

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मंसिर २४ गते बस्ने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठक आउँदो सोमबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका निम्ति कांग्रेसले सूचना जारी गरेको छ ।

Read More

काठमाडौं । भुटानका नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका क्रममा काठमाडौँ ओर्लदै गर्दा विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरमा उनको स्वागतको तयारी चल्दै थियो । बिहान १० बजे आसपास स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासममितिका कर्मचारी स्वयम्भूनाथको प्रवेशद्वारमा ‘भुटानी नरेशलाई स्वयम्भूमा हार्दिक स्वागत’ लेखिएको व्यानर टाँग्न व्यस्त थिए । स्वयम्भू प्रवेशद्वार अगाडि नेपाल र भुटानका राष्ट्रिय झण्डा फहराइएको थियो । महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति, पुरातत्व विभागका अधिकारी र सुरक्षाकर्मी उनको स्वागतमा तयारी अवस्थामा रहेका थिए । स्वयम्भू परिसरमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधरणको बाक्लो उपस्थिति थियो । करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका भुटानका नरेश विमानस्थलबाट सिधैँ बानेश्वर, कालीमाटी हुँदै १०:५०…

Read More

काठमाडौं । अमेरिकी खेलाडी आन्द्रेसले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो शतक हानेका छन् । आज पोखरा भर्सेस लुम्बिनीको खेलमा आन्द्रेस गौसले उनले ५४ बल खेल्दै १२ चौका र पाँच छक्का मद्दतमा शतक बनाएका हुन् । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका हुन् । उनले अविजित १०४ रन जोडे । पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो । यो खेलमा पहिलो शतक, २० बलमै अर्धसतक, १० विकेटले जित हात पार्नेलगायत कीर्तिमानी यो खेलमा…

Read More

काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ करिब १२०० भन्दा धेरै रिक्त पदमा आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले सो संख्यामा आवेदन माग गरेको हो । माग गरेकाहरू अधिकांश प्रहरी जवान, केही कार्यालय सहयोगी र केही सूचीकारको लागि आवेदन माग गरेको हो । प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो । भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ । जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका…

Read More

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा…

Read More

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार​सहित चार जनालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले उनीहरूलाई कैदसहितको सजाय तोकेको हो । दोषी ठहर हुनेमा शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई पनि दोषी ठहर गर्दै एक वर्षभन्दा धेरै कैद सजाय तोकिसकेको छ । कैद सजायअन्तर्गत् दुई वर्ष नौ महिना कैद सजाय भएको तोकिएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भए पनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले जेष्ठ नागरिकले पाउने सुविधा अनुसार…

Read More

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक छोटो समयका लागि नेपाल आउन लागेका छन् । भारत भ्रमणमा रहेका उनी अनौपचारिकरूपमा स्वयम्भु र बौद्ध दर्शनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ । भुटानका राजा वाङचुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर सिधै स्वयम्भु जाने कार्यक्रम छ । त्यहाँ पूजापाठ गरिसकेपछि उनी बौद्ध जाने छन् । बौद्धको पूजापाठ पछि उनी फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किने छन् ।

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा आफैँलाई भोट नहाल्ने ३७ जनाको सूची निर्वाचन आयोगले जारी गरेको छ । मत ल्याउने मतदाताको सूची सार्वजनिक गर्दा ३७ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो । यसरी आफैँलाई पनि भोट नहाल्ने उम्मेदवारहरू कुनै पार्टीले डमीको लागि उठाएको उम्मेदवार रहेको निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् । आफ्नो आधिकारिक उम्मेदवार कसैगरी चुनाव लड्न नसक्ने भएमा समस्या नहोस् भनेर पार्टीहरूले वैकल्पिक उम्मेदवार उठाउने गर्दछन् । यिनै वैकल्पिक उम्मेदवारहरूले आफूलाई पनि भोट नहाल्ने गरेको अधिकारीहरूको भनाइ छ ।

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर र सुदूरपश्चिम विजयी भएका छन् । आजको पहिलो खेलमा जनकपुरले पोखरालाई हराएको थियो । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य लिएको काठमाडौं १५.५ ओभरमा ९४ रनमै समेटियो । सुदूरपश्चिम रोयल्सका नरेन साउद काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका हुन् । देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेनले ३.५ ओभरमा १९ रन दिएर ५ विकेट लिएका हुन् ।…

Read More

काठमाडौं । सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चका न्यायाधीशले आदेश दिएका छन् । मानव तस्करीको आरोपमा मु्द्दा नचलाउने निर्णय गरेको सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको मुद्दामा यसअघि सर्वोच्चले प्रमाण नपुग्ने भन्दै दरपीठ गरिदिएको थियो । यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएकोविरुद्ध निवेदक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले इजलासमा उजुरी गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ। उनविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ। अधिकारीलाई उच्च राजनीतिक दबाबका कारण सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय…

Read More

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ । शताब्दी पुग्न तीन महिनाअघि आज राणाको निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । स्वास्थ्यमा समस्या भएपछि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका उनको आज दिउँसो उपचारको क्रममा निधन भएको हो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

Read More

काठमाडौं । रास्वपाका कार्यकर्ताले बुधबार देखाएको हर्कतका कारण रास्वपा सभापति रवि लामिछानेलाई रातारात पोखरा लगिएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति लामिछानेलाई बयानका लागि तीनदिन अघि चितवन ल्याइएको थियो । तर हिजो बुधबार बयान लिन लैजाने क्रममा रास्वपाका कार्यकर्ताले प्रहरीमाथि नै ढुंगा प्रहार गरेका थिए । जसमा छ जना प्रहरी घाइते भएका छन् । यसरी दिउँसो पोखरा ल्याउँदा कार्यकर्ताको अवरोध हुन सक्ने भन्दै रविलाई रातारात पोखरा लगिएको हो । बिहान ३ बजे पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । मंगलबार काठमाडौंबाट चितवन लगिएका रविलाई दुई दिनसम्म निरन्तर सरकारी वकिलको…

Read More

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई)को फ्रेमवर्कमा सम्झौता गरेको छ । अनुदान मात्रै लिने नेपालको प्रस्तावलाई चीनले अस्वीकार गरेपछि सहुलियतपूर्ण ऋण लिने बाटो खुला राखेर सम्झौता भएको विभिन्न टीकाटिप्पणीहरू चलिरहेका छन् । तर यसबारेमा दुवै पक्षले कुनै जानकारी भने गराएको छैन । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीबीच अनौपचारिक रूपमा दुई दिन भएका शृंखलाबद्ध वार्तापछि सो फ्रेमवर्कमा सहमति जुटेको थियो । जसमा एड फाइनान्सियल मोडालिटी भन्ने शब्द प्रयोग गरिएको छ । जसको अर्थ कसैले सहुलियतपूर्ण ऋण भन्ने मानेका छन् भने कसैले सहायता मात्रै भनेको अर्थ्याएका छन् । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्रका…

Read More

काठमाडौं । चलचित्र विकास बोर्डले देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै नेपालभर एक सय ६६ चलचित्र भवन रहेको तथ्याङ्क सार्वजनिक गरेको हो । उक्त सूचीअनुसार बागमती प्रदेशमा ६७, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा २६, गण्डकीमा १४, लुम्बिनीमा २४, कर्णालीमा तीन र सुदुरपश्चिममा एउटा चलचित्र भवन सञ्चालनमा छन् । बोर्डले चलचित्र भवन र सिट सङ्ख्या समेत उल्लेख गरिएको छ । बोर्डले आगामी दिनमा सञ्चालनमा रहेका चलचित्र भवनको सङ्ख्या थपघट हुनसक्ने समेत जनाएको छ । सार्वजनिक चलचित्र भवन बोर्डमा नवीकरण भइसकेको उल्लेख गर्दै ती भवनमा मात्रै प्रदर्शनका लागि चलचित्र उपलब्ध गराउन र वितरकलाई वितरण…

Read More

काठमाडौं । काठमाडौँको टुँडीखेलस्थित गोल पोस्ट नजिकै एकजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नगरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । उनले भने, ‘निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान  कार्य भइरहेको छ ।’ शव जाँचको प्रकृति मुचुल्का गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रवक्ता अधिकारीले बताउए ।

Read More

काठमाडौं । काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत् आजको दुई खेलमा विराटनगर र काठमाडौं विजयी भएका छन् । दुवै रोचक खेलमा आज काठमाडौं र विराटनगरले आफ्नो जित दर्ता गराएका हुन् । काठमाडौं र लुम्बिनी दुवै यसअघि पराजित भइसकेका टोलीहरू हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज बिहान र दिउँसो दुई खेल भएको थियो । बिहान सम्पन्न खेलमा विराटनगरले लुम्बिनीलाई दुई विकेट हराएको थियो । यसअघि दुई खेलमा पराजित भएको विराटनगरको यो पहिलो जित हो । त्यस्तै, आजको पहिलो खेलमा काठमाडौँले कर्णालीलाई तीन विकेटले पराजित गरेको हो । पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २०…

Read More

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनालाई सानो पाइला सहकारीको बचत अपचलनका विषयमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले आज रास्वपाका अध्यक्ष लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पर्सा जिल्ला अदालतले सानो पाइला सहकारीको बचत रकम अपचलनका विषयमा अनुसन्धान गर्नका अनुमति दिएको जानकारी दिए । ‘अदालतले लामिछानेसहितका १४ जनालाई पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ’, उनले भने,…

Read More

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अदालतको आदेशविपरीत आफ्नो विधानमा संशोधन गर्ने निर्णय गरेको छ । गत मंसिर १७ गते उच्च अदालत पाटनले विधानमा कुनै पनि संशोधन नगर्नु नगराउनु भनी कमिटीको नाममा आदेश जारी गरेको थियो । ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको नाममा जारी गरेको यो आदेशले ओलम्पिक कमिटी, आइओसीको चार्टर तथा प्रतलित नेपाली कानुन अनुसारको कार्य गर्न भनेको छ । तर मंगलबार बसेको कमिटीको बैठकले आदेशविपरीत हुने गरी निर्णय गरेपछि यसको विरोध सुरु भएको छ । यो निर्णयप्रति असहमति जनाउँदै नेपाली काँग्रेसले कमिटीलाई अदालतको आदेश पालना गर्न ध्यानाकर्षण गराएको छ । काँग्रेसको केन्द्रीय खेलकुद विभागका…

Read More

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको एक विद्यालयमा पढ्ने ११ वर्षीया बालिका आफ्नै बाबुबाट जबर्जस्ती करणीमा पर्ने गरेको भेटिएको छ । सो उजुरीको आधारमा उनका सौतेनी बाबु प्रहरीलाई हिरासतमा पुर्‍याइएको छ भने ती बालिकालाई काठमाडौं महानगरपालिकाको जिम्मामा राखिएको छ । पछिल्लो समय महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले उनको बारेमा जानकारी पाएपछि उनलाई उद्धार गरेको थियो । साथै, उनका बुबालाई उजुरी गरेर प्रहरी हिरासतमा पठाइएको छ । बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको सहयोगमा उनीहरूको उद्धार गरेको महानगरपालिकाले जनाएको छ । उनीबाहेक महानगरपालिकाले अन्य दुई बालकलाई पनि घरेलु हिंसामा परेको…

Read More

काठमाडौं । पछिल्लो समय घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ । योसँगै राजधानी काठमाडौँको न्यूनतम तापक्रम यो वर्ष (२०८१) को आजसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान पौने नौ बजे जारी गरेको सूचनाअनुसार काठमाडौँको न्यूनतम तापक्रम आज ५.६ मा झरेको छ । जबकि मंगलबार ६.६ डिग्री सेल्सियस रहेको थियो । यो क्रम अझै घट्ने सम्भावना रहेको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार प्रोटेस्टसम्बन्धी समस्या भएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको हो । उनको आजै शल्यक्रिया गर्ने तयारी रहेको छ । उनको प्राध्यापक डाक्टर भोलाराज जोशी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्न लागेको अस्पतालले जनाएको छ । राष्ट्रपति पौडेलले १५/१६ वर्षदेखि प्रोटेस्टको औषधि सेवन गरिरहेका थिए । अहिले उपयुक्त समय छनोट गरेर उनको शल्यक्रिया गर्न लागिएको हो ।

Read More

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तिरकतर्फको हवाई भाडा बढाएको छ । एक सूचना जारी गरी हवाई भाडा बढाएको हो । नेपाल आयल निगमले हवाई इन्धनमा दुई रुपैयाँ बढाएसँगै मूल्य बढाएको हो ।

Read More

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सले लज्जास्पद हार व्यहोरेको छ । आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८२ रन बनाएको थियो । पछि ब्याटिङ गरेको विराटनगरले १६.१ ओभरमा ९२ रन बनाएर सबै विकेट गुमाएको थियो । योसँगै विराटनगरले दुई खेलमा दुवै हार व्यहोरेको छ । यसअघि भएको पहिलो खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो । त्यस्तै, लिगअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजसँग…

Read More

काठमाडौं । चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच नौ वटा बुँदामा सहमति भएको छ । मंगलबार भएको एक कार्यक्रमका बीच नौ बुँदे सहमति भएको हो । मंगलबार भएको प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । यस्तो छ सहमति भएका विषयहरू : १) टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान २) नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र ३) नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान ४) प्रशोधित राँगाभैँसीको मासु निर्यातसम्बन्धी प्रोटोकल ५) विकास योजनासम्बन्धी समझदारीपत्र ६) आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र ७) नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान ८) स्वयम्‌सेवी…

Read More

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको पूर्ण नतिजा सार्वजनिक भएको छ । मंसिर १६ गते देशभरका ४१ स्थानमा भएको उपनिर्वाचनमा सबै स्थानको मतपरिणाम आइसक्दा सबैभन्दा धेरै स्थानमा नेपाली काँग्रेसले जितेको छ । उसले एक पालिका अध्यक्षसहित १७ वटा वडामा जित हासिल गरेको हो । त्यस्तै, यो निर्वाचनमा नेकपा माओवादी केन्द्रले राम्रो उपलब्धि हासिल गरेको छ । यहाँ हामीले कुन पालिकामा कसले चुनाव जित्यो भन्ने सूची समेटेका छौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गरे ।…

Read More